• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३२७ - जगा नीखंन पाऊ भंने

साल: २०११ महिना: असार फैसला मिति :2011/03/31 ८५

अभिलेख दर्ता नम्वर ३२७

२०११ सालको मि.नं ५११

नेपाल प्रधान न्यायालय डिभिजं बेञ्‍च

ठा.नं.५११

मुद्दा: जगा नीखंन पाऊ भंने


नीवेदक बादी पश्र्चीं १ नंवर धा.ई.ताझका आपचौर बस्ने मु.टंकलाल अधीकारी जैसी -

विपक्ष्य –पश्र्चीं १ नंवर धाई ताझका आपचौर बस्ने विस्नुप्रसाद अदीकारी जैशी ऐ ऐ बस्ने पूर्णप्रसाद अदीकारी जैसी --१

ऐ ऐ बस्ने देबप्रसाद ऐ समेत   


 

ईजलास

श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम ए बिएल

श्रीमाननीय न्यायाधीश भैरबराज पन्त उपाध्याय

फैसला

येस्मा अन्यायेको बाबु गौरी दत्तले ढाडमेरी खेत रैकर भनी खाएमा मैले नालेस दीएमा खेत मुरी ।४५ मैले पाऊने गरी (जुनाफमा आय ? ) सदर भै जीतेका गौरी दत्तकी बाहुनी जानुकाले जीतेको खेत ।४५ पाऊ भनी बींती गर्दा आधी खेत ।२२।१० निजले पाएको आधी मेरो भएको ८७ साल आषाड ६ गते गौरी दत्तसंग मोरु ८०। ली मेरो भाग सो खेत २२।१० राजीनामा गरी दिएको रजिष्ट्रेसं पास गर्दिन रुपैया नतीरेसम्म बाली खाने गरेको ०५ साल मार्ग २९ गते नीजका छोरा विस्नु दत्त काहा गै रुपैञा बुझी कपाली सह्रको लेखत फट्टा गरी देऊ भनी ०६ सालको बाली खान दट्ठन्‍न मै खान्छु भनि भंदा आलटाल गरी रुपैञा बुझी नलि जगा छाडी नदीएकाले खेत मुरी ।२२।१० मेरै हक सदर गरी दीलाई पाउ भन्‍ने टंकलालको बादी रहेछ ।

बादीले राजीनामा गरी दियेको म्याद भीत्र पास नगरायेको भया नालेस दी वापस गर्न सक्नु पर्ने ३ महले मोठ हुदा भाइ भाइ पुर्ण प्रसादका नाऊमा भएका दर्ता ऊपर स्मेत ऊजुर गर्न नसकेको राजिनां बमोजीं तीरो भरो गरी आएकोले निज भाइका नाऊको दर्ता नम्बरी कायें गरी मेरो हक भोग सदर थामी पाऊ भंने वेहोराको बिस्नु प्रसादको प्रतिवादी रहेछ ।

८७ सालमा रु ८०। मा राजिनामा गरी लिएको कौनै हैन ८६ साल बादीले गरी दीएको मोरु २३ को राजीनामा दाजु वीस्नु प्रसादसंग छ राजीनां कपाली गरुला भनी दाजु विस्नुप्रसाद र बादी मीली लुटपीट मुद्दा स्मेत परेकोले बादीको कुरो झुठ्ठा हो भंने पुर्णप्रसाद, देवप्रसाद स्मेतको प्रतेवादी रहेछ ।

रु २३ को राजिनामा भंने प्रतेवादी पूर्ण प्रसादले सबूद दिन नसकेको माल बुझ्दा पूर्णप्रसादका नाऊमा दर्ता नदेखीएको ८७ सालको लिखत मोरु २५ देखी माथिको रजिष्ट्रेसं पास गराउनु भंने इस्तीहार जारी भएको सो बमोजी पास नभएको लीखतबाट प्रतेवादीको हक पुग्छ भंन नभै जगा बादीलाई छाडी दिनु पर्ने ठहर्छ भनी ०६।३।१३।१ मा धादीङ्ग अदालतले गरेको फैसला रहेछ ।

धादीङ्ग अदालतको फैसलामा चीत वुझेन मेरो खेत आखाटारी भंने दर्ता छ भन्‍ने बेहोराको पुर्ण प्रसाद, देवप्रसाद स्मेतको अपील रहेछ ।

पश्र्चीं १ नं ताझकाको मोठ झीकाई हेर्दा ९१ साल देखी पुर्ण प्रसादकै भोग तिरो देखीएको रैकर जगा दर्ता तीरो गरी प्रतेवादीको भोग भएको टंकलालले भोगको पक्‍का सवूद गुजार्न नसकेकोले स्मेत रुपैञा बुझी लियेन भंने बादीको दावी झुठ्ठा ठहर्ने हुदा सुरु धादीङको ईन्साफ गल्ती ठहर्छ भनी ०६।९।१४।४ मा अपील तेश्राले फैसला गरेको रहेछ ।

अपील तेश्राको फैसलामा चीत बुझेन भंने टंकलालको अपिल रहेछ ।

टंकलालले सर्पट नाप जाचमा दर्ता गर्न नसकेको पुर्ण प्रसादको दर्ता देखिएकाले इन्साफ अपील तेश्राको मुनासीव गरी ०८।१।१३।५ मा प्रधान न्यायालय पैला फाटले गरेको फैसला रहेछ ।

कुं नीस्साबाट दर्ता गरे न्यायालय पैलाले हराई दीये ईन्साफ जाची दीनु भन्‍ने गरी पाऊ भंने स्मेत वेहोराको टंकलालको बींतीपत्रमा ०८।१।१३ छीनेको रहेछ भने सो मुद्दाको मीसील झीकी हेरी ईन्साफ जाची अैं सवाल बमोजीं गर्नु भन्‍ने का.मु न्यायाधीश बल्लभ शम्सेरको ०८।२।२१।२ को आदेश रहेछ ।

रजिष्ट्रेसंका ४।५।७ नंवरका अैंले पनि मोरु ८० को राजीनामा पास गर्न नपर्ने हुनाले ईन्साफ प्रधान न्यायालय पैला फाँटको मुनासिव दोहराएमा निवेदक टंकलालके अपील तेश्राले गरेको सुरु दंड मोरु १। को हाकींका नाउमा कराउनेको १० नं ले दशौद मोरु ।१० दश पैसा दण्ड हुन्छ रुजु हुदा अैं सवाल बमोजीम गर्नु भनी तहसीलमा लगत दीई मीसील मीसील फाँटमा बुझाई दीनु ।

 

 

(भैरवराज पन्त)                           (हरि प्रसाद )

 न्यायाधीश                             प्रधान न्यायाधीश

ईति सम्वत २०११ साल आषाड ३१ गते  रोज  ५ सु

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563