निर्णय नं. ९१ - जगाबाली
अभिलेख दर्ता नं.९१/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.५५०/३७५ नि.नं..........
नेपाल प्रधां न्यायालय डिभिजं बेञ्च
मुदा नं.३७५
ऊजुरवाला वादी सप्तरी प्रगंना राय रुपनी मौजे मधुवनी घर भै पाटु बस्ने वनरी थरुनी
प्रतेवादी हनुमांनगर अमीनी इ.प्रगंना राय रुपनी मौजे मधुवनी बस्ने जींडार नाथु प्रसाद माझी थनेत १ ऐं ऐं बस्ने चतुरनाथ माझी थरु १ प्र.मधुवनी बस्ने अम्मरसिं माझी थारु १ ऐं ऐं बस्ने विरोही प्रमानी राजधोवी १ ऐं ऐं रायमना मौजे हरीदास वसंतपुर बस्ने फौडार मीञा फुजडास्मेत
मुदा जगाबाली
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एमए.बी.एल
श्री माननीय न्यायाधीश भैरवराज पंत उपाध्या
फैसला
लोगने ठकाली मरदा छोरा नावालख भयेकोले जगा वीगा ३९४।।।४ घर स्मेत ४ पुस्ताको दीयाद नाता पर्ने सोमं माझी चतुरनाथले जीम्मा ली मलाई छोरा साथ लगाई ८७ साल्मा माइटी पठाई दी २००२ साल सम्म मालपोट कटाई वाचेको वाली सालसालै दीने गरेको छोरा उमेर पुगन लागेकाले आफ्नो घर दीहीमा वसी गुजरा चलाउनु पर्यो भनी सोमं मरेकाले छोरा नाथु नातुरनाथ स्मेत भयेमा गयेमा जगा छोडी घरको वंडोवस्त मीलाई डेउ भंडा जगा मेरो नांमा दर्ता भै सकी घर पनी सडी गली वेपत्ता भो डीही मेरो वारी भित्र परी सक्यो भनी जवाफ दीये घर जगा थामी पाऊँ भनी वनरी थरूनीले चढायेको कांमा ठाडै वुझी अैं वमोजीं गर्नु भन्ये प्रमांगी भै जगा मैलाई थामी घर ग्वाहाली स्मेत डीलाई २००३ साल्को वाली निजहरुवाट भराई धां तोरी आलस खेसरी स्मेत वाली हुंछ घरको मोल ८४ स्मेत १०९ पाऊँ भंने वनरीको वादी वयां रहेछ ।
बादीको लोगने ८४।८५ साल्मा मरेकोले वादी माइटीमा जाँदा घर जगा कसैको जिमा नदी छोडी गयेकीले जगा पोट् वाँकीमा लीमां भै ८९ साल्मा अम्वर सीं माझीले सकार गरी ली हालसम्म निजैले भोगी खाई आयेको छ वादीको जगा मैले जिम्मा लियाको र २००२ साल सम्मको आयेस्ता दीयाको छैन भंने चतुरनाथको प्रतेवादी वयां रहेछ ।
ठकु माझीका नांमा दर्ता भयेको जगा ८८।८९ सालको पोट वाँकी भनी लीलां हुदा ९० साल जेठ २ गते मैले कं रु ३६ मा डाक कवुल गरी लीयको जगा वीगाहा ३९४।।।४ मध्ये ९४।२।२३।७ मा लाल जीमीयालाई २५१ नं को जगा मध्ये जगा ।।२।।४ र ९८।१।९ मा वीरोधी परमानीलाई २४१ नं को जगा ।३।।।१ नीजलाई र २००१।१।१ गते चतुरनाथ माझीलाई १२।४५।६२।४७५।४९७।६१३।६१४। २५१।६२१।६२६।६३१।६६२।६६९।६७६।६८२।६५६ को जगा २९३।४ विक्री गरी दी सकेको छु वाँकी ९४।४ नदी काटमा परेकोले म संग जगा छैन साहुहरुले भोग गरेको छ जगा वीक्रीको अंक भंन सकडीन भंने स्मेत अम्मर सींको वयां रहेछ ।
थकाली का.नां को जगा लीमांवाट अम्मर सीं माझीले ली नीजका नाउमा दर्ता गरी भोगेको मधवनीको २४१ नं को जगा ।३।।।१ कं रु ४८ मा मैले ९६।१।१।५ मा सुक्री वीक्री लेखाई त्यै लेषत वमोजीं २००० सालमा आफ्ना नांमा दर्ता गराई भोगी आएको छु बादीले सो मलाई जगाजिम्मा दीयेको भए लीलाम हुनु नपर्ने भंने वीरुधी परमानीको वयां रहेछ ।
बादीको लोगने ठकाञीका नांको जगा नीज मरेपछि बादी माइती गै वसदा लीलां भयेकोले अम्मर सींले सकार गरी नीजका नांमा दर्ता गराई राखेको मधुवनी २११ नं को जगा ।।२।।४ कं रु ७९ मा मेरा वावुले अमार सीं संग लेखत गरी ली ९४ सालमा दर्ता गराई ली वावु मरेपछि मैले अदेपी तीरोपोट गरी भोग चलं गरी आयेको छु भंने लालजीको छोरा फौडार मीञाको वयां रहेछ ।
ठकाई मरेपछि निजका भाइ मंगल माझीले तिरोभरो गरी आयेको जगा लिलांमा अमर सींले लियेको आयस्ता दिने गरेको छैन भंने नथु प्रसाद वयां रहेछ ।
वुझीए सम्मका प्रमाणवाट जगा जिमा डीयेको र आयस्ता वाली डीने वोलकवोलको लेखत्को कागज गराई राखनु पर्ने पोट वुझायेको निसा २ नं को फारां रसीद लिनु पर्ने ९० सालमा लीलां हुदा लिने अम्मर सिंवाट लालीको छोरा फौडार मिया १ विरोधी स्मेतले केही जगा लियेको जींदारले दाखेल गरेको १।२ नंवरको श्रेस्तावाट स्व जगाको भोग अम्मर सीं जाली मीञा वीरोधी परमानीको देखिएको २००० सालमा अम्मर सींवाट यो चतुरनाथले २९३।४ जगा राजीनां गरी लीयेको वयां गर्दा आफुले लियेको कुरा गुं गराई वयां गरेकोले प्रतिवादी झुठा भंनलाई भुलसुधार गरी पाउँ भनी विंतीपत्र दीयेको र अम्मर सिंले चतुरनाथलाई विक्री गरेको भनी वयां गरेपछी संका ली रहन नपर्ने १।२ नं को फाराम जालसाज खडा गरे भंने वादीको उजुरी जालसाज नठहरी २ वर्ख भीत्र नालेस परेको नदेखीनाले खारेज भै आजैका मीतीमा छीनीएकोले र वादीको १ जना साक्षीले पनी जगा जीम्मा दीयेको देखीन नआयेकोले वादीको डावी झुठा ठहर्छ भंने ०६।२।२७ को हनुमां नगर अमिनीको फैसला रहेछ ।
म स्वास्नी मानीस हुदा वीस्वासमा परी जगा जमीं जींमा दी राखेको हु, चतुरनाथले यस मुदामा अघी वयां गर्दा जम्मै जगा अम्मर सींले भोग गरी आयेको छ भनी वयां गरेको जालसाजी मुदामा प्रतेवादी डिडा १।।।३।८ अम्मर सीं संग खरिद गरेको हुँ भनी लेखी २ कीता राजीनामा प्रमाण डीयेको भुलसुधारको वींतीपत्र डीयेको भनी अमिनीवाट छीनेको चीत्त वुझेन भंने वनरीको अपील रहेछ ।
जगा मुदा र जालसाजी मुदा अमिनीको फैसला मुनासिवै देखियेको स्व जगा लीलां हुदा वढी आयेको देखियेको कं रु ११ को हकमा वादीलाई नदीने गर्न मुनासिव नदेखिंदा ९०।२।२ देखी दाखेल भयेको पोत भंदा वढी कं रु ११ को ६।१०।२१ को व्याजस्मेत वादीले पाउने ठहर्छ भंने सप्तरी अपिलको फैसला रहेछ ।
वक्यौता पोत २५ कटाई फाजिल परेको रु ११ ऊसै वखत वुझाई भरपाई गराई लिन सकनु पर्ने नसकेवाट लीलां भएकै नठहर्ने भंने स्मेत वनरीको अपिल रहेछ ।
ईन्साफ सुरू अपीलको मुनासीव छ भंने प्रधां न्यायलय तेश्राको फैसला रहेछ ।
यक पटक इन्साफ दोहोराई जाहेर गर्न प्रमाङ्गी पाऊँ भंने बेहोराको वनरीले चढायेको वींतीपत्रमा मामीला नीक्सारी के यसमा यो मुदाको मीसील झीकी हेरी इन्साफ जाँची अैं सवाल वमोजीं गर्नु भंने वेहोराको ७।१२।२८।३ मा का.मु.न्यायाधीशवाट भएको आदेश रहेछ ।
डिभिजं वेञ्चका आदेश वमोजिं झिकी आएको प्र.जींडार नाथु प्रसाद अम्मर सीं विरोधी फौडार स्मेतको वारेस भै आफ्ना हकमा स्मेत पुरपक्ष गर्न चतुरनाथ हाजीर भएकाले नीज चतुरनाथ र वादी वनरी स्मेत राखी वुझ्दा चतुरनाथले वयां गरदा आफुले जगा लीयेको कुरा भंन नसकी अम्मर सींको वयां भै सकेपछी मात्र मैले वयां गर्दा छुटेछ भुलसुधार गरी पाऊ भनी यिनै चतुरनाथले विंतीपत्र दिएको देखीयेकोवाट सो जगा दुवैको भोग रहेछ भंन नभई कुरा वाझी झुठा देखीन आयेको येसै जगा वाली मुदावाट उठेको जालसाजी मुदामा ८४।८५ सालमै वनरीको लोगने ठकाञी मरी सकेको ठकाञीका नां को जगा ८८।८९ सालको पोट वाँकी वापत जगा लिलां हुनलाई मर्नेको स्वास्नी वनरीलाई जनाउ सुनाई डी लिलाम हुनु पर्ने नीज ठकाई मरेको था छैन की भंन नीज मर्ने ठकाई स्वास्नी यै वादी वनरी र निजको नावालख छोरा स्मेत रहे भयेको कुरा इनै प्रतिवादी जींदार नाथु प्रसाद नाता संवन्धैको मानीस देखिन आयेको हुनाले स्मेत ठकाई मरेको र निजको स्वास्नी र नावालख छोरा भयेको था छैन भंन मुनासिव नपर्ने ८८ सालको पोट वाकी भयेपछि ८९ साल्मै लीलाम भयेको नभै ८८।८९ साल्को पोत गभाई लीलाम भयेको देखिएको पोट वाकी रु २५ मा जगा लिलामवाट रु ३६ आएकोले वढी जगा धनी वनरीलाई फीर्ता दीनु पर्ने नदीयाको भनी जगा वाली मुदामा भयेको सप्तरी अपिल्को फैसलामा लेखीयाको ८९ साल्को मालपोट कं रु २२।।।४।। र साविक ८८ साल्को रहेको कं रु २।– स्मेत जम्मा कं रु २५ जम्मै वाकी राषेको भंने डाक ख नं को ९० साल ज्येष्ठ २ गते २ को लीलामी मुचुल्कामा लेखीयाको इनै चतुरनाथले पेश गरेको ६ नं को फाराममा वढावटमा पजनी हुदा कंरु ३६ आयाकोमा ८९ सालको मालपोत कं रु २२।।।४।। र साविक ८८ सालको मालपोत कंरु ९ स्मेत जमा रु ३१।।।४।।। कटी गरी वाँकी कं रु. ४९। सावीकै रैतीले फिर्ता लीन आयेका वखत फीर्ता दीने गरी जीमदार जीम्मा ढरौट रहेको भनी लेखीयाकोले पोत र रैतीलाई फीर्ता दीने भनी लेखेको अंक स्मेत नमीली पुरकै देखीयको सो ६ नं फाराममा हकदार रैतीको नां पनी नदेखाएको सहीछाप पनी नभयाको सवाल वमोजिं माल अडामा जाहेर गरेको पनी नदेखीयाको अैन सवाल वमोजीम पजनी गरेको नभै वादी वनरी थरुनी र नीजको नावालख छोरा स्मेतको हक टुटाउने गरी लेखीयाका प्रमाण परीवंडवाट चतुरनाथ अम्मर सिं नाथु प्रसाद स्मेतका प्रतेवादीहरुले जालसाज गरेको ठहरेकाले निज वनरी र निजका छोरा उपर म्यादको प्वाइन्टसमेत लागन नसक्ने देखिएकाले र उसै प्रगंनामा भएको हकदार वनरी र वनरीको नावालख छोरालाई वोलाई खवर दिएको पनी नदेखी अैं सवाल वमोजिम पजनी गरेको नभयकेो लेखीयाको प्रमाण परिवंदवाट उजुरवाला वनरीको लोग्ने ठकाञी माझीका नाउको सो जगा विगा ३९४।।।४ वादी वनरी थरूनीको हक कायं ठहर्छ नुरनाथ स्मेत प्रतेवादीहरुको हक डावा पुगन सक्दैन । वादी वनरीको घरहरुको वीगो रु १०९ भराई पाऊँ भनी डावी गरेको देखिनाले तेस्मा कसो हो भंनलाई सो घरहरु सडी गली गयेको भंने प्रनेवादीको जीकिर लेखाई देखीनाले सो घरहरु कची भै सडी गली जानाको पूरा संभवै देखीनाले सो घरहरुको विगो वादीले नपाउने २००३ साल्को वालीको बीगो पाऊँ भंने नीजै वनरीको दावी जीकीर तर्फलाई सो वालीमा सुरु हनुमां नगर अमीनीले सुरु कारवाहीमै अैं वमोजिम सधियार वुझेको नदेखीयाको सो नवुझी श्रीफ वादीको उजुरी डावीकै भरवाट विगो भरी भराई गर्न गराउन मुनासिव देखिन नआएकोले सो २००३ साल्को सो जगामा कुं कुं वाली के कती ऊवजनी भयेको थियो तेस्मा र वालीको डर भाउ स्मेतमा वुझी १० कर्म गर्नेको भाग आधी कटाई वाकी आधी अैं ले पाउने ठहरेको वाली वादीलाई अैं वमोजिम वादीवाट डसौद प्रतिवादीवाट बीसौंद ली भराई दीनु भनी सो अमीनीमा लेखी पठाई दिने र अरु सजायेको हकमा तपसिल्का मानीसलाई तपसिल वमोजीं गर्ने लगत डी मीसील मीसील फाटमा वुझाई दिनु ।
तपसील
देहायेका मानीस्के देहाये वमोजीं हुंछ अैं सवाल वमोजी गर्नु भनी तहसीलमा लगत डीने –
प्र. चतुरनाथ के पोट रु १४।।।/।। उठती हुने जगा विगा २९।४ को दंड सजायको ९९ क नं ले सैकडा १० ले कं रु १४७ ।।।.। को जगा डीन नपरोस भंनेमा जगा मिचनेको २२ नं ले सैकडा २।। ले कं रु ३।।/।। डंड हुंछ रुजू हँदा अैं वमोजिम गर्ने ।
प्र. विरोधी परमानीके पोत रु ३।/४।। उठटी हुने जगा वीगा ।३।।।१ को डंड सजायको ९९ क नं ले सैक्रा १० ले मोल वीगो ३४.२ को जगा दिन नपरोस भनेमा ऐ २२ नं ले सैक्रा २।। ले रु १/।। डंड हुंछ वारेस भै रुजु नहुडा अैं वमोजिं गर्ने ----
लालजी मिञाको छोरा फौडार मिञाके पोत तिरो ४।।।/२ उठटी हुने जगा विगा ।।२।।४ को डंड सजायको ९९ क नं ले सैक्रा १० ले विगो रु ५० ... को जगा दीन नपरोस भनेमा जगा मिचनेको २२ नं ले सैक्रा २।। ले १।।.।। डंड हुन्छ वारेस भै रुजु नहुदा अैं वमोजिम गर्ने -------३
वादी वनरीलाई हनुमां नगर अमीनीको ६ साल जेष्ट २७ गतेको फैसलाले लागेको कं.रु ५४८ र ६ साल चैत २३ गतेका सप्तरी अपीलको फैसलाले लागेको कं रु ५।४।। र ७ साल आसाीं २३ गतेका प्रधां न्यायालय तेस्राको फैसलावाट भएको रु २।।३ स्मेत नलागने हुदा नीज वनरीले फीर्ता पाउने भै फीर्ता दिनु भनी तहसील्मा लगत दिने ---------
देहायका प्रतेवादीहरुके जगा जीतेमा ज.मीको ३० नं ले तजवीजी रु १ का दर्ले लागने गरेकोमा सो जगा वादी वनरीकै हक कायं ठहरेकाले मो रु १ का दर्ले नलागने भै असुल भै सकेको भये फीर्ता दिनु भनी र भै नसकेको भये असुल गर्नु पर्दैन लगत कट्टा गर्न लगत् दीने चतुरनाथ -१ फौडार -१ वीरोधी -१
देहायका अडा अडाको हाकीं कारीन्दा के इन्साफ ऊल्टी भएकाले जरिवाना केही गर्नु पर्दैन ...
हनुमान नगर अमीनीको
का.मु. त.ख. नरपती पराजुली -१ वी. कीर्तीवहादुर -१
सप्तरी अपिलको
सुवा तुल्सीप्रसाद -१ अडी विश्वनाथ १ वी कृष्णवहादुर १
न्यायालय तेस्राको
उस वखतको का.मु.ले.क नरहरी नरसीं राणा-१
असु हिरामान वी. सोंराज पाँडे १
न्यायाधीश प्रधान न्यायाधीश
ईती सम्बत् २०१० साल ज्येष्ट २० गते रोज ३ शुभं ।