• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४४१ - वाली लुटपिट

साल: २०११ महिना: श्रावण फैसला मिति :2011/04/28 ९०

 

नेपाल प्रधान न्यायालय सिंगल वेञ्च

फौ.नं.7

मुद्दा जगा वाली लुट् पिट्

वादी- ह.त्रीलोचं पाध्या स्मेत

प्रतेवादी- ह.कृष्ण बहादुर मगर स्मेत

 

 

 

 

इजलाश

श्री माननीय प्रधान न्यायाधीश हरि प्रसाद प्रधान एम.ए.वि.एल

फैसला

       येस्मा सर्कारीया तोप उदैपुर गडी लैजानुपर्ने मुखियाले रैतीलाई बोक्ने उर्दी दिय पछि बोक्ने कर छैन भनी पुर्जि च्याती कुट् पीट् गरेकाले सजाय गरी पाउ भंने स्मेत ह त्रीलोचं समेतको रपोट् रहेछ ।

      हामीले बोक्नुपर्ने वडा संम पुर्‍याय पछि रु ५ का दर्ले मागेको नदिएमा झुट्टा उजुर गरेका हुँ भंने समेत ह कृष्ण बहादुर समेतको वयान भयको रहेछ ।

      घुस मागे भंनेतर्फ अर्कै मुदा दायर भै उजुर झुट्टा ठहरी छीनीएको र पुर्जी च्यातेको टुक्रा दाखिल गर्न र कुट् पीट् गरे भनेको घा खत जाच गराउन नसकेकोले वडी वडा संम बोक्न रैतीले नमानेकोमा सजाए दिलाउन झुट्टा रपोट गरेको ठहर्छ जागीरले वेहीसाव गरेको देखीन आय जाहेर गर्नु भन्ने प्रमांगी भयकोले निकासा बक्से बमोजिं सजाए गर्ने ठहराई 2005 साल चैत्र 7 गते सींधुली गौडा, अदालतले जाहेर गरेको रहेछ ।

     सोही मनासीव गरी 2009।1।16 मा अपील पैला फाट्ले जाहेर गरेको रहेछ ।

     प्रमांगी बमोजिं साधकद्वारा पेश हुन आएको बुझ्दा पुर्जि च्याती दियको र कुट् पिट् गरेको भन्ने सवुद प्रमाण वादीहरुले दिन नसकेकोले ईन्साफ अपील पैला फाट्ले ठहराई जाहेर गरेको मनासीव झुट्टा रपोट दियमा देहाए वमोजिंको जरीवाना गर्नु तहसीलमा असुल गर्न लगत दी मीसील मीसील फाट्मा बुझाई दिनु ।

1।4 नं ह. त्रीचोलं पाध्या उदैपुर केउहेनी के मोरु वेरुजु ------5।

1।17 नं सी हरि बहादुर जीमी ऐ चुनाढुंगा के ऐ ---------5।

1।28 नं सी मान बहादुर मगर ऐ ऐ --------------------5।

1।39 नं सी बुद्धीमान जीमी ऐ ससने ऐ -----------------5।

1।38 नं सी भीं प्रसाद पाध्या ऐ. डहर ऐ ----------------5।

2।22 नं सी लेक बहादुर मगर ऐ चुनाढुंगा ऐ -----------5।

2।31 नं सी चक्र बहादुर मगर ऐ घ्यांपाथुंका ऐ ---------5।

 

 

                                                       प्रधान न्यायाधीश

                                        

 ईती संवत 2011 साल श्रावण 2८ गते रोज 5 सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563