निर्णय नं. ९३ - तिरो सच्चाई दिये भन्ने
९३-१०
नेपाल प्रधान न्यायालय सिङ्ग बेञ्च
अपिल नम्बर ८५५
मुद्दा तिरो सच्चाई दिये भन्ने
अपिलाट प्रतेवादि लालकिस्न पाध्या वागलुं ई परवत मौजे पुरुं दिकि----१
विपक्ष वादी जि.मु विस्नु हरी पाध्या ऐ ई परवत मौजे पां गौडा -----१
ईजलास
श्री माननिय न्यायधिश भगवती प्रसाद सिंह राजपुत विए.सि.वि.एल
फैसला
यस्मा आतुरेबाटखेतपाषा जगा मैले ०४ सालमा मोरु ८००।मा रु ।३ तिराको र रु ६७ तिराको भीरमुनी भन्ने पाषोवारी समेत राजिनामा गराई लियेकोमा श्र्व जगा मलाई आतुरे सार्किले राजिनामा गरी दिदा मैलेलियेको वाषोवारीको षर र हरी प्रसादले लियेको जगाको कोदो समेत हरी प्रसादले लुटेकाल विगो भराई आतुरेले राजिनामा गरी दियेको ।४ तिराको जग्गा दिलाई पार्उ भनी लालकिस्नले हरी प्रसाद समेतका नाउमा नालेस गरेकोमा दावि गरेको जगा केहि मैले र केहि विस्नुहरीले आतुरेबाट राजिनामा गरी लियेको हो । लालकिस्नको राजिनामा झुठा हो भनि हरी प्रसादले प्रतेउत्तर दियेपछी मलाई अड्डाबाट बुझ्नुपर्ने भनी म्याद आई हाजिर भै लालकिस्नले दावी गरेको भीर मुनि भन्ने पाषो ।२५ मध्ये ।८।१ को हस्तेले र ।६।३ को हरी प्रसादले आतुरेबाट राजिनामा गरी दिदा सवै मेरै साध भनि लेषिदियाको राजिनामा कार्यें गरी वाहालि पुर्जि हरी प्रसादलाई दियेपछी करसरी लालकिस्नलाई आतुरेले २००० साल्मा राजिनामा गरी दियेको र सम्वर बहादुरले बहालि पुर्जि लालकिस्नलाई गरी दिये। तेसबाट पनि लालकिस्नको कुरा झुटो देषिने हुंदा लालकिस्नले आतुरेबाट लियेको राजिनामा जालसाजी हो भन्ने मैले बञ्चां गरेपछी लालकिस्नको र मेरो जालसाजीमा व्यान हुदा मलाई सम्बर बहादुरले गरीदियेको वहालि पुर्जि र हरी प्रसादलाई गरी दियेको वहालि पुर्जि र आतुरेले गरी दियेको राजिनामा किर्ते हो भनि लालकिस्नले भंन नसकेबाट पनि लालकिस्नको राजिनामा जालसाजि देषियेकोमा श्व राजिनामा तिराको रसिद जालसाजी ठहर्ने भो भन्ने चलाषिले लालकिस्न सम्वर बहादुरहस्नते आतुरेहरु मिलि अघि हस्तेलाई आतुरेले गरी दियेको ।८।१ को तिरो भयेको जगाको राजिनामा फेरी हो वा तिरो रु ।८।१ को अंकलाई सच्याई ।४।१ को गराई फेरी के हो हस्ते समेतको वारेस भै वयांन गराएको थाहा पायाकोले नालेश गर्न आएको छु। आतुरेले हस्तेलाई गरी दियको ।८।१ को राजिनामा र वहाली पुर्जि रसिद र ..... तिरो रु ।४।१ गराएको जालसाजी रसिद बहालि पुर्ज समेत षिची सजाय गरी निजहरुले जालसाजबाट षडा गरी पेस गरेका राजिनां वाहालि पुर्जि रसिद समेत बदर गराई पाउं भन्ने समेत व्यहोराको वादी जि.मु. विस्नुहरी पाध्याको फेराद रहेछ।
मेरो ज्मा ।२५पैसा तिराको जग्गा मध्ये रु।४। तिराको लालकिस्न रु ।४।१ हस्ते ।६।३ तिराको हरीप्रसाद रु ।१० तिराको वादि विस्नुहरी समेतलाई मैले अघि नै राजिनामा गरी दियेको हुँ । म समेत मितलि जालसाजि गरेको होईन। हस्तेलाई रु ।८।१ को जगा राजिनामा गरी दियेको छैन । तिरो सच्याउनु पर्ने कारण पनी केही छैन । लालकिस्नलाई मैले मौकामा ।४ तिराको जगा राजिनामा गरी दियेको कारयं गरी पार्उ भन्ने समेत व्यहोराको प्र आतुर सार्किको प्रतेउत्तर रहेछ।
आतुरेको रु.।२५ तिरा मध्ये म लाल किस्नले ।४ तिराको जगा र म हस्तेले ।४।१ हरी प्रसादले ।६।३ वादीले रु १० तिराको जगा आतुरेबाट हक छुटाई लियेको सवै भन्दा पैल्हे म लालकिस्नले राजिनामा गराई लियेको र तेसपछी म हस्तेले लियेको हो । जालसाजी गराई लियेको होईन। जगासर भये म लालकिस्नले खान पाउंने अरु हामि समेतले षान नपाउने यो येस्तो कांरबाट मिलेको भन्ने समेत नसकेको राजिनामा केरै तिरे सच्याये भन्ने तर्प किटान गरी लेषन नसकेबाट यो मुद्दा दायर रहन नपर्ने । वादी जिकिर बमोजिंको किल्ला राषि म सम्मर बहादुरले हरी प्रसादलाई बहालि पुर्जि गरी दियेकै छैन । श्व कागज देषनपाएमा जालसाजीमा उजुर गर्नेछु भन्ने समेत व्यहोराको प्र सम्मर बहादुर हस्नते लालकिस्न समेत ३ जना प्रतेवादीको यौटै प्रतिउत्तर रहेछ।
मिलि राजिनामा वाहालि पुर्ज रसिद समेत जालसाजिबाट षडा गरेकै ठहरी फैसाला भयेको हुनाले जालसाजी हैन भन्ने प्रतेवादिको जिकिर मुनाषिव हुदा जालसाज ठहरदैन भनी सुरुले गल्ती इंसाफ गरेको ठहर्छ। भनि सुरुको इन्साफ उल्टाई ०८।१२।२३।६ मा पाल्पा अपिलले फैसला गरेको रहेछ।
श्व पाल्पा अपिलले गरेको ईन्साफमा चित्त बुझेन भन्ने प्र लालकिस्नको प्रधान न्यायलयमा अपिल परेको रहेछ।
तारेखमा रहेको अपिलाटको वा जि. मु. दण्ड पानिलाई समेत राषि पेश हुन आयांको यो मुद्दा निर्णय गर्दा इनै वादि प्रतेवादिहरुको जगा वाललि लुटपिट जालसाजी मुद्दा आजैका मितिमा पाल्पा अपितको न्साफ मुनासिव ठहरी आजैका मितिमा किनारा भयेकोले श्वहि मुद्दाका फैसलामा लेषियाका बुदा प्रमाणबाट अपिलाट समेत भै जालसाजि गरेको ठहराई छिनेको ईन्साफ पाल्पा अपिलको मुनासिव छ । ईन्साफ पारी छिन्ने हाकिं उपर पिल गरे वापत अपिलाट लालकिस्न पाध्याके निजलाई अपिलाट दंड सजाय केहि नभयको हुदा हाका १० नं ले रु १। येक दण्ड हुन्छ । वारेस हदा असुल गर्नु भनि तहसिलमा लगत दिनु।
भगवतीप्रसाद सिंह
न्यायाधिश
ईति सम्वत २०१० साल जेष्ठ २० गते रोज ३ सुभम्।