निर्णय नं. ३२४ - न्यायाधीशहरुलाई आछेप लगायो भंने
अ. नं. ३२४-२०११
२०११ सालको मि.नं (१०५६) १०५७
नेपाल प्रधान न्यायालय फुल बेञ्च
फौ ठा.नं.१०५७
मुद्दा: न्यायाधीशहरुलाई आछेप लगायो भंने
उजुरवाला जी पर्सा प्रगंना नौरगीया तर्फ वलुवा मौजे सढी बस्ने दीपनारायण थारु
वपक्ष जील्लै वारा प्रगंना टोकनी मौजे घडेअर्वा बस्ने रुदल्सा कानुसमेत
इजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एम ए बीएल
श्री माननीय न्यायाधीश प्रदीप्त मान्येवर नेपालतारा ले.ज. प्रकाशसम्सेर जङ्गबहादुर राणा
श्रीमाननीय न्यायाधीश भैरवराज पन्तो पाध्या
श्रीमाननीय न्यायाधीश महेन्द्रबहादुर महत क्षत्री
श्रीमाननीय न्यायाधीश भगबति प्रसाद सीह राजपुत वीएस्सी. बी.एल
फैसला
येस्मा प्रत्येवादी हीरानारायण थारुका नाउमा बाली भराई पाउँ भनी मैले दीएको नालेस्मा नीजले प्रत्येबादी दींदा न्यायाधीशहरुले लोभानी पापानीका जरीयाबाट मेरो मुद्दा खारेज गरी दीए भनी न्यायाधीशका नाउमा श्री ५ महाराज धीराजका हजुरमा बींतीपत्र दींदा राम्रोसंग बुझीदीनु भन्ने कानुं बीभागमा आदेश भएको छ भनी लेखी दीएको भंनेस्मेत बादी दीपनारायण थारुको बीन्तीपत्र पर्दा व्यहोरा साचो भया प्रत्येबादी दीने हीरानारायण थारुलाई स्व प्रत्येवादी मसौदा गर्ने को रहेछ उस्लाईस्मेत म्याद दी आएपछी न्यायाधीशहरुलाई त्यस्तो लेखे लेखाएमा कानूनी कार्वाही कीन हुन नपर्ने हो भनि नीजहरुको र त्यस्तो आछेप लगाई लेखेको कुराको बीचार नगरी प्रत्येवादी कीन दर्ता गरेको हो भनी अमीनीकोस्मेत कैफीयत ली जाहेर गर्नु भंने श्री माननीय प्रधान न्यायाधीशबाट २००९।८।१२।५ मा आदेश भएको रहेछ ।
स्व आदेशानुसार प्रत्येबादी दिने हीरानारायण स्व प्रत्येबादी मसा साफी गर्ने रुदल्मा कानु स्मेतका नाउमा बीरगञ्ज अमीनी मार्फत म्याद तामेल गरी म्यादमा हाजीर हुन आएपछि २००९ साल फालगुण ९ गते प्रधान न्यायालयमा हाजीर्हन जानु भनी तोकी दीएको तारेख नीज दुवैजनाले र उजुरवाला दीपनारायण थारुको वारेस ख महेन्द्र चौधरीले २००९।१०।१९ गतेबाट २००९।११।२५ गतेको तारेख ली स्व तारेख गुजारेको रहेछ ।
श्री ५ माहाराज धीराजका हजुरमा चढाएको बीन्तीपत्रको उक्ती देखाई लेखेको संझी प्रत्येबादी दर्ता भएको रहेछ भंनेस्मेत २००९।१०।२७।३ को बीरगञ्ज अमीनीको रीपोट् रहेछ ।
हीरानारायण थारु र रुदल्मा कानुका नाउमा प्रधान न्यायालयबाटै म्याद पठाई अैं सवाल आदेस बमोजीं पेस गर्नु भंने फुल्बेंचको १०।११।३।१ को आदेश रहेछ ।
स्व आदेस बमोजीं तामेल भएका म्याद भीत्र हाजीर भै तारेखमा रहेको प्रत्येबादी रुदल्सा कानूलाई राखी पेस हुन आएको यो मुद्दामा उजुरवाला दीपनारायण थारुको वारेस महेन्द्र चौधरीले तारेखै गुजारेको थांने म्याद बाकी नभएकाले नीजको उजुरबाट कारवाई चलान नसकी अ.बं २२८ नं बमोजीं डीस्मीस गरीदीने र अ बं १६५ नं ले बादी फिरादपत्रले पक्रे बमोजीं ईन्साफ गर्नु पर्ने कुराको चाहीने बेहोराको ज्वाफ लेखी ल्याएको प्रतीउत्तर मात्र लीनुपर्नेमा बाँकी फीरादपत्रले पक्रे बाहेक न्यायाधीशहरुलाई आछेप लगाई प्रष्टा प्रष्टी लेखेको प्रत्येबादी लीएको देखीएको र सो वीषयमा स्वधनी गरी पठाउदा पनी स्वधीएका कुराहरुको मुनासीव उत्तर नदी नलाग्ने अैंको नम्बरहरु देखाई ज्वाफ दीयेवापतस्मेतमा बीरगञ्ज अमीनीलाई त्पसील बमोजीं जरीवाना गर्नु वेकाईदा सीत त्यस्तो लबज लेखी प्रत्येबादी दीने हीरानारायण थारु मरीसकको भंने देखीयेको हुनाले केही गर्नु पर्दैन स्व प्रत्येबादी मसौदा साफी गर्ने भनेको रुदल्सा कानुलाई अब आईन्दालाई मुद्दाको रुपबाट लेखनु पर्ने देखीएको कुरा बाहेक अरु नचाहीदा कुनै बढी सबद पारी लेखने छैन लेखें भने अैं बमोजीं सहुला बुझाउला भंने कागज गराई नसीहद दीनु -------
तपसील
उजुरवाला बादी दीपनारायण थारुले अब बं २२८ नम्वरका ७ दफा बमोजीं कंरु १० डंड हुने मुद्दा प्रमाण नबुझीदै डीस्मीस गराएकाले ऐका दफा २ बमोजीं त्यसो सयकडा १० ले कंरु १ येक रुपैञा डंड हुन्छ नीज वेरुजु हुदा अैं बमोजीं गरी असुल गर्नु भनी तहसील्मा लगत दीने---१
बीरगञ्ज अमीनीका देहायका मानिस्के त्यस्तो प्रत्येबादी दर्ता गरे वापत् अ.वं.२८९ नं बमोजीं कंरु ५ र बेमुनासीब ज्वाफ दीयेमा पनि स्वही अैं बमोजीं कंरु ५ समेत ज्मा कंरु १० दस रुपैञा जरीवाना हुन्छ देहाये बमोजीं असुल गर्नु भनी तहसीलमा लगत दीने -----------------२
हाकीं सुभा बद्रीबाहादुर प्रधानांग का. बीच्छेबाहालके कंरु सात रुपैञा ----------------७
खरीदार त्रैलोक्यनाथ उपाध्यायाय पुर्व ४ नम्बर पौवा खेसाङ के कंरु तिं रुपैया -------३
यो तोक फैसला सहीतको मिसील मिसील फाट्मा बुझाई दीनु ।-------------३
भगवतीप्रसाद सिंह महेन्द्रबहादुर भैरवराज पंत प्रकाशशम्सेर हरिप्राद
न्यायाधीश न्यायाधीश न्यायाधीश न्यायाधीश प्रधान न्यायाधीश
ईति सम्वत २०११ साल आषाढ ३० गते रोज ४ शुभ्म्