निर्णय नं. ३२८ - नकवजनि चोरी
अभिलेख दर्ता नं ३२८
२०११ सालको मि.नं २०५
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अपिल नम्वरः- २०५
मुद्दा: नकवजनि चोरी
अपिलाट प्रतेवादि सुवाकोइरी बेथरी अमिनि ई तप्पेहारी मौजे तौदिहवा
विपक्ष-प्रतेबादी जमुरनी तेलिनी मुसलमान्नी
ईजलास
श्री माननीय न्यायाधीश महेन्द्रबहादुर महत क्षत्रृ
फैसला
येस्मा ०८ साल पौष १८ गते साझको खानपिन गरी पूर्व तर्फको घरमा सुतेको नमालुं कहाँको के कति जना चोरहरु आई दखिन तर्फको घरमा सेन खनि घर भीत्र पसी वेहरीमा रहेको धान गोंउ मध्ये १।।। येकगोन चौध आनी र रु १६ स्मेत चोरी गरी लगे रातमा था भयेन भोलिपल्ट व्याहान हेर्दा सेनखनेको प्वाल देखिएको र देहरीको धान नदेखि चोरी भयेछ भनी अर्को डेहरिमा राखेको नगद रु १६ र घरमा भएको त्पसिल बमोजिमको धनमाल स्मेत नदेखि चोरी भो भनि हल्ला गरी गाऊको मानिसस्मेत ज्मा भै हेर्दा चोरी भयेको ठाउमा १ जोर चमडाको जुत्ता देखि स्व जुता गाउकै सुवा कोइरीको रहेछ चोरी गरी लगेको धान सें को प्वाल देखि निज सुवा कोइरीका घर आगनसम्म गयेको र निज्को जुत्ता स्मेत पाइयेकोले निजै सुवा कोइरी स्मेत भै चोरी गरेको निज्को जुत्तास्मेत दाखेल गरेको छु निज सुवा कोइरीलाई पक्राउ गरी को को भै चोरी गरेका हुं खुलाई चोरी भएको विगो कंरु १४१। रुपैञा दीलाई भराई सजाय स्मेत गरी पाऊ भन्ने स्मेत बेहोराको बादी जमुरतिको उजुरी बयान रहेछ ।
बादीको घरमा मैले चोरी गरेको हैन देखायेको जुत्ता मेरो हैन कस्को हो म भंन शक्तिन १८ गते राति बादीको घर्मा चोरी भयेको कुरा भोलिपल्ट व्याहान गाऊमा हल्ला हुदा सुने कस्ले चोरी गर्यो थाछैन १८ गते रात खरीहान रखाऊन गयेको मेरो खरीहानको नजिकै गाऊको जिं देवनारायण सिंको खरीहानमा कौडा नापी वसेको सो ठाऊमा देवनारायण सिं ऊनको हरुवा धंनुपासी स्मेत ३ जना थीञ्यौ रातको अंदावट्ठ ३ बजे पछी पानी पर्न लागेको टायेंममा निजहरु वाकी खरीहानकै झुपडिमा र म घरमा सुत्न आयेको हु मैले चोरी गरेको हैन सर्जमिनका मानिसले कुनै इबिले मेरो हुँदै नभयको जुतालाई मेरो हो भनि लेखाई डियेका होलां खरीहानबाट घर आउदा रातको टायें हुदा धान छरिय नछरियको ख्याल भयेन मैले छीटेको हैन कस्ले छीटी दियो था छैन जुता पनि मेरो हैन मेरो गाईगोरु र बादीको घरको बाटो आऊदा जादा कैले काही नोक्सान गरी दियेवाट वादीसङ्ग बराबर झगडा भै रहेको स्वही इविले झुठ्ठा उजुर गरेको हो भंने स्मेत व्यहोराको प्र सुव्वा कोइरीको मौका कागज बयान रहेछ ।
बुझीयसम्मका प्रमाण परीबन्दबाट सेंबाट निज्को घरसम्म धानको छीटा गयमा प्रतेबादी सावितै र धेरै जना सर्जमिनले जुता निज्कै हो भनि किटी लेखी दियेकोले स्मेत प्रतबादीको ईन्कारी मुनासिव नदेखिदा वादीको घरमा सेन खनि दावी बमोजिं कंरु १४१। को धंमाल विगो प्र सुवा कोइरीले नकवजनि चोरी गरेकै ठहर्छ भनि ०९।७।२४ मा सुरु बेथरी अमिनिले फैसला गरेको रहेछ ।
स्व ईन्साफमा चित्त वुझेन भन्ने प्र. सुवा कोईरीको बुटौल अपिलमा अपिल परेको रहेछ ।
ईन्साफ सुरु बेथरी अमिनिको मुनासिव ठहराई ०१०।३।६।६ मा बुटौल अपिलले फैसला गरेको रहेछ ।
सो ईन्साफमा चीत्त बुझेन भनि ईन्साफ सदर भएमा लाग्ने दण्ड स्मेत बुटौल अपिलमा धरौट राखि श्र्वही अडा मार्फत प्रधान न्यायालयमा अपिल परेको रहेछ ।
पेश हुन आयाको यो मुद्दा बुझदा नकबजनि चोरी ठहराई २ तहबाट फैसला भयेपछि सेंमा छुटेको जुता बादीले अमिनिमा दाखेल गरेको सो जुता ठूलो छ मेरो पैर सानो भै मेरो जुत्ता नठहर्ने जाच गरी पाऊ भनि अपिलाटले अपिलमा जिकिर लियेकोले बुझ्न पर्छ कि भन्नालाई बर्ष दिंसम्म अमिनिमा रही किसं नाप नखुलेको तेस्तो जुता हाल नाप जाच गराऊदा अर्कै पर्ने पनि संभव पर्ने भयेको र धानको दशी सें खानेको ठाउबाट निज्को घरसम्म छरीदै पुगेको प्रमाण पनि भयेको सरजमिं धेरैले प्र. सुवा कोईरीलाई नै चोरी कायें हुने गरी लेखेको स्मेतबाट इन्साफ सुरुको मुनासिव ठहराई छीनेको बुटौल अपिल्को मुनासिव छ ईंसाप पारी छीन्ने हाकिं ऊपर अपिल गरे वापत अपिलाट निज सुवा कोइरीके सुरु डंड कंरु २९१।। को दोश्रा अपिल हुदा हाका १० नं ले सैक्रा ५ लेकंरु १०।। थप डंड हुनेमा थप डंड कंरु १० ।। दस रुपैया नौ आना एक पैसा ०१०।४।८।५ मा बुटौल अपिलमा धरौट राखी अपिल गरेको देखियेकोले सो धरौटी सदर स्याहा गर्नु भनी बुटौल अपिललाई पुर्जि गर्न तहसिलमा लगत दी मुद्दा किनारा भएको जनाउ अपिलाटलाई दिनु यो मिसिल सुरुमा पठाऊन मिसिल फाटमा बुझाई दिनु ।
(महेन्द्रबहादुर महत) न्यायाधीश
इति सम्वत २०११ साल आषाड ३१ गते रोज ५ शुभ