• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३३३ - ४ भञ्ज्याङ बाहीर जान निसेध गरे

साल: २०११ महिना: असार फैसला मिति :2011/03/31 १०१

अ. नं. ३३३-२०११

२०११ सालको मि.नं ७२०।१

नेपाल प्रधान न्यायालय फुल बेञ्‍च

ठा.नं.१

मुद्दा: ४ भञ्ज्याङ बाहीर जान निसेध गरे

 


निवेदक श्री भरतसम्सेर जं.वा.रा

विरुध्द काठमाडौ मेजिष्ट्रेट  


इजलास

श्रीमाननिय प्रधान न्यायाधिश हरिप्रसाद प्रधान एम.ए बि.एल

श्रीमाननिय न्यायाधिश भैरवराज पन्त पाध्या

श्रीमाननिय न्यायाधिश महेन्द्रबहादुर महत क्षत्री

माननिय न्यायाधिश भगवती प्रसाद सिंह वि.एस्सी बि.एल

 

फैसला

यस्मा केही कुरा बुझन पर्ने हुदा अर्को सरकारी आदेश नहुनज्याल सा.सु.ऐन ०७ सालको २ नं ख. दफा मुताबिक ४ भञ्‍ज्याङ बाहिर जान निसेद गरेको छ भनि ०११।१।४।६ मा का. मजिष्ट्रेटबाट लेखी आएको सो सुरक्षा कानून लागु नहुने सोध बुझ गर्नु पर्ने भय अफिसेली सोधबुझ गरे हुनेमा व्यक्तीगत सोतन्त्रा ऐनसम्तेको उलङ्घन गरी गैर कानुनी तरिकाले ४ भञ्‍ज्याङ बाहिर जान नपाउने अडर पठाउनु वेकानुनी  जस्तो लागेकोले तुरुन्त सो गैर कानुनी तरिकाबाट काम गरेको ठहरे ऐन बमोजिम गरी लागु नहुने अडर कटाई पाउँ बेइजती तर्फमा पछी दाबी लिने छु भंने श्री भरत सम्सेर जं.वा.रा. का निबेदनमा यस्मा के भयको किन तेस्तो भएछ काठमाडौ मजिट्रेट अफिसको कैफियत बुझि डिभिजन बेञ्‍चमा पेस गर्नु भन्‍ने ०११।१।६ मा आदेश भएको ।

पुर्व १ नं चौबासमा गोरखा परिसदका प्रमुख कार्यकर्ता बलविर साहीले ध्वंसातमक तवरले सान्ती भङ्ग गर्न खोजेको बिषयमा स्थानिये कर्मचारीहरुको रिपोर्ट गृह मन्त्रालयको आदेश मुताविक सदर ४ भञ्‍ज्याङ भित्र रहनु भयको सो संस्थाका प्रमुख कार्यकर्ता श्री भरत सम्सेरज्यूको हकमा बुझ्न र यस इलाकामा कुनै सान्ती सुरक्षा भङ्ग हुन नपावस भनि जिलाको सान्ती सुरक्षाको जिम्मावार यस मजिष्ट्रेट अफिसबाट  कमिस्न र मजिष्ट्रेट सवालको आधारमा नेपाल सार्वजनिक सुरक्षा ऐन ०७ सालको दफा २ (१ख) मुताबिक निजलाई नेपाल ४ भञ्‍ज्याङ भित्र बाहेक बाहिर जान बस्न यही बैसाख ४ गते निषेध गरीयको हो सो बाहेक वाघका विषयमा ने.सा.सु ऐन ०७ को दफा ५ को (ख) अनुसार अरु विसेष कुरा प्रकाश गर्न असमर्थ छ भनी ०११।१।१६ मा काठमाडौ मजिष्ट्रट अफिसबाट जवाफ दिएको ।

यो मुदा बेरितसंग थुने भन्‍ने मुदा कैफियत बुझि आएपछी दुवै मुदा एकैसाथ पेश गर्नु भन्‍ने ०११।२।२५ मा आदेश भएको ।

उजुरी नकल एटर्नी जनरललाई दी ठा नं २१ का मिसिलबाट थुनामा देखिएका निबेदकलाई समेत राखी आखाड १० गते पेस गर्नु भन्‍ने ०११।३।७ मा आदेश भएको ।

थुनामा रहेका बारे कारबाई चलेको मिसिल ०११।३।१७ गते फुलबेञ्‍चमा पेस गर्ने आदेश भएको हुदा यो मुदा पनी उक्त दिन फुल बेञ्‍चमा पेस गर्नु भन्‍ने ०११।३।११ मा डिभिजन बेञ्‍चबाट आदेश भएको रहेछ ।

आदेश बमोजिम पेस हुन आएको बुझदा गोर्खा परिसदका कार्यकर्ता बलबिर साहीले पुर्व १ नं मा असान्ती मचायको भनि पुलिस मारफत पक्राउ गर्ने कारबाही गरे भएको बिसेस अदालतवाट आएको मिसिलबाट देखिएको बलविर साहीले सान्ती भङ्ग गर्न खोजेको बिषय स्थानिय कर्मचारीहरुको रिपोर्ट गृह मन्त्रालयका आदेश मुताबिक ने.सा.सु ऐन ०७ सालको दफा २ (१ ख) मुताबिक नेपाल ४ भञ्‍ज्याङ भित्र बाहेक बाहिर जान बस्न निसेद गरियको हो भनि मजिष्ट्रेट अफिसको जवाफ व्यक्तिगत सोतन्त्रा ऐन ४ दफामा थुनामा राखेकोमा न्यायालयबाट हेरिनेमा यो उजुरी ४ भञ्‍ज्याङ बाहिर जान निसेद गरे भनि ब्यक्तीगत सोतन्त्रा ऐनको आड ली यो उजुर परेको व्यक्तीगत सोतन्त्रा ऐन २१ दफामा नेपालका रैतीहरुले ऐन सवालको रित पुर्‍याई नेपालको सरहद भित्र रही देहायको काम गर्न पाउछ भन्‍ने र देहायका ४ दफामा कुनै किसिमको रोकटोक नभई यताउता आउन जान भन्‍ने लेखिएको तेस्तो बिरुध्द अडाखानाले गरेमा यस ठाउमा उजुर गर्ने भन्‍ने नखुलेको र पुर्व १ नं मा गोर्खा परिसदका कार्यकर्ता बलबिर साहीले असान्ती गरेको भनि पक्राउ गरी कारबाही चलेको अवस्था रिपोर्ट आदेश मुताबिक सोही संस्थाका प्रमुख कार्यकर्ता श्री भरतसम्सेरलाई ने.सा.सु. ऐन ०७ सालको दफा २ (१ ख) मुताविक ४ भञ्‍ज्याङ बाहिर जान नपाउने गरेकोमा ब्यक्तीगत सोतन्त्रा ऐन बमोजिम यो मुदा थुनुवा बिषय नभएको हुनाले यस न्यायालयबाट कारबाई गर्न नमिलने पुर्व १ नं को घटना विषय मुदा चली विसेस अदालतबाट कारबाई भई रहेको उसै मुदामा ठहरे बमोजिम हुने हुदा यो उजुर खारेज गरी दीनु ।

 

  भगवतीप्रसाद सिंह        महेन्द्रवहादुर       भैरवराज पंत      हरिप्रसाद

    न्यायाधीश            न्यायाधीश          न्यायाधीश       प्रधान न्यायाधीश

ईति सम्वत २०११ साल आखाड ३१ गते  रोज ५ सुभं  

यो फैसला बाची सुनी सै गर्ने

भरतसम्सेर जं.वा.रा

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563