• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३३१ - ज्यान

साल: २०११ महिना: असार फैसला मिति :2011/03/31 ९१

अभिलेख दर्ता नं ३३१

२०११ सालको मि.नं ४३९

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ.नं.४३९

मुद्दा: ज्यान


अपिलाट प्रतेवादी नरमान जि.मि.पु ४ नं खोटां दिपरुङ्ग मुलाबारी १

विपक्ष बादी दलबहादुर राई  -१


इजलास

श्री माननीय न्यायाधीश महेन्द्रबहादुर महत क्षत्री

फैसला

येस्मा ०९।२।६ गते का दिन मेरा काका दल मरदनलाई प्र नरमानले धार परेको अन्दाजी १ धार्नीको ढुङ्गाले हानी टाउकोमा लागी भोलीपल्ट मरेकाले जाहेरी साथ निज नरमानलाई दाखिल गरेको छु सजाय गरी पाउ भन्‍ने दलबहादुरको फेराद

     मेरा बारीको मकै दलमरदनका भैसीले खायेकोले मैले हप्काउदा निजका छोराले ढुङ्गा टिपी मलाई हान्दा कम्बरमा लागेको यो दलमरदनले पनी हान्‍न लाग्दा मैले पनि अन्दाजी १ धार्नीको ढुङ्गो टिपी हान्दा टाउकोमा लागी भोलिपल्ट मैले कुटेकै पिरबाट मरेको भन्‍ने नरमानको प्रतेवादी बयान ।

     बुझियसम्मबाट नरमानले हानेका ढुङ्गाका चोटपिरबाट दलमरदन मरेको ठहर्छ सजायका हकमा दामल गर्नु पर्नेमा जेल सुधार योजनाका गजेट बमोजिम २० बर्ष कैद गर्ने मर्ने दलमरदनको र प्रतेवादीको ज्यान लिनु पर्ने सम्मको इबी नभएकाले २० बर्ष कैद गर्दा चर्को पर्ने भन्‍ने राय समेत लगाई ०९।८।२७।६ मा पूर्व ४ नं भोजपुर अदालतले जाहेरी फैसला गरेको रहेछ ।

     इनसाफ मुनासिब सजायको हकमा जेल सुधार गजेट लागू नहुने फैसलामा ऐन बमोजिम दामल गर्नु पर्ने गजेट लागु गरेको सुरुको गल्ती मोरु ।१६ जरिवाना गर्ने समेत ठहराई ०१०।२।३०।६ मा धनकुटा अपिलले जाहेरी फैसला गरेको दलमरदनलाई नदेखि भैसीलाई हान्दा संयोगबस दलमरदनलाई लागी त्यसैको पिरबाट मरेको भोरकारणको सजायसम्म पाउनु पर्नेमा दामल गर्ने गरेको चित्त बुझेन भन्‍ने समेत नरमानको अपिल परी आएको भै सदर जेल थुनामा रहेका अपिलाट नरमानलाई छलफलमा राखी वुझ्दा अैले दिएका अपिलमा भैसीलाई हान्दा दलमरदनलाई लागेको भन्‍ने जिकर छ ता पनि सुरु अदालतमा बयान गर्दा दलमरदनलाई नै हानेको भन्‍ने साबिती र अरु बुझियेका प्रमाणबाट पनि दलमरदनलाई नै हानेको भन्‍ने देखिन आयेको सुरु अदालत उपर प्र नरमानले अपिल पनि नगरेका यस्तोमा ज्यान सम्वन्धीका ऐनले दामल कै सजाय पाउने समेत हुदा इन्साफमा सुरुको सदर गरेको अपिलको मुनासिव छ राम प्रसादको र मायानाथको ज्यान मुद्दामा जेल सुधार गजेट बमोजिम कसुर दारलाई बर्ष २० । कैद गर्नु दामल गर्ने हकमा लालमोहर बक्साउने ऐन बमोजिम नियमावली बनि नसकेकोले सो बने पछि निकासालाई उसै बखत जाहेर गर्नु भन्ये ०१०।३।३०।२ मा फुलवेञ्‍चबाट मुद्दा फैसला भएकोले जेल सुधार गजेट बमोजिम २० बर्ष कैद गरेको सुरुको गल्ती भनि पूर्व ४ नं भोजपुर अदालतका डि गोबिन्द प्रसाद पाध्या पूर्व ४ नं भोजपुर पोखरेके मोरु ।१० पैसा अ.डि कुमार प्रसाद श्रेष्ठ पु ४ नं भोजपुर बजार के मोरु ।६ पैसा जरिबाना गरेको नलाग्ने हुदा असुल भए फेर्ता र नभए बेहोरा जनाई लगत काटी दिनु भनि धनकुटा अपिललाई पुर्जी गर्न तहसिलमा लगत दी प्रतेवादी नरमान जिमि जेलसुधार योजना वजेट बमोजिम बर्ष २० कैद गर्नु दामल खोदने हकमा लालमोहर बक्साउने ऐन बमोजिम नियमावली बनि आयपछी निकासालाई उसै बखत जाहेर गर्नु भनि यो मिसिल इलाका अदालतमा पठाउन धनकुटा अपिलमा पठाइ दिनु अपिलाटलाई अपिल गरेमा थप सजाय गर्नु पर्दैन ।

                 

(महेन्द्रबहादुर महत  )                                    न्यायाधिश

ईति सम्वत २०११ साल आषाड ३१ गते  रोज ५ सु  

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563