• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९९ - नक्सा पास नगरी पर्खाल बनायो

साल: २०१० महिना: जेष्ठ फैसला मिति :२०१०/०२/२२ २१०

अभिलेख दर्ता नं.९९/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.२४/२३९

 

नेपाल प्रधान् न्यायालय डिविजन बेञ्च

अ.नं.२३९

 


अपीलाट् का.ई. वमबाहाल जोरगणेसथान बस्ने मिश्री साके भिछु


विपक्ष का.ई वमबाहाल बस्ने भद्रमाया सुवाल्नी


 

मुद्दा नक्सा पास नगरी पर्खाल बनायो

 

इजलास

श्री माननिय न्यायाधिस भगवतीप्रसाद सिंह बि.एस.सि.बि.एल

श्री माननिय न्यायाधिस भैरवराज पंतोपाध्या

 

फैसला

यस्मा नक्सा पास नगरी प्रत्येवादी मिश्रीले सर्कारीया ढल मङ्गल सफा गर्न जाने वाटोमा पर्खाल वनायो स्व वम वाहाल हालेको सर्कारीया जगामा वनायेको पर्खाल भत्काई पाउ भंने चंद्रमायाको विंन्ती पत्र वयान रहेछ ।

स्व पर्खाल नया होइन वावुका पाला देखीको पुरानो रको र केही भत्केकोले वनाएको हु भंने मिश्रिको वयान रहेछ ।

नक्सा पास नगराई वनाएको पर्खाल भत्काई दिने ठहराई काठमाडौं नगर पंचाएतवाट फैसला गरेको २००८ साल आस्वीं ९ गते काठमाडौं नगर पंचाएत गोस्वारावाट मनासिव ठहरायको रहेछ ।

मैले अवाद गर्न पाउने भै वाहाली पाएको जगामा ढल नरोकीने गरी पर्खाल वनाएकोमा भत्काई दिने गरेकोले चित्त बुझेन भंने मिश्रीको अपिल रहेछ ।

नक्सा गर्न निमित्त झिकाई आएको चन्द्रमायाको वा. ना.सु. तिर्थराजलाई समेत राखी वुझ्दा नक्सा पास नगरी वनायको ढोका पर्खाल कार्ये हुन्छ भंन्न नहुने भएकोले गोस्वाराका फैसलामा लेखीएका वुदा प्रमाणवाट काठमाडौं नगर पंचायत गोस्वरावाट २००८ साल आस्वीं ९ गते गरेको इ्नसाफ मनासिव छ अपिलाट् मिश्री के सुरु दंड मोरु १ एकको हा का १० नं. ले सैकडा १० नं. मो रु ।१० दस पैसा दंड हुन्छ रुजु हुदा तहसिल्मा लगत दि मिसिल मिसिल फाटमा वुझाई दिनु ।

 

न्यायाधिस                             न्यायाधिस

सम्वत् २०१० साल जेष्ट २२ गते रोज ५ ।       

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..