निर्णय नं. ९७ - जाल्साजी
अभिलेख दर्ता नं.९७/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं............ नि.नं.२८१/९३७
नेपाल प्रधान न्यायालय डिभीजं बेञ्च
ऊजुरवाला प्रतेवादी : जीलै सप्तरी प्रगंना जंमपुर मौजे भडीया बस्ने मुनीलाल महतो सुडी मरी मुद्दा सकार गर्ने ऐं बस्ने रामचरितर सुडी
विपक्ष वादी : ऐं मौजे भेडीया बीर्ता बस्ने रामकर्ण नायब सुडी
मुदा जाल्साजी
ईजलास
श्री माननीय न्यायाधीस प्रदिप्तमानेवर नेपालतारा ले.ज. प्रकाससम्सेर जङ्गबाहादुर राणा
श्री माननीय न्यायाधीश भैरवराज पन्त पाध्या
फैसला
यस्मा मान वाहादुरले म संग रु ३०० ली घरवास जगा धुर ९।।२ सटा धुर ०५।१२।१ मा घर सारपार ०६।५।८ मा रजीष्टेसं पास गरि दीयकोले वावीया स्मेत राषी भो ग गरी आयकोमा जात भातमा इवी परेवाट ०६।५।९ का दीं मान वाहादुरलाई वोलाई जवरजस्ती सहीछाप गरायकोमा नालेस परे पछी सो मैले खरिद गरेको घरमा जवरजस्ती वसी वावीया स्मेत दखल गरी लीयकोमा नीज ऊपर नालेस गरेको मुद्दा मलाई हरायकाले अपिल गरी मान वाहादुर संग लें दें नभयकोमा करकाप जालसाजी लेखत गरेकाले अैंनका म्याद २ वर्ष भीत्र नालेस गर्न आयको छु जालसाजी गरेमा साजये गरी पाऊ भन्ने स्मेत वादी रहेछ ।
कनैया लाल काजी नेवार विस्नु लाल स्मेत म मुनिलालको झगडीया हुदा नीजहरूको वेहोरा नीजैहरू जांला वादी स्मेत उपर करकाप संग कागज गरायेको घर चलं गरेको हैन भनी जालसाजीमा नालेस दीयकोमा अपिल लगायतवाट वादीले मान वाहादुरवाट गराई लीयको लेखत जाल्साजी ठहराई मेरो लेखत सद्दे ठहराई फैसला भयकोमा अपिल उपर अपिल नगरी सोही कुरामा अर्को नालेस दीयकोले खारेज गरी पाऊ भंन्य स्मेत मुनीलाल स्मेतको प्रतेवादी रहेछ ।
रु३०० को लेखत जाल्साजी गरेको के रु ६०९ को लेखत पास गरी दिने करकाप ठहर्दैन भनी यस अमिनीवाट फैसला भयको सदर ठहरी अपिलवाट फैसला भयकोमा सो ऊपर करकाप जाल्साजीमा अपिल नपरेकोले हुमचं को रु ६०९ लेखत जाल्साजी भंन्य दावी पुग्न सक्तैन झुट्टैले उजुर गरेको ठहर्छ भनी २००७।१२।५ मा सीरहा अमिनीवाट फैसला गरेको रहेछ ।
प्रमाणलाई आयको राम कर्ण मुनीलालको लेखत जाल्साजी मुद्दा हेर्दा मुष्य कारनिहरू उपर जाल्साजी मुद्दा परि अमिनी अपिलवाट ईन्साफ भै सकेको देखियकाले फेरि अन्तर साछी स्मेतको भनाइ ली वादीले यक पटक गरी सकेको मुद्दामा अमिनीले नालेस गर्न नहुनेमा गल्ती गरी दायर गरेको ठहर्छ अ.वं. वमोजिं खारेज गर्ने गरेकव मनासीव भंन्य स्मेत २००८।६।११ मा सप्तरी अपीलवाट फैसला गरेको रहेछ ।
यसै वादी प्रतेवादीको जाल्साजी अघीलो मुद्दामा अघिलो लेखत तैहार भै आजका मीतिमा जगार सो जाल्साजी मुद्दा स्मेत किनारा भयकोले यो मुद्दा खारेज गर्ने गरेको सप्तरी अपिलको ईन्साप मनासीव गरी ०६।६।१६ मा प्रधान न्यायालय दोश्रा फाटवाट फैसला गरेको रहेछ ।
मुनीलाल मरी मुद्दा सकार गर्ने राम चरितरको वारेस गणेश दीयका वींती पत्रमा भयका आदेस बमोजिं ऊजुरवालाको वारेस गणेश र नीजैहरूको अर्को जाल्साजी मुद्दामा स्मेत झीकाई आयको राय कर्ण स्मेत राणी बुझदा
मुनीलालले राम कर्ण स्मेत उपर दीयको जाल्साजी मुद्दा वाटै जाल्साजीको र राम कर्णले कुल चं उपर घर चलं चलाई पाऊ भंन्य मुद्दावाटै घर जगा लेखत जाल्साजीमा स्मेत फैसला भयकाले यो मुद्दा खारेज गर्ने गरेको मनासीवै हुदा दोहरायमा राम चरीतर के सुरुले दं गरेको नहुदा हाकिमका नाउमा कराउनेका ११ नं ले तजविजी कं रु १ दंड हुन्छ वारेस हुदा अैन सवालको रीत पुर्याई असुल गर्न अदालत तहसीलमा लगत दि मीसील मीसील फाटमा वुझाई दिनु ।
न्यायाधीस न्यायाधीस
इति सम्वत् २०१० साल जेष्ट २१ गते रोज ५ सुभं ।