निर्णय नं. ३३४ - बेरितसंग थुने
अ. नं. ३३४-२०११
२०११ सालको मि.नं ५५६।२५
नेपाल प्रधान न्यायालय फुल बेञ्च
फौ ठा.स.नं.२५
मुद्दा: वेरीतसँग थुने
निवेदक- श्री ले.ज.मृगेन्द्रसम्सेर जं बा.राका हकमा सागर सम्सेर जं.बा. रा.--
विरुध्द- श्री आई.जी.पी
इजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम.ए.बि.एल
श्रीमाननीय न्यायाधीस भैरवराज पंतो पाध्याए
श्रीमाननीय न्यायाधीस महेन्द्रबहादुर महत छेत्रृ
श्रीमाननीय न्यायाधीस भगवतिप्रसाद सिंह राजपुत वी.एस.सी.वि.एल
फैसला
यस्मा २०११ साल जेष्ट २२ गतेका दिन मेजीष्ट्रेटका पुर्जि बमोजिम हजीर भै सोधीएका कुराको जवाफ दि फुर्सद दियेपछि फर्कि घर पुगेको करिब १ घंटाको बाद आई.जी.पि. अफिसको लेफ्टेंट पुलीसहरु आई पैले श्रीमहल जानु पर्यो जादा मुदामा कारबाई हुदै रहेकोले थुनामा राख्नु भनी स.पु.गो.लाइ पुर्जि लेखि मलाई बेहकमा सो दिन देखि थुनी राखेका छन वुझदा मैले खेलौना किसीमको आफ्नै घरमा राख्ने रिसिभिङर ट्रान्स मेटिङ्ग सेट् कमाइङ् अर्थात रेडीयो बजाउन पनि हुने १x२ माइलसम्म कुरा गर्न हुने आफु जादा कम्पनीमा अडर दि आएको थीञा कम्पनीले मेरो नाम बि.फाराम भै नेपाल आई खुलेयाम भन्सार खुलाउन मानीस पठाइ दिये भन्सार लेखी ली यो माल जाहेर गरीकन मात्र पाउनु हुन्छ भनी राखे सो माल मनाई झीकाएमा भनी सोही आरोप लगाई इज्जतदारलाई वेइजतिका साथ थुनी राख्नु भो आरोप लगाइयको मुदै पनि अदालतबाट हेरीयोस र मलाई जमानत ली तारेखमा छाडी दिनु भन्ने आदेस पाउ भन्ने ले.ज.मृगेन्द्र सम्सेर जं.बा.राका हकमा सागर संसेर जं.बा.राको निवेदन परि यस्मा बेहोरा साचो भया कुन अभीयोगमा के वेहोरासंग कहीले देखि कुन ऐनले थुनामा राखेको हो ऐनस्मेत खुलाई पठाउनु भनी पुलीस गोश्वाराको कैपीयेत ली चाडै जाहेर गर्नु होला भन्ने २०११।२।२४ मा आदेश भयाको ।
पु नं १६८४ मीति २०११।२।२५ को प्रधान न्यायालयबाट लेखेको पत्र यसैसाथ पठायेको छु उक्त पत्रको मनासिब जवाफ अनुरोध गर्छु भनी ११।२।२६ मा स.पु.गो.बा श्री आई.जी.पीमा ........... को चीठीको बोधार्थ आयको ।
श्री ले ज मृगेन्द्र सम्सेरलाई कुन अभियोगमा किन के बेहोरामा कहिले देखि कुन ऐनले थुनामा राखेको हो भनी सोधनी गरी पठाउनु भयकोमा पुलिसको उक्त सम्वन्धी जाच पड्ताल अझ जारी नै भयकोबाट सो जाच तैकात पूर्ण रुपमा सकियपछि ऐन सबाल बमोजिम जो जाहा बुझाउनु पर्ने हो बुझाउने भयेकोले निवेदन गरेको छु भनी ०११।३।२ मा आई.जी.पि.बाट लेखि आयको ।
ब्यक्तिगत स्वतंत्रता ऐन बमोजिं कारबाई चलेको मानीस थुनामा रहेको भै अत्यन्त जरुरी हुदा बहसलाई ०११।३।७ गते एटर्नि जनरललाई पठाई दिनुहोला भनी गृह मंत्रालयलाई लेखि पठाउनु भन्ने ०११।३।४ मा डीभीजन बेञ्चबाट भयको आदेश श्री भरत सम्सेर जगदिस सम्सेरलाई बेरितसंग थुने भन्ने ठा नं २१ को मीसील साथ रहेको ।
उजुरीको नकल एटर्नि जनरल अफिसमा पठाइ थुनामा रहेका ले ज मृगेन्द्र सम्सेरलाई मुद्दा छलफल हुदा रोहवरमा राख्न ०११।३।१० गते प्रधान न्यायालयमा उपस्थीत गराई दिनु भनी लेखी पठाउनु भन्ने आदेश ०११।३।७ मा भयो ।
श्री ले.ज.मृगेन्द्र सम्सेरका हकमा वाहा राष्टबादी गोर्खा परिषदको कार्यकारिणी सदस्य मात्र नभै संचालकस्मेत हुनु भयको र पुर्व १ नं मा गोर्खा परिषदका सदस्यहरुले उक्त जिल्ला कबजा गर्ने उदेश्य ली असांती मचायकोमा सान्ती स्थापना गर्न जाने पुलीस माथी गोली चलायकोमा वहाको सहयोग भयको र हाले नेपाल घुम्न आएका मीत्र राष्ट्र भारतीय सीष्ट मंडलका सदस्यहरुको वेइजती अबहेलना इत्यादि गर्ने काममास्मेत वाहाको सहयोग र हात भएको, मेजीष्ट्रड अफिसका आदेश बमोजिम १८-२-११ मा बबरमहल खानतलासी गर्दा बेपास हात हतीयार खरखजाना वरामत भयको २१।२।०११मा वाहाको नाममा भन्सारमा आयको भनाई भयेको अमेरीकन जङी रीसिभर एन्ड ट्रान्समिटर पुलीसले पक्राउ गरि दाखेल गरेको उपरोक्त अभियोगहरुबाट वाहाँको उद्देश्य र नीती राष्ट्रको सान्ती भंग गर्ने र राजकाजको खलल गर्ने प्रकारको देखियकोले अदालति बन्दोबस्तको दफा १४७ बमोजिम वाहालाइ पक्राउ गर्ने काम भयेको हो थुनुवा पुर्जि दिई भर्पाइ भयको छ भनी श्री आई.जी पि.बाट श्री एटर्नि जनरललाई ०११।३।६ मा विषय वहस गर्ने बारे लेख्नु भयको चीठी छलफल्मा एटर्नि जनरलले दाखिल गर्नु भयो ।
पुर्व १ नं. मा गोर्खा परिषदले गड्वड् गरेको आरोपमा कारबाही भयको रिसिभर एन्ड ट्रान्मीटर गौचर हवाई अडामा भारतीय सीष्ट मंडल आउदाको गोलमाल बबरमहल खानतलासीमा वेपास खरखजाना नीस्केस्मेत विषय कारवाई भयको जम्मै मिसील अमेरेकाबाट रिसीभर एन्ड ट्रासमिटर मगायको विषयमा परराष्ट्र मंत्रालयबाट लेखापढी भयको र जवाफस्मेत आयेको भये तेस्को नकल र भारतीय सीष्ट मंडल आयको बेला गौचर हवाई अडामा भयको घटना विषय भारतीय राजदुतबाट केही पत्र भयेको भये तेस्को नकलस्मेत पठाई दिनु भनी र राजकाजको ऐन नकल १ प्रती न्यायालयको लागी र एस मुदामा प्रयोग गरीएको नंबरको १ प्रती थुनुवाको वारेसलाई दि सो ऐनको सकल छलफलमा ली आउनु होला भनी एटर्नि जनरललाईस्मेत लेखि पठाई ०११।३।१७ गते मुदा फुल बेञ्चमा पेस गर्नु भन्ने ०११।३।११ मा आदेश भयो ।
नेपाल ४ भंज्याङ्ग भीत्र माल झिकाउन मगाउन मनाही भयेको माल सामानको लीष्ट मनाई भयका माल चोरी बाटोबाट र गडी भन्सारकै बाटोबाट झिकायमा र वि. फारामबाट मगायकोमा के कसो गर्ने ऐन सवाल छ, भन्सारबाट झिकाउने लाईसेन्स भएका खरखजाना भन्सारद्वारा आयकोमा के हुने सवाल छ ले.ज. मृगेन्द्र सम्सेरका नाउमा आयसह्र रिसिभर एण्ड ट्रान्मिटहरु अरुका नाउमा अघि आयको थियोकि आएको भए सो महलहरुमा के के कारवाई भै के भएको छ जवाफ दिनु भनी भन्सार गोश्र्वारालाई र भु.पु. श्रीमिनिष्टर ववर शम्सेर जं.वा.रा का नाउमा अघि लाइसेन्स हुदा दर्ता भयका बन्दुक गाली गठ्ठाको फाट्वारि र लाइसेन्स रिन्यू गर्ने बिषय दिएका निबेदनबाट कारबाई भएको मीसील पठाई दिनु भनी कमीस्नर अफीसमा लेखी पठाउनु भन्ने ११-३-१८ मा फुल बेञ्बाट आदेश भयो ।
उपरोक्त दुवै कुरामा यस मंत्रालयबाट कोहीसँग केही लेखापढी नभयकोले सुचना गरेको छु भनी ०११।३।१५ मा प्रराष्ट मन्त्रालयबाट लेखी आयको ।
पुर्व १ नं मा गार्खा परिषदले गड्वड गरेको आरोपमा कारबाई भयको बिसेष अदालतबाट आएको मीसील्मा बलबीर साहीस्मेतले धाकरबाफ देखाइ जवरजस्ती चन्दा भनी रुपैञा ली गाड लुटी अडाखाना कवजा गर्नुपर्छ भने भन्नेस्मेत मानबहादुर महतस्मेतका रैतिको उजुरि द्रखास्त पंचायतमा परेको बलबिपर साही, केदारनाथ खन्याल पक्राउ परेकोस्मेत देखिएको कागज मीसील ऐन सवाल बमोजिम उचीत कारबाईको मीसील विसेष अदालत पश्र्चीं फाटमा गृह मन्त्रालयको चीठी साथ गयको ।
आई.जी.पी. अफिसबाट आयेको मीसीलमा बबरमहल खानतलासी गर्ने ०११।२।१८ मा काठमाडौ मजीष्ट्रेटबाट स.पु.गो.लाई लेखी गै खानातलासी हुदा गारतबाट जात जातको गोली राउन ५५२० पेस्तवल ११ भरुवा बन्दुक नाल ७ अरु जात जातका नाल २९ बारुद अं पाथी १२ को टीं ३ केप भरी भयको वट्टा ५ बन्दुक बाहेकको संगीन २५ हावादारी खेलौना नाल ७ र अरु घरकोठा खानतलासी हुदा गोलीबाल हावादारि लाइसेन्स नभै गरतमा रहेको बन्दुक १ पेस्तौल ७०६५ बोर नं १९५६६२ को मेकजीन नभएको लाइसेन्समा नंवर नमीलेको १ नं ११६ को गोलीवाल पेस्तौल नाल १ फेला नपरेको तर लाइसेन्समा लेखीएको १ गोर्खा परिषदको कागजपत्रस्मेत खानतलासीमा लेखीएको मुचुल्का र सो बन्दुक खरखजाना नारांहिटि गारतमा बुझायेको भर्पाई र श्रीमृगेन्द्र संसेरका नाउमा आयेको माल सबालले छाड्न हुने नहुने केही नभयेको हुनाले साथै पठायेको छु उक्त माल छाड्न हुने नहुने तुरुन्त सुचना पाउ भनी भन्सार गोश्र्वाराबाट ०११।२।२१ मा लेखेको चीठीस्मेत पठाई यस्मा आवसेकि कारबाइ अति तुरुन्त गर्न श्री माननीय प्रधान मंत्रीबाट ०११।२।२२ लेखी आएकोले रीसीभर ट्रान्समिटरस्मेतको माल देखाई स्वधनी हुदा म अमेरीका जादा मैले अडर गरेको हुँ वि फारामबाट खुलं खुल्ला कलकत्ता इत्यादिमा पनि जाची आएको छ भनी वि फारामस्मेत दाखील गरी ०११।२।२२ मा ले.ज. मृगेन्द्र सम्सेरले कागज गरी दियको पक्राउ भै आएका ले.ज.मृगेन्द्र सम्सेर जं.वा.रा लाई पठाई दियको छ वाहाँ उपरको मुदा कारबाई हुदै रहेकोले अको आदेश नअयसम्म स.पु.गौ मै थुनुवा गरी राख्नु भनी सोही मीतिमा आई.जी.पी.बाट स.पु.गो.लाई लेखेको चीठीको नकलस्मेत कागज देखियो ।
कमीस्नर अफिसबाट आएको जवाफ फाइलबाट लगतमा छुटेको लाइसेन्सवाट देखिन आयको बन्दुक थान ४ लगत बमोजिम थान ४८ स्मेत जम्मा थान ५२ मध्ये गृह मन्त्रालयका पत्र अनुसार बङ्गलौर लैजान लाइसेन्स भै गयको नाल २ कट्टी गरी बाकी बन्दुक थान ५० मा कारबाइ भयेको फाइल पठाई दियेको छ भन्ने ०११।३।२० का कमीस्नर अफीसका चीठीमा भु.पु. मिनीष्टर बबर सम्सेरका नाउमा भयका लगत किताव बमोजिमको उतार भनी वंदुक गोलीगठ्ठा बारुद आयगयको आम्दानी खर्च लेखी बाकी तेरीज भनी बन्दुक नाल ४१ पेस्तौल ११ टोटा ६१९७ भनी लेखीएको श्री बबर सम्सेर .वा.रा.का लीखत बमोजिम हामीले पायका बंदुक खजानाको नामसारी लाईसेन्स पाउ भन्ने द्रखास्त परी कारबाई चलेको विषय कमीस्नर अफिस मार्फत टिप्पणी भयको स्मेत देखीयो ।
मनाही भयेका माल सामानको बिषय र वि. फारामबाट आएको माल बारे भयका सवाल सनदको नकल पठाइ दियको छु लाइसेन्स भयका खरखजाना भन्सारद्वारा आएकोमा खोली जाची कमीस्नर अफिसमा बुझाई अफिसबाट छाडी दिनु भन्ने आदेश आयपछि महसुल ली छाड्ने गरी आएको छ ले.ज. मृगेन्द्र सम्सेरका नाउमा आया सरह रिसीभर एण्ड ट्रान्समिटरहरु अघि अरुका नाउमा आएको र कारवाई भयकोस्मेत नदेखीयको भन्ने ०११।३।२२ को भन्सार गोश्र्वाराको चीठीसाथ सनद सवालको उतार नकल पठाइ दियको ।
उपरयुक्त मुदातर्फ ऐन सवाल बमोजिंकै अडाबाट सुरु तहकिकात हुने हुनाले यस मीसीलबाट हाल कारवाई चलीरहेको अबस्थामा थुनामा राखेकोसम्म ठिक वेठिक के हो भन्ने तर्फ ठेगाना लगाउनु पर्ने भै झिकाई आएका मिसील कागज र एटर्नि जनरलले वहस दिनु भयको बेहोरास्मेत बुझी हेर्दा ले.ज.मृगेन्द्र सम्सेरलाई कुन अभीयोगमा कुन ऐनले थुनामा राखेको भनी सोधीएकोमा पुलीसको उक्त संवंधी जाच पड्ताल अझ जारी नै भयको भन्ने आई जी.पी.बाट जवाफ दिनु भयको बहसलाई एटर्नि जनरल पठाउन न्यायालयबाट लेखी गयपछि बहस गर्ने बारे एटर्नि जनरललाइ आइ.जी.पि बाट लेखेको आषाड ६ गतेको पत्र बहसमा एटर्नि जनरलले दाखेल गर्नु भयकोबाट निम्न लीखीत ४ अभियोग लगाइयको देखियो ।
१- राष्टबादी खोरखा परिषदको सदश्य र संचालकस्मेत हुनु भयको पुर्व १ नं मा गोर्खा परिषदका सदश्यहरुले उक्त जिल्ला कबजा गर्ने उदेश्य ली असांती मचाइ पुलीस माथी गोली चलायेकोमा वहाको सहयोग भन्ने लेखीयको तेस्तो जिल्ला कवजा गर्ने उदेश्य ली असांती मचायकोमा श्री ले.ज.मृगेन्द्र सम्सेरको सहयोग भयको उजुरि रिपोर्ट आयको भय ऐन सवाल बमोजिं हेर्न अख्त्यार पायका अडामा लखि पठाउनु र उक्त अडाले पनी ऐन सवाल बमोजिं कारवाइ चलाउनु पर्नेमा सो बमोजिं कारवाइ चले चलायको देखिन नआयको पुर्व १ नं को घटना बिषय कारबाइ चलेको मिसीलमा मृगेन्द्र सम्सेरजीका उपर उजुर परेको र वाहाको नामसम्म लेखिएको पनि देखिन नआई उक्त मिसीलको बेहोराबाट गोर्खा परिषदको बलबीर साहीले धाक रबाफ लगाई जबरजस्ती चन्दा लि लुट्पीट गर्ने उदेश्य लियको भन्नेस्मेत लेखाइ भयको उक्त मिसील श्रीमाननीय गृह मंत्रीज्यूका आदेश बमोजिं भनी उचीत कारवाइको लागी ०११।१।२९ गते विसेष अदालतमा गै कारबाइ चलाउने भैरहेको हुदा गृह मंत्रालयबाट कारवाइ र ठहर तहकिकात हुन बाकि छदै बाहाको सहयोग भयको भनी किटानीसाथ लेखेको कुरा ठिक नदेखीयको ।
२- नेपाल घुम्न आयका भारतिय सिष्ट मण्डलका सदश्यहरुको बेइजति अबहेलना इत्यादि गर्ने काम्मा वहाको सहयोग र हात भयको भन्ने तर्फ मेजीष्ट्रेट अफिसबाट आयको कागजमा रहेको जेष्ट १५ गतेको पुलिस रिपोर्टबाट सिष्ट मण्डलको बेइजति अबहेलना गर्ने व्यक्ति भनी लेखि आए मध्ये मृगेन्द्र सम्सेरजीको पनि नाउ लेखिएकोबाट पक्राउ गर्न स.पु.गो.लाई लेखि पठायको र तेसपछि मेजीष्ट्रेट अफिसबाट ०११।२।२२ गते कागज गराइ मिसीलसाथ राखी ऐन सवाल बमोजिम गर्ने भनी सीरमा लेखि मृगेन्द्र सम्सेरजीलाई छाडी सकेकोमा अरु प्रमाण कारवाइ तहकिकात वेगर फेरी दोश्रा आरोप गारि पुरपछेलाई थुन्न ऐनले नमील्ने ।
३- बबरमहल खानतलासी गर्दा बेपासको हात हतियार खरखजाना बरामद भयको भन्ने तर्फ बुबा भुतपुर्व मीनीष्टर बबर सम्सेरका नाउमा लाइसेन्स भयका खरखजाना हुन उक्त लाइसेन्स देखाउदा खाना तलासीका दिन मेरा जिंमा छाडी गयका भन्नेस्मेत बहस दियका आई.ज.पि.बाट आयको फाइलबाट खानातलासीमा निस्केको खरखजाना जेष्ट १८ मृगेन्द्र सम्सेरजीकै जिंमा छाडि आयका कमीस्नर अफिसबाट आयका उतार फायलस्मेतबाट भु.पु. मनीष्टर बबर सम्सेरका नाउमा बन्दुक पेस्तौल गोलीगठ्ठा आएको र ०७ साल सम्म खर्च भयको फाट्वारी र बाकी तेरीजमा वंदुक पेस्तौल गरि थान ५२ टोटा ६१९७ र अरु बारुदस्मेतको कच्चावारि खुली किताप दर्ता भयेको उतार लाइसेन्सबारे कारबाइ चलेको देखियो बापास खरखजाना पक्री कारवाइ चलेको नदेखिएको आई.जी.पि.बाट आयका मिसिल फायलबाट खानातलासीमा हावादारी खेलौता नाल बाहेक बंदुक पेस्तौल गरी थान ४८ जात जातको गोली राउन ५५२० स्मेत नीस्केको थान गन्तीमा दर्तामा भन्दा बरामतमा बढी भयेको नदेखएको खानातलासी मुचुल्कामा यो यो नम्बर जातको बंदुक पेस्तौल भन्ने नखुलेको सो बन्दुक खजना आई.जि.पि.का अडर बमोजिम नारांहीटि गारतमा वुझाउदा गारतबाट दियको भर्पाइमा नम्वर जात खुलेको किताप दर्ताको नम्बरमा भिडाउदा प्राय मील्न आउने कुनै नमिल्ने भयमा पनि कमीस्नार अफिसबाट कारबाइ गरि ठहरे बमोजिं उसै बखत गर्नु पर्ने र लाइसेन्स नाउसारी वारे १० साल जेष्ट देखि द्रखास्त परि कमीस्नर अफिसबाट कारबाइ चली रहेको हुदा मृगेन्द्र सम्सेरजीले बेपासको खरखजाना राख्यो जम्मा गरेको भनी थुनामा राखेको ऐनमीलाई राखेको भन्न नहुने ।
४- वाहाका नाउमा भन्सारमा आयको भनाई भएको अमेरिकन जंगी रिसिभर एण्ड ट्रान्समिटर पुलिसले पक्राउ गरी दाखेल गरेको भन्ने तर्फ आई.जी.पी.बाटै आएका मिसीलमा श्री ले.ज.मृगेन्द्र संसेरका नाउमा आयको माल सवालले छोडन हने नहुने केही नभयेको हुनाले साथै पठायको छु भनी ०११।२।२२ मा भन्सार गोश्वाराका चीठी साथ अर्थ मन्त्रालयमा गयको आवसेकी कारबाइ अति तुरुन्त गर्न श्री माननीय प्रधान मन्त्रीबाट लेसख आयको भै ले.ज. मृगेन्द्र सम्सेरलाई सो माल सामान देखाई कागज गराउदा म अमेरीका जादा कम्पनिमा अडर दि आयको सो माल बि फारामबाट आइ कलकत्ता इत्यादिमा पनि जाच भयको छ भनि बि फाराममा रेडीयो शेट र ब्याट्री भन्ने उल्लेख भयको ।
भन्सारबाट आयका सवाल सनदको उतार नकलहरुवाट मनाही भयको मालका लिट भित्र ट्रान्समिटर नपरेको भन्सारले नै दिन हुने नहुने नखुलेको भनी लेखि पठायको बिजुलीको सामान तर्फ भन्सारलाइ भएका सवालले भन्सारले छाडिदिन हुने माल सामान बाहेक अरु माल सामान बिजुलि अडामा पठाइ चीफ इन्जीनीयरले जचने सो जाचन पठायको रेडीयो बिजुलीस्मेतको माल मध्ये कुनै कुनै माल पास गर्न नहुने किसीमको देखियो भने तालुकवालसँग सो मालस्मेत देखाइ संखा लागेको कुरास्मेत जाहेर गरि तालुकवालाको रायस्मेत ली जो मनासिब देखिंछ सो बमोजिम गर्ने गर्नु भन्ने ९३-७-२० को दसखत र ट्रान्समिटर बाहेक अरु बिजुलीका माल सामान बिजुली अडा पास गराउनु पर्दैन भन्सारले नै छाडी दिने मेमो सदर बमोजीम भनी अर्थ मंत्रालय आय बीभागबाट ०९-३-१९ मा भन्सार गोश्र्वारालाइ लेखी गयकोबाट ट्रान्समिटर बिजुली अडा जचाई सो बमोजिम गर्नु पर्ने सो भैनसकेको र सो कुरामा थुन्नु भन्ने ऐन नभयको श्रीमाननीइ प्रधान मंत्रीका चीठीमा र भन्सारलाइ भएका सवालमा स्मेत थुनामा राखी कारवाइ गर्नु भन्ने नलेखिएको आई.जी.पि.बाट आयको फायल मीसिलबाट ले.ज. मृगेन्द्र सम्सेरलाइ जेष्ट २२ गते पक्राउ गरि रिसीभर एण्ड ट्रान्समिटर बारे ठाडो कागज गराई पक्राउ भै आयको ले.ज.मृगेन्द्र सम्सेरलाइ पठाई दिएको छ वाहा उपर मुदा कारवाइ हुदै रहेकोले अर्को आदेश नआएसम्म स.पु.गो.मै थुनुवा गरी राख्नु भनी आई.जी.पि. बाट सदर पुलीस गोश्र्वारामा लेखि पठाएको तेस्को वोधार्थ मृगेन्द्र सम्सेरजीलाई दि थुनामा राखेकोसम्म देखियो सो बाहेक यो यो ऐन सबाल सनदले यो यो अपराधमा कारबाइ चलाइ यो ऐनले थुनामा राखेको भन्ने केहि नलेखीयको ।
आई.जी.पी.बाट एटर्नि जनरललाई लेखि आयेको चीठीमा माथी उल्लेख गरीयका अभीयोगबाट थुनामा राखेको भनी एटर्नि जनरलले बहसमा भन्नु भयको, पुर्व १ नं मा असांती मचायको तर्फको कागज मिसील विसेष अदालतमा गै सकेको सो बीषय आई.जी.पि.मा मिसील कागज नभयको, सिष्ट मण्डलको बेइजति तर्फ हुल हुज्जत गर्नेमा नै श्री ले.ज.मृगेन्द्र सम्सेरको नाउ लेखी आई.जी.पि. बाटै रपोट गै मेजीष्ट्रटबाट कारवाइ चली जेष्ट २२ गते कागज गराइ छाडेको बबरमहलमा बेपासको धेरै खरखजाना छ भन्ने तपाईको रपोट आयकोले खानातलासी गरी सो बाट आयको खरखजाना कागज पत्र सन्देह लागेमा जफत गरि कारबाइ निमीत्त यस अफिसमा बुझाउनु भनी मेजीष्ट्रेट अफिसबाट सदर पुलीस गोश्र्वारालाई लेखि पठाय बमोजिम खानातलासी भयकोमा बेपासको हात हतियारहरु निस्केको भय सो हात हतियार खजाना काराबाइलाई बुझाउनु पर्नेमा खानतलासीमा नास्केका वन्दुक खजना सो दिन श्री ले.ज.मृगेन्द्र सम्सेरकै जिंमा लगाई पछि मात्र नारांहिटि गारत दाखेल गराई सो बन्दुक खजाना पास वेपास के हुन सो कुराको पनि केहि निर्णय नभै थुनामा राखेको ।
माथि उल्लेख गरिए बमोजिं उपरोक्त अभियोगहरुबाट वाहको उदेश्य र नीती राष्टको सान्ती भङ्ग गर्ने र साजकाजको खलल गर्ने प्रकारको भनी आई.जी.पि.बाट एटर्नि जनरलमा लेखि पठाउनु भयेको र राजकाजको ऐन ४३ दफा अन्तरगत १x२ दफामा उल्लेख भयको अपराध भित्र परि थुनामा राखेको भन्ने एटर्नि जनरलको जीकिर भयेकोमा यो कारबाइमा पेस भयसमका मिसील कागजहरु हेर्दा राजकाजको ४३ दफामा उल्लेख गरियका अपराधसंग सो माथी पुलीसले लगायको अभीयोग मील्न नआयकोले यत्तिकै र स्मष्टी रुपबाट पनि राजकाज मुद्दा भन्न नमिल्ने हुदा थुनामा रहनु भयेको श्री ले.ज. मृगेन्द्र शम्सेरलाई थुनाबाट छाडि दि यो फैसलाको नक्कलस्मेत राखी ऐन सवाल बमोजिम कारवाइ गर्न बाकी भये काठमाडौ मेजिष्ट्रटमा पठाउनु भनी आई.जी.पि.बाट आयको मिसील आई.जी.पि. अफिसमै पठाइ दि श्री ले.ज.मृगेन्द्र सम्सेर जङ्गबहादुर राणालाई काठमाडौ मेजीष्ट्रट अफिसमा हाजेर हुन जानु भनी तारेख तोकी पठाइ दिनु अब यस्तो नहोस् भनी आई.जी.पि. लाई नसीहद दिनु ।
एटर्नि जनरल मार्फत पेश भयका राजकाज ऐन सकल नकलमा हेर्दा उक्त ऐनमा उल्लेख भयका कुरा मध्ये कति विषयहरु अरु ऐन सवालमा गाभि सकेको र कुनै कुनै दफाहरु श्री ५ का अधिकार खलल हुने देखिएको हुनाले उक्त ऐन अबीलम्ब सम्सोधन हुनुपर्ने देखिंछ भनी सर्कारको ध्यान तेसतर्फ आकर्षीत गरिन्छ ।
भगवतीप्रसाद सिंह महेन्द्रबहादुर भैरवराज पंत हरिप्रसाद
न्यायाधीश न्यायाधीश न्यायाधीश प्रधान न्यायाधीश
इति संवत २०११ साल आषाड ३१ गते रोज ५ शुभम्
यो फैसला सुनी पाञे भनी सही गर्ने
श्री ले.ज.मृगेन्द्र सम्सेर जङ्गबहादुर राणा