• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४१२ - जगा बाली लुटपीट

साल: २०१२ महिना: श्रावण फैसला मिति :2011/04/20 १६६

 

नेपाल प्रधान न्यायालय डिभिजन वेञ्च

ठा.नं 168

मुद्दा जगा बाली लुटपीट

निवेदक प्रतेवादी पद्मनिधी हुमेगाइँ जैसी

विपक्ष रा.नारान प्रसाद श्रेष्ठ मरी सकार गर्ने चन्द्र प्रसाद श्रेष्ट

 

 

 

 

 

ईजलास

श्री माननीय न्यायाधिश प्र.मा.ने.ना.ले.ज.प्रकाश शम्सेर जं.बा.रा.

श्री माननीय न्यायाधिश भैरव राज पन्त पाध्या

फैसला

      यस्मा होलाडोल किपट खेत मुरी ।7।6।2 को जगा विष्णु प्रसादबाट रु 98।50 मा 02।9।26 गते राजीनामा गरी ली भोगेको सो खेतको 04 सालको धानवाली 04।6।15 गगते पद्मनिधधीले खेताला ल्याई लुटी लगेकाले किन लुट्यौ भनि स्वध्दा तिम्रो नाती विष्णु प्रसादले मलाई राजीनामा गरिदिएकोले वाली खायको हुँ भने लेखत दाखेल गरे दुवैलाई सजाय गरी लुटी लगेको धान मुरी 4। पराल भारी 8 को विगो रु 52। पद्मनिधीबाट भराई पाउ भन्ने रा.नारान प्रसादको वादी।

      वादीलाई राजीनामा गरीदिएको छैन यो वादीलाई मैले रु 40। तिर्नुपर्नेमा रुपैञा तीर्न नसकेको म वेरामी भएको भएको वखत आई तमसुकमा सै गरी देउ भने म अक्षर नजान्ने हुदा होला भनि सै गरीदियको हु प्र.पद्मनिधीलाई खेतबाट वा गरी रु 1251। मा राजीनामा दी निजले वाली खाये भन्ने रीसले उजुर गरेको भन्ने विष्णुप्रसाद, विष्णु कुमारले मसंग 3।11।16 मा रु 701। क्रजा ली वादीले दावी गरेको खेत र पाखा समेत भोग वंधकी दी ऐ 20 गते पास गरी दी मैले वाली लागाएको फेरी 04।3।19 मा रु 549। थप ली मोरु 1250। मा सोही जगा राजीनामा गरी 04। र ।10 गते पास गरी दिएको सो जगाको वाली मैले खायको उजुरी वमोजिम वाली लुटेको हैन भन्ने पद्मनिधीको समेत प्रतेवादी ।

     बुझिय सम्मबाट वादीको राजीनामा सद्दे प्रतेवादीको राजीनामा जालसाजी देखिदा वादीका 10 कर्मको वाली प्रतेवादीले लुटपीट गरेको ठहर्छ भनि 05।8।4 मा सुरु का.प.अदालतको फैसला ।

     सोही सदर गरी 07।8।30 मा अपिल तेश्रा फाटले र 08।12।18 मा प्रधान न्यायालय तेश्रा फाटले फैसला गरेको ।

     इनसाफमा चित्त बुझेन भन्ने प्रतेवादी पद्मनिधीको विन्तीपत्र परी 09।2।26 मा भएका आदेश र वादी नाराण प्रसाद मरी सकार गर्ने छोरा चन्द्र प्रसाद श्रेष्ठलाई झिकाई पेस गर्नु भन्ने 011।1।11 का डिभिजन वेञ्चका आदेश समेतबाट प्रमाणलाई आएको पद्मनिधीको र रा. वेद प्रसाद समेतको वाली लुटपीट मुद्दाको मिसिल र तारेकमा रहेका निवेदक पद्मनिधीको वा.कर्ण प्रसाद झीकाई आएका चन्द्र प्रसाद समेत राखी पेस हुन आएको बुझदा वादीबाट पेस भएको 02।9।26 को राजिनामा जालसाजी कृते भनि वयान दिन र सवुद गुजार्न समेत प्र.विष्णुप्रसादले नसकी प्रतेवादी दिय पछी तारेखै गुजारी बसेका झडगा परेको जगा वादी नारां प्रसादकै नाउमा दर्ता र तिरो रकम पनी वादीले नै गरेको पेस भएका रसद नकलबाट देखिनाले समेत इनसाफ सुरु अपिलको सदर गरी प्रधान न्यायालय तेश्रा फाटले छिनेको मुनासीव छ मुद्दा दोहर्‍यायमा हा.क.11 नं.वमोजिम निवेदक प्रतेवादी पुर्व 1 नं का.प.ई.काभ्रे ठुला गाउ बस्ने पद्मनिधी हुमेगाई जैसीके सुरु डण्ड मोरु 59।46 को दसौद मोरु 5।95 पाच रुपैञा पंचानव्य पैसा थप डण्ड हुन्छ वारेस हुदा असुल गर्न तहसिलमा लगत दी मिसिल मिसील फाटमा बुझाई दिनु ।

 

      

                                न्यायाधिश                      न्यायाधिश

 

इती सम्वत 2011 साल श्रावण 20 गते रोज 4 सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563