निर्णय नं. ३२५ - अकर्ण पोल्ये
अभिलेख दर्ता नं ३२५
२०११ सालको मि.नं १०१४
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ.नं.१०१४
मुद्दा: अकर्ण पोल्ये
अपीलाट प्रतेवादी सल्यान गौडाका ले. ललित बहादुर कार्की क्षेत्री
विपक्ष सल्याल मालका ख मेघराज पाध्या
इजलास
श्रीमाननीय न्यायाधिश प्र.मा.ने.ता ले.ज. प्रकाश शम्सेर जं ब रा
फैसला
यस्मा अघिल्ला साल हाल अवादी काम्मा त.मु. फानी बहादुर जादा रैती दुनीयामा पीर पिराउ दिए भंने सुने ०५ सालको हाल अवादीमा पनि तहरिर नै खटाई दे गौडाले भनेको यो पटक अरुनै जांछ भनेको रीसले माल जाच गर्न आई अकर्ण ली जाच गरे धरम भकारीको धान पनि भरि जाच गर्छु भने तहरिर नखाटको इबीले धेरै अखच थापी रहेको हुँदा तहरिरलाई खटाई दी म लगानीधान तहसिल गर्न गयेको बखत बडा हाकिम लेफ्टें त.मु समेत आई अकर्णको काम छैन भनी पोली दीएछन भन्ने ख. मेघराजको जाहेरी बयान रहेछ ।
हामिले उजुरी बमोजिम गरी अकर्ण पोले समेत होईन भन्ने गौडाका वडा हाकिम र ले.ललित बहादुर ख. काली वहादुरको छुट्टा छुट्टै रीपोर्ट रहेछ ।
अकर्ण पोलेको ठहराई ०६।७।१९।४ मा प्युठान गौडाले जाहेरी फैसला गरेको रहेछ।
सोही सदर गरी ०८।१२।२०।६ मा पाल्पा अपिलले जाहेरी फैसला गरेको रहेछ ।
अपिलको इनफमा चित्त बुझेन भंने अ.ख. काली बहादुरको अपिल परी आई इनसाफ अपिलको मुनासिव ठहरी ०१०।३।३० गते सिंगल बेन्चबाट फैसला भएको रहेछ ।
अकर्ण पोलेको ठहरायमा चित्त बुझेन भंने लेफ्टें ललीत बहादुर कार्कीको अपिल रीपोर्ट परी पेस हुन आएको बुझ्दा बुझियका सबूद प्रमाणबाट अकर्ण पोलेको भंने देखिन आएको अकर्ण मैले पोले पोलायको होईन भंने अपिलाटले सवुद दिन नसकेकोले समेत इनसाफ पाल्पा अपिलको मुनासिव छ अपिल गरेमा सल्यान गौडाका लेफ्टें ललित बहादुर कार्की क्षेत्री पुर्व ३ नं तिंलाके हाक १० नं ले सुरु दण्ड मोरु १६।६७ को दोश्रो अपिल हँदा सैक्रा ५ ले मोरु ।८३।१ त्रियासी पैसा एकदाम थप दण्ड हुन्छ रुजु नहुदा असुल गर्न तहसिलमा लगत दी यो फैसला भएको जनाउ अपीलाटलाई दिनु ।
( प्रकाश शम्सेर )
न्यायाधीश
ईति सम्वत २०११ साल आषाड १५ गते रोज ३ सुभ