निर्णय नं. ९६ - घर बाहाल
अभिलेख दर्ता नं.९६/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं............ नि.नं.१०/५१
श्री नेपाल प्रधान न्यायालय सिंगल वेञ्च
वे नं.५१
अपिलाट : का ई ठहिटी बस्ने नारायण बाहादुर राजभंडारी
विपक्ष : का ई भेडासिं बस्ने मानिकलाल जोसी
बेखालाल जोसी
मुद्दा घर बाहाल
इजलास
श्री माननिय न्यायाधिस भगवतीप्रसाद सिंह बि.एस.सी.बि.एल.
फैसला
यस्मा प्रत्येवादीहरूले भेडा सिं घर पसलको ४।५ सालको वाहाल मो रु ११२२।८६ बाकी राखेकोमा ५२२।८६ वुझाइ पाउ भनी नालेस गरेकोले नपुग मो रु ६००। भराई घर पसलवाट उठाइ पाउ भन्ने नरायण वाहादुरको वादी रहेछ ।
०४ सला माघ २७ गते देखी ०५ साल माघ २६ तकको मो रु ६१०। वुझाई पाउ भनी ढरौट साथ नालेस गरेकोमा वुझ्न पर्ने ठहरी फेसला भएकोले ७१० का दर्ले स्मेत वुझाउन पर्ने होइन वादी झुठा हो भंने वेखालाल मानीकलालको प्रत्येवादी रहेछ । वाहाल वुझाई पाउ भनी ढरौट राखी नालेस गरेको मुद्दावाट मो रु ६१०। का दर्ले भनी वादीको मात्र भनी मो रु ५२२।८६ मात्र ढरौट राखेको देखीएकोले ७१०। का दर्ले नपुग मो रु ८५।७१ प्रत्येवादीवाट वादीले भरी पाउने ठहर्छ भनी देवानी दोश्रा फाटले फैसला गरेकोमा अपिल तेश्रा फाटले मनासिव ठहरायको रहेछ ।
वाहाल कवुलियत मिती देखी नालेस परेका मिती तकको हिसाव गरी ७१०। का दर्ले पाउनु पर्ने भंने नारायण वाहादुरको अपिल रहेछ उपरोक्त मुद्दामा अपिलाटलाई राखी छलफल गरी निर्णय गर्दा तल लेखीय बमोजीं ठहर भयो ।
वाहाल कवुलियत मिती देखी नालेस परेमा मिती तकको हर हिसाव मिलाई पाउ भंने उजुर नभै ४।५ सालको वाहाल भराई पाउ भंने वादी भएकोले वाहाल कवुलियत मिती देखी नालेस परेका मिती तकको यस मुद्दावाट निरोपण गर्नु नपर्ने र ४ साल माघ सम्मको वाहाल वुझि लिए भंने भर्पाई देखिएको र ४ साल माघ देखी ५ साल माघतकको वाहालमा ७१०। का दर्ले नपुर समेत भराउने गरेको इन्साफ अपिल तेश्राको मनासीव ठहर्छ कोर्ट फि राखी अपिल गरेको हुँदा अपिलाटलाई केही गर्नु पर्दैन मिसिल मिसिल फाटमा वुझाई दिनु ।
न्यायाधीश
इति संवत् २०१० साल जेष्ट २१ गते रोज ५ सुभम् ।