• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३२९ - कर्णी बगवादी

साल: २०११ महिना: असार फैसला मिति :2011/03/31 ९२

अभिलेख दर्ता नं ३२९

२०११ सालको मि.नं ६६

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अपिल नम्बर ६६

मुद्दा: कर्णी बगवादी


अपिलाट प्रतेवादी मरीचमान श्रेष्ट गुल्मी मौजे पुर्तिघाट-

विपक्ष वादी अम्बर कुमारी श्रेष्टीनि ऐ  


इजलास

श्रीमाननिय न्यायाधिश महेन्द्र वहादुर महत क्षत्रृ

फैसला

            येस्मा मेरो विवाहा नभै कन्या धर्मथामि बाबु हरिकुमारका घर्मा बसी रहेको अवस्था बाबुले मोरु ५००। मरीचमानसङ्ग भराई पाउ भनी नालेस गरेकोमा निज मरीचमानले प्रतेउत्तर दिदा हरीकुमार संग मैले रुपैञा कर्जा लियेको होइन निजको छोरी अम्वर कुमारीलाई ९६ साल देखि कर्णि गरेको थिये कार्तिक मैन्हामा कर्णी भएको मौका हामी दुबैलाई पक्राउ गर्दा कर्णीमा सावित भयौ अव यस्तो काम नगर्नु तिंरा कर्णीबाट गर्भ रहेको भये तिमिलाई ज्वाइ गराऊला नभये सो कुरा कतै नगर्नु अैले रु ५००। को तमसुक गरी राख्नु पर्‍यो पछी गर्भको ठेगाना लागेपछी तमसुक फट्टा गरी दीऊला भनि मेरो बेदामि तमसुक गरी राखेको सो तमसुकबाट दाविलि ऊजुर गरेको हो भनी प्रतिबादी दीयेको रहेछ सो कुरा २००० साल आश्र्वीं २९ गते था पाएकीले नालेस गर्न आयाकी छु निज मरीचमानसङ्ग म कर्णीमा नबिग्री कन्यानै रहेकी मानिसलाई बाबुको लेना पचाउनका लागी कर्णी गरे भनि झुट्टा प्रतेवादी दि पोल गरेमा सजाय गरी पाऊ भंने स्मेत वेहोराको बादीको फिराद रहेछ ।

     बादीको २४।२५ बर्षको ऊमेर सम्म पनि बिवाह नभएको र मेरो पनि बिबाहा नभयेको र एकैटोलमा बसेकोमा ९६ साल श्रावण मैन्हा देखि निज बादीसङ्ग कर्णि भै आएको र कार्तिक ८।९ गतेका रात निज अम्वर कुमारी सुत्‍ने कोठामा एउटै वछेंमा हामी सुतिरहेको बादीको बाबु दाजुले थापाई पक्रदा कर्णि लिनु दिनु गरेमा दुबै साबित भयेपछि तिंरा कर्णि विर्यबाट गर्भ रहेको भये अम्वर कुमारी अलपत्र पर्ने हुनाले गर्भको ठेगाना नभएसम्म मोरु ५००। को तमसुक लेखि देऊ गर्भ रहेको ठहरे छोरी ज्वाई भै बस्ला नभये तमसुक फटा गरी दिऊला भनि भनेका ऊस वखत ऊम्कन पये हुदो हो भन्‍ने आवश्यकै परेबाट बेदामि मोरु ५००। मेरो हस्ताक्षरबाट तमसुक लेखी दी फुरसद लिएको थिया गर्भ नरहेकोले तमसुक फटा गरी देऊ भन्दा नगरी सो तमसुक प्रमाण लगाई नालेस गरेको हो कर्णि लियेको हैन बादीले कर्णि दी मैले कर्णि गरेकै हु वादीको बाबु हरीकुमारस्मेत मिलि झुट्टा उजुर गरेको हो भन्‍ने स्मेत ब्यहोराको प्र मरीचमांका प्रतेऊतर रहेछ ।

     बुझीये सम्मका प्रमाण परीवन्दबाट नगरेको कर्नि गरेको छु भनि बगबाद गरेकोले प्रतेबादीले बादीलाई झुटै पोल गरेको ठहर्छ निज प्र मरीचमानलाई पोलाहाको ५ नं ले ।११ मैना कैद गर्ने गरी २००१ साल आश्र्वीं ३० गतेमा सुरु गुल्मी राज्य अदालतले फैसला गरेको रहेछ ।

     श्र्व ईन्साफ उपर चीत्त बुझेन भन्‍ने प्र. मरीचमान श्रेष्टको पाल्पा अपिलमा अपिल परेको रहेछ ।

     ईन्साफ सुरुकै मुनाशीव ठहराई २००९।१२।५।३ मा पाल्पा अपिलबाट फैसला भएको रहेछ ।

     चीत्त बुझेन भनि प्र मरीचमानको प्रधानन्यायालयमा अपिल परी पेश हुन आयेको यो मुद्दा बुझ्दा बुझीये सम्मबाट कर्णि नगरेकोमा गरेको छु भनि बगबादी लेखी प्रतेउतर दीयेको ठहराई सुरुको सदर गरी छीनेको ईन्साफ पाल्पा अपिल्को मुनासिव छ सजायका हकमा नेवारजातको १२ नं ले र आशय कर्णिका २० नं बमोजिं हुनेमा पोलाहाका (    ? ) नं बमोजिं गर्ने गरेको देखिदा त्पसिलका कलंमा त्पसिलै बमोजिं गरी लगत दी मिसील सुरुमा पठाउन पाल्पा अपिलमा पठाइ दिनु भनि मिसिल फाटमा बुझाई दिनु ।

त्पसिल

गुल्मी राज्य अदालत इलाका मुर्तिघाट बस्ने मरीचमान श्रेष्टके नेवार जातका १२ नं का ऐनले पाउने बिबाह खर्च मोरु ७०। को आसय कर्णिका २० नं ले डेडो मोरु १०५ डंड हुनेमा स्व अैंले कैदै हुने हुदा डंड सजायका ५१ नं बमोजिं कैद मैन्हा ।८।२२।१२ आठ मैन्हा बाइस दिं बाह्र घण्टा  कैद हुन्छ निजलाई सुरुबाट गर्ने गरेको कैदमा ।१।१५ येक मैन्हा पन्ध दिं कैद बसी बाकी कैद मैन्हा ।९।१५ को धरौट मोरु १७१। साल २००१।८।१६ गते गुल्मी राज्य अदालतमा धरौट राखेको देखिएको र निजलाई हाल लाग्ने ठहरेको कैद मैन्हा ८।२२।१२ मा निजले कैद बसेको मैन्हा ।१।१५ येक मैन्हा पन्ध्र दिं कट्टी गरी बाँकी ।७।७।१२ सात मैन्हा सात दिन बाह्र घन्टा कैदै गरी माथी लेखिया बमोजिम धरौट रहेको मोरु १७१। येक सय एकहतर रुपैञा अैं सवालको रीतपुर्‍याई फिर्ता दिनु भनी गुल्मी राज्य अदालतलाई पुर्जि गर्न तहसिल्मा लगत दिने -------------------------------------१

निज मरिचमान देहाय बमोजिं अपिल गरे वापत दाखेल भएको रुपैञाका हकमा निजैका अपिलबाट सजाय घटेको हुदा अपिल गरे बापतको दण्ड नलाग्ने हुदा अैं सवालका रीत पुर्‍याई फीर्ता दिनु भनी देहाय बमोजिम पुर्जी गर्ने ---------------------------------२

पाल्पा अपिलका ०९।१२।२५।३ का फैसलाले लाग्ने गरेको कैद मैन्हा ।१।३ को नगद रु १९।८० पाल्पा अदालतमा दाखेल भएको देखिदा सो फिर्ता दिनु भनि पाल्पा अदालतलाई पुर्जि ऐ अपिलमा लेखि पठाउनु भनि तहसिलमा लगत दिने कलं १

पाल्पा अपिल उपर अपिल गर्दा तारेखमा नबस्ने गरी १०।१।२५ मा मोरु ९।९५ पाल्पा अपिल धरौट दाखेल गरेको देखिदा सो फिर्ता दिनु भनी पाल्पा अपिललाई पुर्जी गर्ने कलं ----------------------------------------------------------------------२

सजाय फरक पारेमा सुरु अपिललाई केही गर्नु पर्दैन यो मुद्दा किनारा भएको जनाउ अपिलाटलाई दिनु -------------------------------------------------------------

               

 (महेन्द्रबहादुर महत)                    

न्यायाधीश                              

ईति सम्वत २०११ साल आषाड ३१ गते  रोज ५ सु  

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563