• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३२६ - कैदको रुपैञा तिर्न पाऊ

साल: २०११ महिना: असार फैसला मिति :2011/03/31 ८६

अभिलेख दर्ता नं ३२६

२०११ सालको मि.नं १५०

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

ठा.नं.81

मुद्दा: कैदको रुपैञा तिर्न पाऊ                


निवेदक जी. बुटौल तप्पे मर्यवार मौजे  बगौलिया घर भै वेथरी झेलमा थुनियाको चौभुइलोट अहेर १ चौरियासन मुसलमान स्मेत  

विपक्षी-वेथरी अमीनी-- ---


 

इजलास

श्रीमाननिय न्यायाधीश महेन्द्रबहादुर महत क्षत्रृ

    येस्मा बादी दुखि चमारको जाहेरी परेको महगु चमार मरेको खुन जालसाजी मुद्दामा वेथरी अमीनीबाट हामिलाई २।।. बर्ष कादर्ले कैद गर्ने गरेकोमा म भूइलोटले ।९।१५ र रियासन मुसलमानले ।८ भुक्तां गरी सकेकोले बाँकी कैदको रुपैञा बेथरी अमिनीमा बुझाऊन जाँदा बुझी नलियाकाले बाँकी कैदको रुपैञा वुझाउन लगाई दिनु भंने आदेश पाऊ भनि निबेदक चौ भुइलोट चौ.रियासन समेतले दियाको निवेदन पत्रमा ०१०।५।२३।३ का आदेश बमोजिं आदेश बमोजिं झीकाई आएको मिसील हेर्दा निजहरुले कालबाट मरेकालाई करतव्यबाट मरेको भनी जालसाज रिपोट दर्खास्त दियेको ठहराई कैद गर्ने गरेको देखियको ऐनले श्र्व कैदको रुपैञा तिर्न नपाउने हुदा रुपैञा तिर्न पाऊ भंने निजहरुको ऊजुर पुग्दैन अैं सवाल बमोजिं गर्नु भनी यो मिसील जिल्ला अमिनिमा पठाउन मिसिल फाटमा बुझाई दिनु ।

                                          

(महेन्द्र बहादुर महत)          

  न्यायाधीश                           

ईति सम्वत २०११ साल आषाड ३१ गते  रोज ५ शुं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563