• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९५ - बाहाल बुझाई पाउ

साल: २०१० महिना: जेष्ठ फैसला मिति :२०१०/०२/२१ १६९

अभिलेख दर्ता नं.९५/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.११/५०

 

नेपाल प्रधान् न्यायालय सिंगल बेञ्च

दे.नं.५०

अ.वं.१३

 


अपिलाट का ई ठंहटी बस्ने नारायणबाहादुर राजभंडारी


विपक्ष का.ई भेडासिं बस्ने बेखालाल जोसी

मानीकलाल जोसी


 

मुद्दा बाहाल बुझाई पाउ

 

इजलास

श्री माननिय न्यायाधिस भगवतीप्रसाद सिंह बि.एस.सि.बि.एल

 

फैसला

यस्मा प्रत्येवादीलाई हामीहरुले भोग वंधकी दियको भेडासिंको घर पसलको ०५ साल माघ २७ गते देखी ०६ साल माघ २६ गते तक वर्ष १ को वाहाल मो रु ६१०। मा प्र.वादीको दाज्यु केंड बाहादुरको भाग मोरु ८७।१४ कटाई प्रत्येवादीको भाग मोरु ५२२।८६ वुझाई भर्पाई दिलाई पाउ भंने वेखालाल मानिकलालको वादी रहेछ ।

वादीलाई वाहालमा दियको घरको साल् १ को मोरु ७१०। का दर्ले वाहाल लिनुपर्नें देवानी अपिलवाट ६१०। का दर्ले वाहाल कार्ये गरी फैसला गरेपनी प्रधां न्यायालयमा अपिल परी रहेकोले वादी झुठ्ठा हो भंने नारायण वाहादुरको प्रत्येवादी रहेछ ।

नपुगमा वादीका उपर प्रत्येवादीको उजुर परेका वखत् ठहरे वमोजिं हुने हुदा ढरौट रहेको रुपैया प्रत्येवादीले बुझ्न पर्ने ठहराई देवानी दोश्रा फाटले फैसला गरेको अपिल तेश्रा फाटवाट मनासिव ठहराएको रहेछ ।

उपरोक्त मुद्दामा अपिलाट्लाई राखी छलफल गरी निर्णय गर्दा तल लेखीय वमोजीं ठहर भयो ।

वादीले वाहाल् वुझाई पाउ भनी ढरौट् राखी नालेस गरेकोमा नोक्सानीमा छुट्टै उजुर ग्नेछु भंने समेत प्रत्येवादी भएको र नोक्सानीमा नालेस गरेको छु भनी छलफलमा समेत अपिलाट्ले भन्न नसकेको र यो वाहाल् वुझाई पाउ भंने मुद्दावाट नोक्सानी तर्फ विचार गर्नू नपर्ने हुँदा सुरु र अपिल्का फैसलामा लेखीयका वुदा प्रमाणवाट इन्साफ अपिल तेश्रा फाटको मनासिव ठहर्छ कोर्ट फि राखी अपिल गरेको हुदा अपिलटलाई केही गर्न पर्दैन मिसिल मिसिल फाटमा वुझाई दिनु ।

 

न्यायाधिस

संवत् २०१० साल जेष्ट २१ गते रोज ४ सुभ्म् ।       

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..