• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३५७ - भर्पाइ कागज गराई पाऊ

साल: २०११ महिना: श्रावण फैसला मिति :2011/04/05 ८८

अभिलेख दर्ता नं. ३५७

२०११ सालको मि.नं ५४

नेपाल प्रधां न्यायालय सीङ्गल वेञ्‍च

ठा.नं.५४

मुदा: भर्पाइ कागज गराई पाऊ

 


अपीलाट वादी पु.१ नं. सींपा ई जागेरे यामुना बस्ने कृष्णवाहादुर खड्का छेत्री

विपकक्ष प्रतेवादी पु.१ नं. सी.पा.ई जागीरे यामुना बस्ने माथवरसीं खड्का छेत्री


ईजलास

श्री माननीय न्यायाधीस प्रदीप्त मान्यवर नेपाल तारा ले.ज. प्रकास सम्सेर जङ्ग बहादुर राणा

 

फैसला

     येस्मा अंन्याईसंग ९६ साल कार्तीक मैनामा घरबारी खेत द्रीष्टी लेखी मोरु २४७।७८ कर्जा ली २००४।१।१४ गते सो कर्जी वुझाई भर्पाइ लीयेको ४।३।२१ गते सो भर्पाइ फेला नपरे चोरी भयेको कुरा जनाई भरपाई गराई पाउ भंने वादी रहेछ ।

     मैले रुपैञा वुझी लीयेको र भरपाई गरी दीयेको स्मेत छैन भंने प्रतेवादी रहेछ ।

     चोरी भयेको प्रमाण गुजार्न नसकेको र हुलीया नदीयेकोले दाखील गर्न सक्दीन भनी कागज गरी दीयेको भनी देवानी दोश्रावाट ज्वाफ आयेकोले वादी झुट्टा ठहराई सीं.पा. अदालतले फैसला गरेको रहेछ ।

     सीं.पा अ. को ईन्साफ मुनासीब ठहराई अपील पैलावाट फैसला भयेको रहेछ ।

     हुलीया दीयेको छैन भनी मैले दर्खास्त दीयेको छैन भनी अपील्दीयेकोमा अपीलले स्मेत वीचारै नराखी हुलीया दीयेको नवुझी हदमुनी गरी फैसला गरेमा चीत्त वुझेन भंने वादीको नेवेदनमा हुलीयाको नीसा म संग छ भनी रोहवरमा भनेकाले वेहोरा साचो भया यो मुदाको मीसील झीकी हुलीया दीयेको नीसा समेत हेरी ईन्साफ जाची अैं सवाल बमोजिं गर्नु भंने आदेस रहेछ ।

     येस्मा आदेस बमोजीं नीर्णयलाई पेस हुन आयेको येस मुदामा प्रमांगी बमोजीं सदरमा तारेखमा रहेका डामा लेखी पठाउँदा हुलीया मैले नदीयेकाले दाखील गर्न सक्दीन भनी कागज लेखी दीयेको भनी रा.का. देवानी दोश्राबाट ज्वाफ आयेको भंने वुदाका हकमा मीसील सामेल रहेको दे.दो.को ज्वाफ हेर्दा ४।४।२७ को हुलीयाका हकमा मैले नदीयेको हुदा दाखील गर्न सकतीन भनी दर्खास्त दीयेकोले दर्खास्त ची कृष्न वाहादुरको र गौरीमायाको कागज फेराई पाऊ भंने मुदाको लेखोटमा चलां भै गयेको भंने ज्वाफ दीयेको देखीयेकाले सो गौरीमायासंगको कागज फेराई पाउ भन्‍ने मुदाको मीसिल प्रमाण नीमीत्त आदेस वमोजीं तलव भै आयेको हेरेमा सो मीसील सामेल रहेको नीज कृस्न बाहादुरको दर्खास्त ४।३।२७ को हुलीया नकल यसै दर्खास्तसाथ दाखील गर्न ल्यायेको छु ४।४।२७ को हुलीयाका तकमा मैले नदीयेको हुदा दाखील गर्न सक्तीन भनी दर्खास्त साथ येस मुदामा प्रमाण लाग्ने सोधीयेको ४।३।२७ को हुलीया नकल स्मेत पेस गरेका हुलीयामा नकल दरर्खास्त देवानी दोश्राका चलानी साथ आई मीसील सामेल रहेको देखीयेकाले हुलीया मैले नदीयेकाले दाखील गर्न सक्तीन भनी वादीले भनेको भंने सुरु अमीलको वुंदा लेखाई झुट्टा देखीन आयेको र वादीका साछी वकाईवाट पनी बादीबाट प्रतेवादीले रुपैञा उठाई लीयेको देखीयेको र प्रतेवादीले साछी वकाउन नसकेको छलफललाई नीज प्रतेवादीलाई झीकाउदा म्याद वुझी हाजीर हुनै नआई वसेकोले वादीवाट रुपैञा वुझी भरपाई गरी दीयेकै देखीयेकाले वादी दावी बमोजीं वादीले प्रतेवादीलाई रुषैञा वुझाई सकेकै ठहर्छ तपसीलका कलंमा तपसील बमोजीं गर्नु ।

तपसील

वादी तौथली जागीरे यामुना वस्ने कृष्ण वाहादुर खड्का छेत्री के सीं.पा अदालतका ०६।९।२६ का फैसलाले लीने गरेको डंड मोरु ५।– हाल नलागने हुंदा असुल मये फीर्ता र नभये वेहोरा जनाई लगत काटी दीनु भनी सीं.पा.अ.लाई पुर्जी गर्न अतदेमा लगत दीनु -----------------------------------------------१

का.ई.नरदेवी वस्ने तेजमुनी तुलाधर के ऐ अदालतका ऐ मीतीका फैसलाले लीने गरेको डंड मोरु १।–हाल नलागने हुदा असुल भये फीर्ता र नभये वेहोरा जनाई लगत काटी दीनु भनी ऐ मा   ऐ ------------------------------------------२

वादी कृष्ण वाहादुर के अपील तेश्राका ९।२।४ का फैसला र ऐ १२ गतेका लगतले लीने गरेको डण्ड मोरु ।५० हाल नलागने हुंदा असुल भये फीर्ता र नभये वेहोरा जनाई लगत काटी दीनु भनी ऐ ऐ ------------------------------------३

सीपाई तौथली जागीरे यामुना बस्ने का.मा.ले माथवर सीं खडका छेत्रीके आफूले भरपाई गरी दी सकेकोमा पनी गरी दीयेको छैन भनी झुटा जीकीफर ली थीती रीतीमा घटीवडी पारे वापत साहु आसामीका ५४ नं ले तेजवीजी मोरु ५। पाँच डण्ड हुन्छ रुजु नहुदा अैं वमोजीं असुल गर्नु भनी अत देमा लगत दीनु ---------४

देहायका अदालतका देहायेका जागीरदार के इन्साफ उल्टीमा हा.का. १५ नं. ले देहाये बमोजीं जरीमाना हुन्छ देहाये बमोजीं असुल गर्ने नभनी ऐ ---------------५

सीं पा.अ.का देहायेका जागीरदार के ---------------------------------------१

डी. स्यामकृष्ण श्रेष्ठ के का.ई वटु ----------------------------------।७५

वी कृष्न वीर श्रेष्ठ के ल.पु. पाटं हाल (वींतीमा ? ) वाहालदार --------।२५

अपील तेश्राका देहायका जागीदार के --------------------------------------१

सु.देवप्रसाद के का.इ कीलागत --------------------------------------।६०

ख. दोजराज के का.ई. डील्ली वजार मैती –--------------------------।२५

वी. प्रें वाहादुर कवर के पछीं ३ नं म्याग्दे ----------------------------।१५

  

 

 

                                 प्रकाश शम्सेर

                                  न्यायाधीश

इती सम्वत २०११ साल श्रावण ५ गते  रोज ३ सुभम्

 

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563