• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९२ - जगाबालि लुटपिट जाल्साजि

साल: २०१० महिना: जेष्ठ फैसला मिति :२०१०/०२/२० ११६

अभिलेख दर्ता नं.९२/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.१७/८५६ नि.नं.....

 

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

अपिल नम्वर ८५६

 

मुदा जगाबालि लुटपिट जाल्साजि

 


वादि : अपिलाट लालकिस्न पाध्या बागलुं ई.जि पर्वत पांपुरन्‌ढिकि


विपक्ष प्रतेवादी : आतुरे सार्कि ऐं ऐं १

हरीप्रसाद पाध्या ऐं पौवाडाडा घर गैराघर १

जि.मु. विस्नुहरी पाध्या ऐं पाङ्‌गौडा १


 

इजलास

श्री माननिय न्यायाधिश भगवतिप्रसाद सिंह राजपुत बि.ए.सि.बि.एल

 

फैसला

यस्मा पर्वते राजा देवेंद्र वहादुर मल्लका मानाचामलमा माना चामलमा तिरो दाषेल हुन आतुरे सार्किका हक भोग तिराभीत्रको पुर्व नौला षेतको ठाडो वान्नु पश्ची षनिंको र षिरांको साध ऊतर मने सार्किको षरेवारी वान्नु दषिन दमाई थोक जाने तेर्सो वाटो येति ४ किल्ला भीत्रको भीरमुनि भन्ने पाषो खरवारी मोरु १००। मा निज आतुरेवाट २०००।८।१ मा राजिनामा लि तालुकदार जि. मु सम्बर वहादुरवाट र राजा देवेन्द्र बहादुरबाट वाहाली लि ०१ साल देषि ०४ साल तक भोग तिरो गरी ०५ साल्को वालिलाई षर पालि आयाकोमा षरै र कोदो रोपने गरेकोमा कोदै रोपि पाकि तयार भयापछी ०५ साल कार्तिक २१ गतेका दिं म घर भयेको मौका निज हरीप्रसाद पाध्याले आफना जाहां स्मेत लगी षर ज्मै काटी लुटि लगेपछी भोलिपल्ट घर आई लुटेको थापाई किन लुटेको भन्न जादा श्व जगा मेरो हक गराई षर लुटेको हु भन्ने जवाफ दी जगामा स्मेत षिचोला गरेकाले आतुरे सार्किलाई सोध्दा निजले पनि हरीप्रसादकै सरिफ भै तिम्रो रुपैञा बुझने भये बुझ नभये जगा षान पाऊदैनौ भन्ने जवाफ गरेकाले नालेस गर्न आयाको छु तिरो रु ।४ लागेको भीरमुनि पाषोवारी षरवारी स्मेत राजिनामा बमोजिं सदर थामि लुटीयाको षर कोदो स्मेतको विगो हरी प्रसादवाट भराई जगा षिचोला गरी बालि लुटेमा निजलाई र निज्का षामसमा पसी षिचोला गराई बालि लुटायेमा आतुरे सार्किलाई स्मेत सजाय गरी पाऊ भन्ने स्मेत वेहोराको बादी लालकिस्नको फेराद रहेछ ।

४।७।११ गतेका दिं मोरु ४०० मा आतुरेका हक भोगको भीरमुनिको माना चामलको पाखो बरी राजिनामा गरी लियेको वादीका जालसाजबाट वादीको साहु भाई रुद्रलाल मामाको छोरा भुवनराजलाई साछी राषि आतुरेलाई ऊचाली मेरा नाऊ स्मेतमा करकाप संग कागज गरायो भन्ने मुदा पारी दियेता पनि आषीर ०४ साल माघ २ गतेका दिं श्व करकाप भनेको कागज पास गरी दी करकाप मुदा डिसमिस गरायेको यो षरबारी वादिलाई राजिनामा गरी दियेको थियो भने मलाई राजिनामा गरी दीदा पूर्व मैले लालकिस्नलाई राजिनामा गरी दिंदा पूर्व मैले लालकिस्नलाई राजिनामा गरी दीयाको षरबरी भनि मेरा राजिनामामा किल्ला हाल्नु पर्ने मेरो षरवारी भनि हाल्नु नपर्ने वादिले दावि गरेको किल्ला भीत्रको ति रु।३ लागेको षरबारी स्मेतको जगा मोरु ८००। मा जि.मु विस्नुहरीलाई आतुरेले राजिनामा गरी दियेको म स्मेत साछी छु यो षरबरीका पश्चं पटी मैले आतुरेबाट राजिनामा गरी लियेको वारीका टुपा छेउ कील्ला भीत्र हालि उजुर गरेको रहेछ बादी दाबीको षरबारी जि.मु. विस्नुहरीको हुदा उनै संग घर छाउने मोरु ५। मा किनि काटेको हु बादीले राजिनां गरी लियेको षरबरी भये आतुरेले करकापमा नालेस दिदा येति षरबारी वादीले राजिनां गरी लीयेको छ भनि लेषनु पर्ने नलेषेको हुदा वादीले यो षरबारी राजिनामा गरी लियेको पनि छैन मैले लुटेको पनी हैन झुटा ऊजुरगरेमा वादीलाई सजाय गरी मेरा बारीका टुप्पा छेउ मेरो राजिनां बमोजिं सदर गराई विस्नुहरीले राजिनां लियेको जगा हाईन भंछ भने षरको विगो निजै विस्नु हरीलाई तिराई पाउने हु भन्ने स्मेत व्यहोराको प्र. हरीप्रसादको प्रतेउत्तर रहेछ ।

पूर्व नौला षेतको ठाडो वान्नु पश्चीं षनिको र षिर्राको साध उत्तर मने सार्किको षर बारी वान्नु दषिं दमाई थोक जाने तेर्सो बाटो स्मेतका किल्ला भीत्रको जगा आतुरे सार्किको भै निजले मलाई मोरु ८००। मा स्याहालि षेत र भीर मुनिको पाषो सो झगडा परेको षरबारी जगा स्मेत मलाई राजिनामा गरी दियाकोले मेरा राजिनामाको किल्ला भीत्रको जगा भै ४।९।४।६ मा घरसारमा र ऐ. माघ २ गते राजिनां पास गरी लि ०५ साल्का बालि देषि जगामा मेरो हक भोग छ माना चामलको धनि देवेन्द्र बहादुर तालुकदार सम्बरबहादुर वादि लाल किस्न पाध्यास्मेत संग मुदा परी ईविदार मानिस भयेकोले मैले आतुरेबाट जगा लियेको थापाई निज देवेन्द्र बहादुर सम्बर बहादुर लाल किस्न आतुरे स्मेत भै मैले राजिनां गराई लियेको मिति भन्दा अगाडि २००० साल मार्ग १ गतेको राजिनामा र अघिको मितिको बहाली पुर्जि गराई जालसाजी कागज षडा गरेका हुं श्व जगा बादीलाई आतुरेले राजिनां गरी दियेको थियो भने ०४ साल्मा यै जगा मध्येको कहि जगा निज आतुरेबाट हरीप्रसादले राजिनां गरी लिदा करकाप संग कागज गरायो भनि आतुरेले नालेस दिदा श्व जगा लाल किस्नलाई राजिनामा गरी दियाको छु भनि वादीमा लेषनु पर्ने लेषन नसकेबाट पनि पछी जालसाज राजीनामा षडा गरेको देषियेकै छ भन्ने स्मेत ब्यहोराको प्र हरी प्रसादको प्रतेउतरका पेटबोलिबाट वुझीयाको जि.मु. विस्नु हरीको वञ्यान रहेछ ।

बादिले पेस गरेको लिषतहरु निज विस्नु हरीलाई सुनाउदा श्व राजिनामा बाहाली पुर्जि रसिद स्मेत सदे होइन वादीले दावि गरेको जगा स्मेत आतुरेबाट विस्नु हरीले राजिनामा गरी लियेको जगा मध्येको केहि जगा छुटाई षानका लागी माना चामलको धनि देबेन्द्र बहादुर र तालुकदार सम्बर बहादुर स्मेत संग मुदा परेको इविवाला मानिस हुनाले निजहरु भयेमा वादि गै रु १०। का दर्ले रु २०। दिंछु यो जगा मलाई पारी दिनपर्‍यो भनेछ र तेस कुरामा निजहरु स्मेत मंजुर भै आतुरेलाई वोलाई निजहरुका कबजाका तुले हस्ते राम्दल स्मेतलाई झीकाई निज राम्दललाई लेषन लगाई तुले हस्ते साछी गराई राजिनां षडा गरी श्व राजिनां षंविर गराउन देवेन्द्र बहादुरबाट बहालि पुर्जि र सम्बर वहादुरबाट बहाली रसिद स्मेत जालसाजबाट षडा गरेका हुं निज आतुरेको रु।२५ को जगा मध्ये रु ।८।१ को जगा हस्ते सार्किले रु ।६।३ को जगा हरी प्रसादले रु ।१० को जगा विस्नु हरीले लियेकोमा रु ।४।१ तिराको जगा मात्र हस्तेले लियेको रु ।४ तिराको जगा मैले लियेको भन्ने र श्वहि ।४ तिराको जगामा किल्ला भित्र पारी जालसाज गरे भंने लाल किस्नको बञ्यां झुटा हो भन्ने जि.मु विस्नुहरीको वा. कुल प्रसादको वञ्यान रहेछ ।

मैले पेस गरेको राजिनामा वहाली रसिद स्मेत जालसाजि हैन सदे साँचो हो रु२०। ष्वाई जालसाज गरेको भंने वञ्यां झुटा हो आतुरेको रु।२५ तिरोको जगा मध्ये तिरो रु।४ को मेरा दाविको ४ किल्ला भीत्रको पाषो जगा राजिनामा लि भोग चलं गरी आयेको र म भन्दा पछी रु।६।३ तिराको जगा प्र हरी प्रसादले लियेको र मेरा जगा देषि दषिं पश्चीं सम्मको तिरो रु ।१० को जगा ०४ साल्मा विस्नुहरीले लियेको श्व लिदा उत्तर किल्ला दमै थोक जाने तेर्सो बाटो भनी किल्ला राषनु पर्नेमा सार्कीको षरबारी भनि मेरा जगा ऊतर किल्ला भीत्र पारी विस्नुहरी आतुरे र राजिनामामा लेषियेका साछी सनाषत स्मेत भै उत्तर किल्ला लेषत मेरो जगा पारी श्व कुरा सम्म जालसाज गरेका हुं भन्ने स्मेत व्यहोराको वादी लाल किस्नको वञ्यान रहेछ ।

आतुरेका हकको तिरो रु।२५ को जगा मध्ये रु ।४ तिरोको जगा २०००।८।१ मा वादी लाल किस्नलाई रु ।६।३ तिराको जगा हरी प्रसादलाई रु.।१० तिराको विस्नुहरीलाई र ।४।१ तिराको जगा हस्ते सार्किलाई आतुरेले राजिनामा गरी दियेकोले श्व वमोजिं तालुकदार म हुदा बहाली पुर्जि दि लेषियाको तिरो लेषियाका मोहिबाट असुल गरी रसिद दिने गरेको छु जालसाजबाट पछी षडा गरी वादिबाट रु।१० ली षायेको स्मेत होईन विस्नुहरीको राजिनामामा किल्ला के के लेषेका छं मलाई था छैन भन्ने जि. मु सम्बर बहादुरको बञ्यान रहेछ ।

आतुरेका हकको तिरी रु।४।१ को जगा रु १०० मा २००० साल्मा म हस्तेले राजिनामा गरी लि भोग गरेको र तिरो रु ।४ को जगा मोरु १००। मा २०००।८।१ मा लाल किस्नले राजिनामा गरी लियेको रु ।६।३ को जगा हरी प्रसादले के ब्यहोराबाट लि भोग गरेको छ रु ।१० तिराको जगा विस्नु हरीले राजिनामा गरी लियेको हो लाल किस्नले लेषियेको साल मितिमा लें दें भै म तुले हस्ते हकदार साछी स्मेत राषि म रामदल लेषत भै गरी दियको सदे साचो राजिनामा हो अघिको मिति पारी जालसाज गरे भन्ने विस्नुहरीको बञ्यान झुटा हो भन्ने तुले सार्कि हस्ते सार्कि स्मेतको वा. भै आफना हक्मा स्मेत रामदल षत्रृको बञ्यान रहेछ ।

प्र आतुरे सार्किले प्रतेउतर नदि म्याद गुजारेको हरी प्रसादले तारेष गुजारेको र जि. मु विस्नु हरीका लिषतका साछी अम्बर बहादुर चन्द्र कुमार हरी प्रसाद स्मेतले म्याद गुजारेको रहेछ ।

वुझीये सम्मका प्रमाण परीवंदबाट वादीले आतुरेबाट रु।४ तिराको जगा राजीनामा गरी लियेको नभये दिने दाता आतुरेले दियेको हैन भनी ईंकार गर्न पर्ने श्व गर्न नसकि म्यादै गुजारी बसेका आतुरेको हक्मा जगै भयेको रु।८ तिराको जगा हस्तेले लि सकेकाले जालसाजी गरे भन्ने लेषाईमा निज आतुरेवाट रु ।४।१ तिराको जगा लियेको हु भनी हस्ते सार्कि नै सावित भै बञ्यान गरेकोले वादीको राजीनामा जालसाजी भन्न भन्न नहुने हस्तेको राजीनामा तिरो सच्याये भनी विस्नु हरीले दियेको मुदामा सच्यायेको नठहरी किनारा भयेको र राजीनामामा लेषियाका साछी रां दल तुले स्मेत स्मेतले सदे साचो भनि बञ्यान गरेको स्मेतवाट र रु२०। षाई जालसाज गरे भन्ने हक्मा श्व षाई गरेको भनि साछीले स्मेत भन्न नसकेकोले जालसाजबाट लिनु षानु गरी षडा गरेको भन्न लायेक नपर्ने विस्नुहरीका साछीले स्मेत लालकिस्नको राजिनामा जालसाजि हो भनी भन्न नसकेका र निज्का राजीनामाका साछीहरुले म्याद गुजारी बसेको हुनाले लाल किस्नको राजिनामाको किल्ला षापि राजीनामा नगरायेको भये निजहरुले आई ईंकार गर्नु पर्ने येसबाट पनि लाल कीस्नको राजीनामा सदे देषिन आई विस्नुहरीले ऊतर किल्ला तर्फ लाल कीस्नको जगा चापि आफ्ना किल्ला भीत्र परेको भन्नु पर्ने हुदा वादीको राजिनामा वाहाली रसिद स्मेत सदे ठहर्ने र रु १०।५० को षर कोदो लुटे तर्फ श्व षर लगेको कुरामा हरिप्रसाद सावितै भयेको र निजले तारेष गुजारी वसेबाट स्मेत रु१०।५० को दोबर हरीप्रसादले लुटी आतुरे हरी प्रसाद स्मेतले जगा षिचोला गरेकै ठहर्छ भनी ०८।८।२७।४  मा सुरु वागलुं अदालतले फैसला गरेको रहेछ ।

श्व ईंसाफमा चीत्त वुझेन भनि प्रतेवादी हरी प्रसाद विस्नु हरी स्मेतको पाल्पा अपिलमा अपिल परेको रहेछ ।

दाबि बमोजिं रु।४ तिराको जगा आतेरे संग लाल किस्नले लियेको साचो भया तेस पछी श्व जगा देषि पश्चीं साधको जगा हरी प्रसादलाई र दषिं पश्चींको जगा विस्नुहरीलाई आतुरेले राजिनामा गरी दीदा हरीप्रसादलाई लेषि दियेको तंसुकमा पुर्व लाल किस्नलाई लेषिदियेको जगा साध लेषन सकनु पर्ने नलेषि पुर्व मेरै जगा भनि लेषि दियेको र विस्नु हरीलाई राजिनामा गरी दियाको रु ३ तिराको कितामा पश्चीं हरी प्रसादलाई राजिनामा गरी दियेको बारी भनि लेषिदियाकोले र बाल किस्नको साध षोली लेषि दिन नसकेकाले तेसबाट पनि २००० साल्मा आतुरेबाट मैले राजिनामा गरी लियेको भन्ने लाल किस्नको जिकीर साचो देषिन नआउने श्व जगा राजिनां ली भोग चलं गरी आयेको भया साछी सवुद वकाउन सकनु पर्ने नसकेको १ जना वकेकोमा पनी नाताको हुदा प्रमाण नलागने विष्णुहरीका २ जना साछीले जगा विस्नुहरीले भोग गरी आयेको भनि लेषी दियेको भोगबाट पनि लाल किस्नको नदेषिई विस्नु हरीकै जिकिर साचो देषिन आयेको हस्तेलाई रु।८।१ को जगा लेषिदियेकोमा रु।४ गरी रु।४ तिराको जगा आतुरेको वाकी नै देषाई मलाई लेषियेको जगा लालकिस्नलाई लेषि जालसाजि राजिनां वहालि रसिद वनायेको भन्ने विस्नुहरीको जिकिर भयेकोमा श्व हस्तेको राजिनां हेर्नालाई अडाबाट झीकाऊदा सकल राजिनामा पेस गर्न नसेकेकोले कैफियत गरे भयेकै बाट सकल दाषेल गर्न नसकेको भन्नु पर्ने लालकिस्नको राजिनां कायें गरी ४ किल्ला समेत श्वहि बमोजिं कायं हुन जावस् भन्ने ऊदेस्यले बादीलाई जालसाजी बहाली दियेको देषिन आउने हुनाले मानाचामलको धनी र तालुकदार संबरबहादुर स्मेतले बादीलाई दीयेको वहाली जालसाजी देषियेकोले स्मेत आतुरेको रु।२५ तिराको जगा हस्ते हरीप्रसाद विस्नुहरी स्मेतलाई गरी चुक्ति पारी राजिनामा दिसकेकोमा हस्तेलाई रु।८।१ को राजिनामा गरी दियेकोमा ८ लाई ४ को अंक गरी ।४ को जगा बाकि नै देषिने गरी वस्नुहरी लाई लेषि दियेको ४ किल्ला लाल किस्नलाई लेषि दियेको तंसुकमा लेषिन भयेको जाली राजीनामा बहाली रसिद षडा गरेको देषियेकोले लालकिस्नले जगा दावि गरी बालिमा स्मेत फजुल ऊजुर गरेको ठहर्छ मु सम्बर बहादुर र देवेन्द्र बहादुरलाई रु १०x१० का दर्ले घुस षाई बहाली पुर्जि दियेको भन्ने जिकिरलाई घुस दिये लियेको प्रमाण गुजारेको नदेषियेकोले साछी प्रमाण बेगर साचो मान्न मुनासिब नभयेकोले घुस षायेको ठहरदैन भनी सुरुको केही ईंसाफ उल्टी गरी ८।१२।२३।६ मा पाल्पा अपिलले फैसला गरेको रहेछ ।

स्व पाल्पा अपिलले गरेको ईंसाफमा चीत्त बुझेन भनि वादि लालकिस्न पाध्याको प्रधान न्यायालयमा अपिल परेको रहेछ ।

तारेषमा रहेको अपिलाटको वा.जि.मु दण्ड पनि पाध्यालाई स्मेत राषि पेश हुन आयेको यो मुदा निर्णय गर्दा दाता आतुरेबाट बादि भन्दा पछी जगा किन्ने भनेका प्र हरीप्रसाद विस्नुहरी स्मेतका लिषतमा बादिको साध किल्ला कतै नलेषियेको र तिरो सच्याये भनेको हस्तेको लिषत पनि श्व तिरो सच्याये भन्ने मुदामा दाषिल हुन नआयेको हस्ते झगडिया संग मिलि सकल लिषत दाषिल नभयेको भन्ने जिकिरलाई हस्तेको वारेस भै वादि आफैले मुदामा पैरवि गरेको मिसिहरूबाट देषिन आयेकोले हस्ते झगडिया संग मिलेको भन्ने अपिल जिकिर मुनासिब भन्न योग्य नपर्ने हुदा सुरुको केही उल्टी गरी छीनेको ईंसाफ र सजाय स्मेत पाल्पा अपिलको मुनासिब छ ईंसाफ पारी छीन्ने हाकिं उपर अपिल गरे बापत अपिलाट लालकिस्न पाध्याके पाल्पा अपिलबाट गर्ने गरेको सुरु दण्ड मोरु १५।८ को पैल्हा अपिल हुदा हा.का १५ नं ले सैक्रा १० ले रु१।५१ एक रुपैञा एकाऊन्न पैसा थप दण्ड हुन्छ वारेस हुदा असुल गर्नु भनि तहसिलमा लगत दिनु ।

 

न्यायाधिश

ईति सम्वत २०१० साल जेष्ट २० गते रोज ३ सुभं ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563