• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३३० - कुटपिट बेइजती

साल: २०११ महिना: असार फैसला मिति :2011/03/31 ८७

अभिलेख दर्ता नं. ३३०

२०११ सालको मि.नं ६१

प्रधान न्यायालये सींगल बेञ्‍च

अ.नं.६१

मुद्दा: कुटपिट बेइजती


पाल्पा अमंटोल बस्ने हरीसंकर इन्द्र नारां-

विपक्षे – ऐ बस्ने दील कुमारी  


ईजलास

श्रीमाननीये न्यायाधीस भैरवराज पंत पाध्या

फैसला

     येस्मा झगडीयाको र हाम्रो यौटै घर आधी आधी भएको ८।१०।२८ का दीं २।। बजेका टायेंमा हरीसंकरले हाम्रो रुपैञा परेको आधी घर नछोडी जवर्जस्ती बस्ने फुडी भनि गाली गरी मेरो चुलठो समाई लछार पछार गरी उतानो पारी छातीमा घुडा धसी लाती मुड्कीले गाला पिठ्यू अंग ठाउ ठाउमा हानी निलडाम पारी कुटपिट गरे गुहार लगाउदा हुनेन्छ मां पूर्ण मानं स्मेतले छुट्याई डिएपछि इन्द्रनारां आई राडी भनी बेइज्जत गरे सजाय गरी पाउ भंने स्मेत दील कुमारीको बादी रहेछ ।

     सो ८।१०।२६ गते म हरी संकर घर देखि १०।१२ कोष फरक रांपुर गैई २७ गते कोमलेश्‍वरका घरबसी २८ गते असामी असुल गरी २६ गते उतर कुमारका घरबसी फागुं १ गते घर आएको २८ गते घरमा छैन इन्द्र नारां सो लेखान तर्फ जाने देउरीको घर दोकानमा बेपार गरी बसेकाले उजुर बमोजीं कुटपीट बेईज्जत गरेको होईन बादीको उजुर झुठ्ठा हो डाउरा भारीमा लागी खत लागेको भंने स्मेत वा स्मेत ईन्द्र नारांको बयां रहेछ ।

     बादीको लोग्नेसंग झगडापरिरहेको वारदात भयेका ठाऊमा प्र. थियेन बादीको खत भरेंबाट लोटी परेको भंने सुने भनि प्र. का साछीले वकी दीयेबाट भरेंबाट लोटी परेको खत जचाई उजुर गरेकी भंन ऊजुर बमोजी हाने गरेको पूर्णमां स्मेतले छुट्याई दीयेको भंने रणबहादुर छुट्याई दीएको हुँ भने हुतेन्द्र मां पुर्णमांले फुडी भनि बेइजजत गरेको भनि जीत गोविंद विलुनारां वारदातमा हरीसंकर थियो भनी माष्टर राजेन्द्र प्रसादले बकी दीयेकाले बादीलाई प्र. ले कुटपीट र बेईज्जत गरेको स्मेत ठहर्छ भनि पाल्पा अपिलको ९।१२।२३।१ को फैसला रहेछ ।

     बादीको खत परेबाट लडी दाउरा भारीमा परी परेको भंने देखे जाने सुनेको बकी दीयेको बादीका साक्षीले उजुर बमोजीं भन्‍न नसकेको अन्याय गरी हामीलाई हराई फैसला गरे भंने स्मेत हरी संकर ईन्द्र नारांको अपील रहेछ ।

     पाल्पा अपील उपर हरीसंकर इन्द्र नारांको धरौटी अपील परेको यो मुद्दा बुझदा ईन्साफ पाल्पा अपीलले ठहरायको मुनासिब अपील गरेमा हा का १० नं ले ईन्द्र नारांके सुरु डंड मोरु ५। को दसौद मोरु ।५० र हरी संकरके डंड मोरु ५। कैद मैना ।१।१५ को १८ को दर्ले हुने मोरु २७ स्मेत ज्मा मोरु ३२। को दसौद मोरु ३।२० हुनेमा नीजहरुले तारेखमा बस्न नपर्ने गर्ने गरी १०।२।६।३ मा पाल्पा अपीलमा धरौट राखेको ज्मा मोहरु ३।५० तीन रुपैञा पचास पैसा सदर स्याहा गर्नु भनी पाल्पा अपील्मा पुर्जीगर्ण अ त फौ फाटमा लग दी सो जनाऊ अपीलाटलाई दी मीसील मीसील विभागमा बुझाई दीनु ।  

 

                              भैरवराज पंत  

                                 न्यायाधीस

सं २०११ साल आषाड ३१  गते  रोज  ५ शुं  

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563