निर्णय नं. ४३९ - ..
नेपाल प्रधान न्ययालय फुल वेञ्च ईजलास श्री माननीय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एम.ए.वी.एल. श्री माननीय न्यायाधीस प्र.मा.ने.ता.ले.ज.प्रकास शम्सेर जं.वा.रा. माननीय न्यायाधीस भैरवराज पन्त उपाध्याय माननीय न्यायाधीस महेन्द्र बहादुर महत क्षेत्री माननीय न्यायाधीस भगवती प्रसाद सिंह राजपुत वी.एस.सी.वी.एल. आदेस येस्मा रोहवरमा रहेका वादी प्रतेवादीहरुलाई यो मीलापत्रको वेहोरा पढी वाची मतलव बुझाई सुनाउदा दुवैथरीले मंजुरी साथ स्हीछाप गरेका र हाजीर रहेका प्र.दामोदर वाहेक अरु प्रतेवादीहरुका हकमा यो मीलापत्रबाट हक वेहक हुने केही नदेखीयेकोले स्मेत ऐं सनद वमोजिं मोहरु 500। को झुक्याई राजीनामा गरायेछन कागज बदर गरीपाउ भन्ने वादी दावी भयेको मुद्दा हुँदा भरी भराउनु नपर्ने स्थीती रीतीमा घटी बढी पर्ने कुरा मात्र भै ठहरे साहु असामीका 54 नं का ऐंले तजवीजी मोरु 50। दण्ड हुने हुदा तेस्को सयेकडा 7। ले मोहरु 3।50 तिं रुपैञा पचास पैसाका दरले देहायेका ववादी प्रतेवादीलाई बक्सौनी लाग्छ असुल गर्न तहसीलमा लगत दीनु --------------------------------------------------- वादी क.पु.ई.मछेगाउ तौखेल बस्ने भानदास श्रेष्ठ के मोहरु -----3।50 प्रतेवादी का.ई.कालीमाटी -----बस्ने दामोदर उपाध्याय के मोहर---3।50
न्यायाधीस न्यायाधीस न्यायाधीस न्यायाधीस प्रधानन्यायाधीस इति सम्वत 2011 साल श्रावण 27 गते रोज 4 शुभम् ---------------------------------- |
लिखीतम हामी तपसील वमोजिंका दुई थर झगडीया आग्ये 99 साल वैसाख 7 गते प्र.मध्ये दामोदरसँग मोहरु 100। ली मछेनारान गुठीको मेरा हकको दलखा खेत मुरी 20। भोग बन्धक लेखी दीयेकोमा झुक्याई मोहरु 400। को 77।3।7।1 को मीती पारी राजीनामा गरायेछन सो जगाको वाली लुटे भनी प्र.दामोदरले छोरो गणेस बहादुर स्मेतका नाउमा नालीस दीदा राजीनामा गरी लीयेको जगा भन्ने लेखेकोबाट यै माघ 19 गते थाहा पायेकोले झुक्याई गरेको राजीनामा बदर गरीपाउँ भन्ने स्मेत म भानदासको वादी र वादीले मोहरु 400। म दामोदरबाट ली 77।3।7।1 मा खुसीराजीले राजीनामा गरि दीयेको हो झुक्याई गराये भन्ने वादी झुट्टा हो भन्ने स्मेत म दामोदर स्मेतको प्रतेवादी भयेको झुक्याई कागज गराये भन्ने मुद्दामा राजीनामा बदर गरी उजुर झुट्टा ठहराई रा.का.फौज्दारी अदालतले 05।12।28।1 मा गरेको फैसला ईन्साफ सदर गरी 6।10।2।1 मा अपील पैलाले र 07।8।29।5 मा प्रधान न्यायालय दोश्रा फाट्ले गरेका फैसला उपर म वादीको वीन्तीपत्रबाट ईन्साफ जाची प्रधान न्यायालयेमा दायेर भै आदेसले म प्रतेवादी स्मेत हामी दुवै थर तारीखमा रही झगडा गरी आयेको यो मुद्दामा अब झगडा नगरूँ अडा बक्साई मीलापत्र गरुँ भनी हामीहरुले घरसारमा मीली आयेको बेहोरा प्रतेवादीले राजीनामा भनेको दलखा भन्ने खेत माटो मुरी 20। मध्ये माटो मुरी ।10 दक्षीण तर्फ म वादीले ली, यो 11 सालको धानवाली प्रतेवादीले लगायेको हुँदा मेरो खण्डमा परेको खेत मुरी ।10 को तलसिंको तीरो धान मुरी 4।14।4 र आयेस्ता वापत मली धां मुरी 2।10 स्मेत ज्मा धान मुरी 7।4।4 सात मुरी चार पाथी चार माना प्रतेवादी दामोदरले मलाई मार्ग मैनामा दिने, अरु वाली सवै प्रतेवादीले खाने, आफ्नो आफ्नो भागको तलसिं आफु आफुले बुझाउने गरी बन्धकीलाई झुक्याई राजीनामा गराये भन्ने .....वादी दावी छाडी मीलनामा म वादीको र वादीले माटो मुरी ।10 दक्षीण तर्फ ली दावी छाडेकोले सो वमोजिं माटो मुरी ।10 वादीको हक गरी दीने गरी बाकी माटो मुरी ।10 उत्तर तर्फ म प्रतेवादीले लीने गरी वाली तीरोमा माथी लेखीये वमोजिं गर्ने गरी. मीलनामा म प्रतेवादी दामोदरको समेत चीत्त बुझेकोले यो वमोजिं जगा आधी आधी गरी मीलापत्र गरी पाउ भनी दरखास्त पेस गरी मंजुरी मान्य मीलापत्र लेखी प्रधान न्यायालयमा चढाञ्यू --------------------------------------------------------------------------------------
तपसील
वादी ल.पु.ई.मछेगाउ नौखेल बस्ने भानदास श्रेष्ठ -----------------------------1
प्रतेवादी का.ई.कालीमाटी नैपंफा बस्ने दामोदर उपाध्याय ---------------------1
इति सम्वत 2011 साल श्रावण 27 गते रोज 4 शुभम् -----------------------------------