• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३६६ - नपायेको पकरी पाये भनी डंड गरी खायो भंने

साल: २०११ महिना: श्रावण फैसला मिति :2011/04/07 ८०

अभिलेख दर्ता नं. ३६६

२०११ सालको मि.नं ३७९

प्रधान न्यायालय सिंगल बेञ्‍च

अ.३७९

नपायेको पकरी पाये भनी डंड गरी खायो भंने

 


वा ईलां माईपार सायां बस्ने प्रमानंद पाध्या

बिपक्ष ऐ ऐ बस्ने भक्तल (?) वाहादुर खत्री छेत्री 


        ऐ ऐ बस्ने भुवंबाहादुर थाप्ल ( ? )१

                               पुर्व १ नं सीं पा तेर्छे गाउ बस्ने सी कृस्न

                           देउजा छे १

  ऐ ४ नं दीपरु मौजे सावातेल गाउ बस्ने

    प्रेम वहादुर १

 

ईजलास

श्री माननीये न्यायाधीस मा.ने.ता ले.ज. प्रकास सम्सेर जं.वा.रा

फैसला

येस्मा ६।५।४ का दीं गोठ्मा जान गयेको ठाडा मगरको घर पुगदा सो ठाउमा कुलबहादुर नभै अरु ३ ले बलबहादुर दमाईलाई पाता कसी राखेको म प्रमानंदलाई पनी कंरु १०० लागेको छ भनी पाता कस्ये मसंग भयेको रु ५० दीये पुगदैन ज्मादार हवलदार हुं भनी भुबं बहादुरले कृस्नबहादुरहरु देखाई भनेपछी ज्मादार हवलदार भंनेले कुलबहादुरका घर पुर्‍यायेर बक्यौता रहेछ संझी मसंग अैंले छैन हालीदेउ भनी थरीलाई भन्दा कंरु ५० दी तमसुक लेखने मानीस छैन सै गरी राख भनी खाली कागजमा दाञा बाञा हातको लापचे थीचाई भोलीपप्ट छाड दीये नपायेको पकरी पाञे भनी रु १०० ली लीफास्मेत लीयेकाले अंनेवालालाई सजाय गरी लीफास्मेत दीलाई पाऊ भंने स्मेत प्रमानंदको बीन्तीपत्र बयां रहेछ,

सां खावुं गाउ दलमरदंको आसामी ऊठाउन ६।५।१ गते गै ७ गते घर आयेकोले ऊजुरवालासंग ६।५।४ का दीं भेट भयेको र डंडा गरी लीयेको छैन भंनेस्मेत भुवंबहादुरको बयान रहेछ

उक्त ४ गतेका दीं भुवंबहादुरले प्रमानंद मेरा घर ल्यायेको कर्जी दीये लीयेको छैन भंनेस्मेत कुलबहादुरको बयान रहेछ  

सो भाद्र ४ गते सुक्रबार बजारमा सी प्रेंबाहादुर जरो आई कुरी बसेको ज्मादार हवलदार भनी बाडफांड गरी रु १०० लीयेको छैन भंने सी कृस्नबाहादुरको बयान रहेछ  

ऐ ऐ बमोजीं जरो आई बसेको भंनेस्मेत सी प्रेम बहादुरको ऐ रहेछ

बुझीयेका बादीका साछी २ ले बादीलाई प्रहरुले बाधी राखेको रु ५० पचास वादीले दीदा १०० नभै हुदैन भनी प्र ले भने भनी बकेकोले प्रहरुले ज्मादार हवलदार हुं भनी लीये खायेकी भंन अरु मानीसका सामुंनेमा ज्मादार हवलदार हुं भनी रुपैञा लीयो भंन मुनासीब नपर्ने प्र कुलबहादुर यो काममा सहमत छ भंन बादीले नसकी लीफा लीयो भंनेस्मेत लेखेको प्र साछीले प्रहरु सो वार्दातका दीं जाहा जाहा छौं भनेको छ ताहा छ भनी बकेकोले प्रहरुले बादीलाई वाध छाद गरी रुपैञा लीयेको र कुलबहादुरले लीफा लीयेको ठहर्दैन उजुर झुट्टा ठहर्छ भनी ७।३।११ मा ईलां अमीनीले फैसला गरेको रहेछ ।

सो ईन्साफमा चीत्त बुझेन भंनेस्मेत प्रमानंदको अपील रहेछ  

ईनै प्र उपर यकै वारदातमा नपायेको पकरी पाञे भनी डंड गरी खायो भंने बलबहादुरको ऊजुरी झुट्टा ठहरी आजै फैसला भयेकाले ईन्साफ सुरुको मुनासीब सजायेका हकमा प्रमानंद बलबहादुरसंग ज्मादार हवलदार भनी नपायेको पगरी पाये भनी डंड उठाई लीये भनी २ जनाले वेगला बेगलै उजुर गरेको ठहरे पनी मुदैपीछे नपायेको पकरी पाये भनेमा सजाये हुने नभै जुं दर्जा पाये भनेको तेस्मा स्म सजाये लागने भै कैद वर्ष १।-१।। नलागने हुदा येस मुदामा कैद मैना ।९ लागने ऊजुर झुट्टा गरेमा हुने २ जनाको ज्मा कैद वर्ष १ ।। कीर्ते कागजको २२ ले आधी कैद मैना ।९१।९। (?) लागनेमा जनही कैद वर्ष १।।-१।। सुरुले गरेको बेमुनासी ठहराई धंकुटा अपीलले ७।६।१८।४ मा गरेको फैसला रहेछ ।

मेरो साछीले उजुर बमोजीं बकेको बीचार नराखी फैसला गरेमा चीत्त बुझेन भंनेस्मेत प्रमानंदको अपील रहेछ ।

येकै वारादातमा नपायेको पकरी पाये भनी डंड गरी खायो भंने बलबहादुरको उजुरी परेको झुट्टा ठहरी फैसला भयेको भंने लेखीयकाले ईन्साफ धंकुटा अपीलको मुनासीब अपील गरेमा बादी प्रमानंद पाध्याके सुरु कैद मैना ।९ डंड कंरु १५ को हाका १० नं ले सैक्रा ५ ले कैद दीन ।.।१३ दीं १२ घाटा र कंरु ।।। डंड हुनेमा सो डंड कैदको ज्मा कंरु ९।४ तारेखमा बस्न नपर्ने गरी ८।१२।१६।६ मा धंकुटा अपील मार्फत धंकुटा अदालतमा धरौट रहेको देखीयेकाले सो धरौट् सदरस्याहा गर्नु भनी धंकुटा अदालतमा र नपायेको पकरी पाञे भनी डंड गरी खायो भनी पोली साबीत गर्न नसकेमा भनी कीर्ते कागजका १८x२२ नं.ले कैद मैन्हा ।९ र डंड कंरु १५ र अपील गरेमा कैद दीं ।.।२७ र डंडा कंरु १।। हुनेमा ईलाम अमीनीले कैद बर्ष १।। को रुपैञाको र डंड रु १५ गरेको दसौस्मेत अपील गर्दा धरौट राखेकोले बढी कैद मैन्हा ।९।९ को लगत काटी कैदको रुपैञा अैं सवालको रीत पुर्‍याई सुरुवाटै लगत काटी फिर्ता दी कैदमा अैं बमोजीं गर्ने भनी धंकुटा अपीलका फैसलामा लेखेकोले सुरु अपीलले कैद गर्ने मंसायेले लेखे पनी सो अैनले कैद हुने नभै रुपौञा तीर्न पाउने भयेकाले अपीलका फैसला बमोजीं कैदको रुपैञा चाहीने धरौट रहेकोबाट सदर स्याहा गरी बाकी फीर्ता दीनु भनी ईलां अमीनीमा पुर्जी गर्नस्मेत अ.त.फौ.फाट्मा लगत दी यो छीनेको जनाऊ अपीलाट्लाई पठाई मीसील मीसील बीभागमा बुझाई दीनु ।  

 

 

                           प्रकाशशम्सेर

                            न्यायाधीस

सं २०११ साल श्रावण ७ गते  रोज ५ शुभ्म्

 

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..