निर्णय नं. ९८ - जग्गा अवाद
नेपाल प्रधान न्यायालय डिविंजन बेञ्च
अ नं ३१९
मुदा जगा
अपिलाट् का.इ.वमबाहाल जोरगणेसथान विपक्ष का. इ. वमबहाल बस्ने मिश्री साके भिछु बस्ने चंद्रमाया सुवाल्नी
मुदा जग्गा अवाद
इजलास
श्री माननिय न्यायाधिस भैरवराज पंतोपाध्या
श्री माननिय न्यायाधिस भगवतीप्रसाद सिंह बि. एस. बि.बि. एल
फैसला
यस्मा वमवहालको उत्तर देखि २८ फुट १ इञ्च लम्वा र पुर्व पस्चीं ५ फुट ९ इन्च चौडाइ भएको कित्ता १८ ऐ मा जोडिएको पुर्व पस्चीं लम्वा फुट १३ र उत्तर दक्षिण ७ फुट ४ इन्चको कित्ता १ समेत २ कित्ता जग्गा आवाद गर्न पाउ भंने मिश्रीको विंतीपत्र र ठाडो कागज रहेछ
मिश्रीले आवाद गर्न पाउ भनेको जग्गा मध्ये १ टुक्रा मेरो विर्ता र १ टुक्रा सर्कारी खाखुढल संदि सर्पन भंद्दे चंद्रमाया को उजुरी रहेछ ।
उजुर परेको पुर्व पस्चीं लम्वा फुट १३ भएको जग्गामा हक वेहकमा नालेस गर्नु भंने सुनाउने र उजुर नपरेको लम्वा फुट २८/१८ चौडाइ फुट ५/९ मध्ये ढललार्इ १ फुट ५ इन्च छाडी अरु अवाद गर्न पाउछ भनी अपिल पहिला फाट वाट ०८।१२।२५ गते माल्को पर्चा केही उल्टाइ फैसला गरेको रहेछ ।
सान् साना फुल विरुवा लगाउदा ढललाइ नोक्सान नपर्ने हुदा जम्मै आवाद गर्न पाउ भंने मिश्रीको अपिल रहेछ ।अपिलाट मिश्रीलाइ र चंद्र मायाको वा ना सु तिर्थराजलाइ राखी वुझ्दा ढल माथीको जग्गा अपिलाटको गराइ दिन मनासिव नपर्ने हुदा अपिल पहिला फाटवाट ०८ साल चैत्र २५ गते गरेको इन्साफ मनासिव ठहर्छ अपिलाट मिश्री के सुरुवाट डंड जरीवाना केहि नभएको र अपिलवाट मो रु १। डंड भएको हुदा हा.का. १० नं. का c} n] पहिला अपिल हुदा दसौद रु ।१० पैसा डंड हुन्छ रुजु हुदा तहसिलमा लगत दि मिसिल फाटमा वुझार्इ दिनु ।
न्यायाधिस न्यायाधिस
सम्वत् २०१० साल जेष्ट २२ गते रोज ५ ।