निर्णय नं. ३३२ - बेरितसंग थुने
अ. नं. ३३२-२०११
२०११ सालको मि.नं ७९१। २१
नेपाल प्रधान न्यायालय फुल बेञ्च
ठा.नं.२१
मुद्दा: बेरितसंग थुने
निवेदक ले.ज.मृगेन्द्र सम्सेर जं.वा.रा
वीरुध्द काठमाडौ मेजिष्ट्रेट
इजलास
श्रीमाननिय प्रधान न्यायाधिश हरिप्रसाद प्रधान एम.ए बि.एल
श्रीमाननिय न्यायाधिश भैरवराज पन् पाध्या
श्रीमाननिय न्यायाधिश महेन्द्रबहादुर महत क्षत्री
माननिय न्यायाधिश भगवती प्रसाद सिंह वि.एस्सी बि.एल
फैसला
यस्मा हिजो जेष्ठ १६ गते मेरो छोरा भरत शम्शेर जगदिश शम्शेर जना २ लाई भेटन पुलिस आएका उनिहरु बाहिर थिय फर्केपछी के कुरालाई हो भनि हाजिर हुन गएका दुबैलाई थुनुवा पुर्जिस्मेत नदी विना कारण वेईजतीकासाथ नखुजेलमा लगी थुनेको छरे भन्ने बुझिनाले निबेदन गरेको छु ब्यक्तिगत सोतन्त्रताका ऐन बमोजिम के आरोप लगाई थुनेको रहेछ तेस्तो गैर कानुनी तरिकाले थुनेमा ऐन बमोजिम गरि छुटाई पाउँ भन्ने ले.ज.मृगेन्द्र सम्सेरका निबेदन पत्रमा कुन अपराधमा के कारणले कुन बेहोरासंग थुनेको हो काठमाडौ मजिष्ट्रटको कैफियत ली डिभिजन बेञ्चमा पेस गर्नु भन्ने ०११।२।१७ मा आदेश भयेको ।
०११ साल जेष्ट १५ गतेका दिन भारतिय सिष्ट मण्डल अतिथी रुपमा नेपाल काठमाडौ आउनु भएको अबस्ता जुत्ता ईटा ढुङ्गा हानी बेइजति गरी घृणा पैदा गरी दुबै सरकारके मैत्री भाबनासमेत खलल गर्ने गरी सान्ती सुरक्षा भङ्ग गर्ने भनि लेखि आएको मध्ये श्री भरतसंशेर, जगदिश सम्शेर देखिएको र सो मध्ये श्री भरत शम्शेरलाई पुर्व १ नं को ध्वंसात्मक आन्दोलनको अभियोगमा ४ भञ्ज्याङ बाहिर जान र भाषण जुलसमा भाग लिन नपाउने रोग लगाई राखेको ब्यक्तिले लेखिए बमोजिम सुरक्षा भङ्ग गर्ने जगदिश सम्सेरलाई समेत मजिट्रट सवालको १ नं (८) ड ष, दफा २ ने सा सु ऐन ०७ साल २ नं बमोजिम पक्राउ गर्ने समेत एस अफिसबाट ०११।२।१६।७ मा पर्चा भै पक्राउ गर्न स.पु.गौ.लाई लेखि गैरहेको छ उक्त लेखिएका मानिस पक्राउ भै आई यस अफिसमा बुझायेको नहुदा लेखि पठाएको छु भन्ने ०११।२।२५ को काठमाडौ मजिष्ट्रेटको जवाफ ।
काठमाडौ मजिष्ट्रेटका ०११।२।१६ का पत्र बमोजिम पक्राउ भै ऐ २६ गते का. मजिष्ट्रेटमा बुझायको देखिन्छ भन्ने ०११।३।१ मा स.पु.गो. ले लेखेको चिठी.
नखुजेल बुझने ०११।२।३२ का डिभिजन बेञ्चका आदेशले बुझिदा उक्त जवानहरु राजकाज सम्बन्धमा पक्राउ गरी स.पु.गो.बाट ०११।२।१६ मा यस जेलमा बुझाउन ल्यायकोले बुझी थुनामा राखेको भन्ने ०११।३।१ मा नखु जेलबाट लेखि आयको .
व्यक्तिगत स्वतन्त्रा ऐन बमोजिम कारबाई चलेको मानिस थुनामा रहेका भै अतेन्त जरुरी हुदा बहसलाई एटर्नि जनरल पठाइ दिनु भनी गृह मन्त्रालयलाइ लेखि पठाई पेस गर्नु भन्ने ०११।३।४ मा आदेश भएको ।
ने.सा.सु. ऐन बडा हाकिमहरुले प्रयोग गर्ने अधिकार ०८।३।१३ पछी अरु केही आदेश दियको छ भने सो र ने.सा.सु. ऐनको अङ्गेजि प्रतीसमेत तारेखका दिन ल्याउनु होला भनी एटर्नी जनरललाई लेखि पठाई ०११।३।१७ मा यो मुद्दा फुल बेञ्चमा पेस गर्नु भन्ने ०११।३।११ मा डिभिजन बेञ्चबाट आदेश भयको.
सार्वजनिक सुरक्षा ऐन बमोजिम मेजिष्ट्रले कारवाई गरी सकेपछी सो विषयमा सो ऐनको १२ दफा बमोजिम मेजिष्ट्रटले अदालतमा सवाल जबाफ गर्नु परदैन भन्ने उल्लेख भएकोले व्यक्तिगत सोतन्त्राको ऐन बमोजिम कारबाई हुन सक्तैन भन्ने एटर्नी जनरलो जिकरलाई मजिष्ट्रेटको कारवाई ऐन सवाल बमोजिम भएको छ छैन भन्ने विषयमा व्यक्तिगत सोतन्त्राकोऐन ४ दफा अन्तरगत यस न्यायालयले मजिष्ट्रेटको कारवाई कानूनी बेकानुनी के हो तेस्को विचार गर्नमा कुनै ऐन सवालले वाधा दिएको देखिदैन ।
एटर्नी जनरलले बहस दिनु भएको बेहोरा वुझि भरत शम्शेर, जगदिश शम्शेरलाई थुनामा राखे बारे कारवाई चलायेको काठमाडौ मजिष्ट्रेट आई जि.पी. पुलिस गोस्वारा समेतबाट भएका मिसिल कागज हेरदा भारतिय सम्सदिय सिष्ट मण्डल नेपाल सरकारको अतिथी रुपमा आउनु भएकोलाई बेईजती गरी जुत्ता ईटा ढुङ्गा हानी हुल हुलजत गरी सान्ती सुरक्षा भङ्ग गर्ने निम्न लिखित व्यक्तिहरु भएकाले उचित कारवाईको लागी सुचित गरेको छु भन्ने जेष्ट १५ गते आई जि.पी.बाट लेखि आएकोमा भरत शम्शेर, जगदिश शम्शेरको समेत नाम लेखिएको उक्त रिपोर्ट नक्कल राखी कमिस्नर अफिसबाट मजिष्ट्रटमा आई भरत शम्शेरलाई पुर्व १ नं. को ध्वंसात्मक आन्दोलनको अभियोगमा ४ भञ्ज्याङ बाहिर जान र भाषण जुलसमा भाग लिन मनाही भएको ब्यक्तिले सान्ती भङ्ग गरेको भन्ने समेत लेखी अरुका हकमा पुलिस रिपोर्टको आधार ली सुरक्षा ऐन ०७ सालको २ नं बमोजिम पक्राउ गर्न स.पु.. मा लेखि पठाउने भनि जेष्ठ १६ गते अष्टेन्ट मजिष्ट्रटबाट पर्चा गरी सो पर्चा बमोजिम स.पु.गो. मा लेखि पठाउदा पर्चामा नलेखियको सान्ती सुरक्षामा बाधा पर्ने सम्भावना भएको तथा स्थीती कायम राखन निमित्त भन्ने लवज थपी लेखिएको थुनुवा तर्फबाट दाखिल भएको स.पु.गो.बाट जेष्ट १६ गते जगदिश शम्सेरका नाउमा लेखि गयको पुर्जिमा तपाईसँग केही कुरा सोधनु बुझनु पर्दा एस गोस्वारामा आउनुहोला भनी लेखिएको मजिष्ट्रट अफिसवाट लेखि आएका वारण्ट चिढी बमोजिमको कुरा नलेखीएको आई.जि.पी. अफिसबाट आएका फायलसाथ रहेको भरत शम्शेर, जगदिश शम्शेरलाई पक्राउ गर्ने स.पु.गो.बाट लेखेको वारण्ट नक्कलमा शान्ति सुरक्षा खलल गर्ने निपयद गरेको भन्ने र मिति जेष्ट १८ गते लेखिएको नखुजेल समेतका जवाआबाट जेट १६ गते नै पक्राउ परी सकेका ब्यक्ति उपर १८ गते वारण्ट पठाउनु पर्ने अवस्ता नदेखिएको स.पु.गो.ले जेष्ट १६ गते नै पक्राउ गरेका व्यक्तिलाई जेष्ट २४ गते कागज गराई २६ गते मजिष्ट्रेट अफिसमा बुझाएको मजिष्ट्रेट सवालका २ नं (ख) दफाले पुलिसले ३ दिन भित्रमा बुझाउनु पर्ने जेष्ट १६ गते पक्राउ गरी ठाडो कागजै नगराई तुरुन्तै नखुजेलमा लगी थनी २४ गते ठाडो कागज गराई २६ गते मात्र मेजिष्ट्रेट अफिसमा बुझाउनाको मनासिब कारण केहि नदेखाएको जेष्ट २६ गते मजिष्ट्रेट अफिसमा बुझायपछी उक्त ब्यक्तिको बयान ली जेष्ट १५ गते दिनभर घरैमा छु अनेत्र गएको छैन भन्ने भरत सम्सेर ११।। बजे गौचर हवाइ ग्राउनतिर गयता पनी आफ्नो कार्यबस १२ वजे फीरी आयेको भरतिय सिष्ट मण्डल आयको बेला हवाइ गौचरमा छैन भन्ने जगदिश शम्शेरको बयान इन्कारी भएपनि ढुङ्गा ईटा जुत्ता हानी नारा लगाइ अतिथी सिष्ट मण्डलको बेइजती गरी सुरक्षा भङ्ग गरेको भन्ने आई.जि.पी. को रिपोट पर्न आएकोले सान्ति सुरक्षा काएमभै राखाके ठाउमा असान्ती हुने गरी सान्ती भङ्ग गरेको भन्ने पुलिस रिपोर्टबाट देखिएको वैधानिक तवरबाट विरोध गर्ने भन्ने जिकर भए पनी पुलिस रिपोर्टबाट ईटा ढुङ्गा जुत्ता हानेको देखिन आयबाट हालै छाडीदिदा सान्ती सुरक्षा भङ्ग भै असान्ती गरी गराई सुरक्षा भङ्ग गर्ने सम्भावना देखिएकोले का मजिट्रट सवालका १ नं (८) दफा र ने.सा.सु. ऐन ७ साल २ नं १ (क) दफा बमोजिम नजरबन्द राखने भनी जेष्ट २८ गते पर्चा गरी भरत शम्शेर, जगदिश शम्शेरलाई आज्ञापत्र दिएको भरत सम्सेरबाट दाखिल भएका आज्ञापत्रमा सो पत्र लेखिएको मिती र आज्ञापत्र निकालने पर्चा भयको मितीसमेत नखुलेको आई.जि.पी. अफिसका फायलमा रहेको आज्ञापत्रको नकलका पेट बेहोरामा पर्चा भएको मितीसम्म रहेकोमा पनी भरत सम्सेरका नाउकोमा जेष्ट १६ गते जगदिश सम्सेरका नाउकोमा जेष्ट २८ गतेको पर्चा भनि लेखिएकोसमेत देखियो ।
ने.सा.सु ऐन प्रयोग गरी नजरबन्द राखनुपर्दा पैले पक्राउ गर्ने र तेसपछी थुनामा राखने ठहर पर्चा गर्नु पर्ने उक्त ऐनमा उल्लेख नभएकोले सो ऐन प्रयोग गर्नुपर्ने अबस्था परे प्रयोग गर्नु परेको अबस्ता कारण देखाई पक्राउ गरी सो कारण खोली आज्ञापत्र दिय पुगनेमा माथी उल्लेख गरिय बमोजिम बेहिसब लापरबाहीसंग कारबाई गरेको र मजिष्ट्रेट सवालका १ नं (ह) दफाले ने.सा.सु. ऐन प्रयोग गर्न असिष्टेन मजिष्ट्रेटको अधिकार नभएकोमा जेष्ट १६ गते उक्त ऐन प्रयोग गरी पर्चा गर्ने काम असिष्टेट मजिष्ट्रेटबाट भएको समेत हुदा सो बेहिसाब कारवाई कायम गराउन न्यायालयमा उजुर परि लेखापढी चलेपछीमात्र जेष्ट २८ गते फेरी अर्को पर्चा गरी सो पर्चामा सुरक्षा भङ्ग गर्ने सम्भावना देखिएकोले भन्ने लवज थपेको पनि देखिने हुदा आइन्दा यस्तो नहोस भन्ना निमित्त गलती देखिएका कुराको उल्लेख गरी नसिहद दिन पर्ने ।
थुनामा राखेको मनासिब बेमनासिब तर्फ हेर्दा ने.सा.सु ऐनको २ दफामा राष्टको सुरक्षा वा सार्वजनिक स्थीती कायम राखन कुनै कामबाट रोकन जरुरी सम्झे देहाय बमोजिम आज्ञा निकाल्न सक्दछ भन्ने र ५ (क) दफाले नजरबन्द राखेमा तेस्को आज्ञा निकाल्न परेको कारण खोली सुचना दिनेछ भन्ने लेखिएकोमा मजिष्ट्रेट सवालका १ नं (८) दफामा ने.सु. ऐनको प्रयोग नै पर्यो भने इलाका पुलिसो रीपोर्ट आयमा र अन्यत्रबाट खबर आएमा प्रयोग गर्न सक्नेछन भन्ने लेखियको समेतबाट राष्टको सुरक्षा वा सार्वजनिक स्थिती कायम रहेकोमा बाधा पुर्याउने सम्भावना देखियो भने उक्त व्यक्तिलाई नजरबन्द राखी नजरबन्द राखनाको कारण देखाई सूचना दिनुपर्नेमा भरत शम्शेर, जगदिश शम्सेर उपर माथी उल्लेख गरिय बमोजिम जेष्ट १५ गते भारतिय सिष्ट मण्डल आउदा जुत्ता ईटा ढुङ्गा हानी हुल हलजत समेत गरेबाट सान्ती सुरक्षा भङ्ग गर्ने व्यक्तिहरु भएकाले उचित कारवाईको लागी सुचित गरेको छु भन्ने भैसकेको कुरा ली पुलिस रिपोर्ट आएकोमा सुरक्षा कानुन लगाई पक्राउ गर्ने र थुनामा राखने पर्चा गरी कानुनको विचारै नगरी थुनामा राखेको पुलिसको जेष्ट १५ गतेका रिपोर्टबाट थाहा हुन्छकी पुलिसलाई यस्तो घटना हुन्छ भन्ने अघिनै थाहा रहेछ तेस्तो थाहा भएकोमा सो घटना हुन नपावस भनि तुरुन्तै खबर दी तेस्तो बेकानुनी कारबाई गर्न खोजनेहरुलाई सार्वजनीक सुरक्षा ऐन प्रयोग गरी थुनामा राख्नु पर्ने कदाचित तेस्तो गरेको भय यस्तो नराम्रो घटना सायद हुने थियन होला मौकामा सार्वजनिक सुरक्षा ऐन प्रयोग नगरी घटना भैसकेपछी मात्र सो घटनाको उल्लेख गरी सो सार्वजनिक सुरक्षा ऐन प्रयोग गर्नु सो एनको दुरुपयोग भएको जस्तो देखिन्छ ।
घटना भैसकेपछी सो घटना माझरा गर्ने अपराधीहरुलाई पुलिसले मौकैमा पक्री कारबाई गर्नु पर्ने सो केही नगरेको ।
पुलिस रिपोर्टबाट ईटा ढुङ्गा हानी हुल हुलजत गरी सान्ती भङ्ग गरे भनि घटना भैसकेको कुरा देखाइ रपोर्ट गरेको देखिदा प्रचलित मुलुकि ऐन सवाल बमोजिम जो कारबाई हुनुपर्ने हो सो बमोजिम कारबाई चलाई सभा जुलुसमा भाग लिन मनाही भएका व्यक्तिले पनि भाग ली सान्ती भङ्ग गरेको देखिन ठहर्न आयमा ऐन सवाल बमोजिम जो हुने सजायँ दिन पर्नेमा सो नगरी मजिष्ट्रेटले सार्वजनिक सुरक्षा ऐन लगायको मनासिब भन्न नहुने ।
मजिष्ट्रेटबाट जेष्ट २८ गतेमा भएका पर्चा र जेष्ट १६ गते स.पु.गो.लाई लेखेका चिढीमा सान्ती भङ्ग गर्ने सम्भावना देखिएको भनि लेखिएको यो यसबाट यो यस्तो जाहेरी रीपोर्ट सुचना आएको वा यो यो कारणको सम्भाबना भएको भन्ने केहि उल्लेख नभएको पुलिस रिपोर्ट जेष्ट १६ गतेको पर्चामा सो कुरै नलेखिएको हुदा आधार कारण बेगरै सम्भावना देखाई थुनामा राखन पाउने ने सा.सु. ऐन मजिष्ट्रर सवालमा उल्लेख भएको नभै माथि उल्लेख गरिय बमोजिम सुरक्षा ऐन ५ (क) दफा र मेजिष्ट्रट सवाल १ नं (८) दफाले पुलिस रिपोर्ट खवर आउनु र कारण देखानउनु पर्ने देखिएको ।
माथी उल्लेख गरिय बमोजिम पुलिस, मजिष्ट्रटको कारवाई सुध्द भन्न नमिलने र सान्ती भङ्ग गरेमा भनि भै सकेको कुरालाई ली उचित कारबाईको लागी रपोर्ट आएकोमा मुलुकी ऐन सवाल बमोजिम कारबाई चलाउन पर्नेमा सो बमोजिम नगरी विना आधारको सम्भावना भनि लेखी सुरक्षा ऐद्दको प्रयोग गर्नु नै निजहरुलाई थुनैमा राखने नियदले नेपाल सार्वजनिक सुरक्षा ऐनको प्रयोग गरेको देखिन्छ ।
थुनामा रहेका भरत शम्शेर, जगदिश शम्शेरलाई थुनाबाट छाडी निजहरुलाई मजिष्ट्रेट अफिसमा हाजिर हुन तारेख तोकी पठाई नसिहद निमित्त र पुलिस रिपोर्ट बमोजिम ऐन सवालले जो जे कारवाई चलाउनुपर्छ चलाइ ऐन सवाल बमोजिम गर्नु भनी झिकाई आएका मिसिल र यो फैसलाको नकलस्मेत काठमाडौ मेजिष्ट्रेट, सदर पुलिस गोस्वारामा पठाई दिनु ।
भगवतीप्रसाद सिंह महेन्द्रवहादुर भैरवराज पंत हरिप्रसाद
न्यायाधि न्यायाधिश न्यायाधिश प्रधान न्यायाधिश
इति सम्वत २०११ साल आखाड ३१ गते रोज ५ सुभं
यो फैसला र निर्णयसमेत बाची सुनी सै गर्ने
भरतसम्सेर जं.वा.रा
जगदिस सम्सेर जं.वा रा.