• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४४२ - खर घास लुट्‌पिट्

साल: २०११ महिना: श्रावण फैसला मिति :2011/04/28 ९१

 

नेपाल प्रधान न्यायालय सिंगल वेञ्च

अ.नं.545

मुद्दा खर घास लुट्‌पिट्

अपिलाट वादी सल्याना रोल्पा नाउली गाउ बस्ने भद्रविर डागी छेत्रृ

विपक्ष प्रतेवादी ऐ ऐ जितावाङ् बस्ने बुधे भंने मु.टिकाराम घर्ति मगर समेत

 

 

 

 

 

इजलास

श्री माननीय न्यायाधिश भैरव राज पन्त पाध्या

फैसला

     यस्मा मेरो अंस भागको बख्रनि समेतका 4 कित्ता जगामा खर घास पालेको थीए अंन्यायवाला मु. हस्ते समेतले यो हाम्रो जितावाङ् पट्टीको जगा नाउलीतर्फ चोरी दर्ता गराएके लुट्नुपर्छ भनि 2002 भाद्र 4 देखि ऐ 12 गते तक खर घास लुटि लगे तेसको विगो 480। भराई जगा कायें गराई पाउ भन्ने समेत 02।8।5 को भद्रविरको फेरा रहेछ ।

     वादीको दाविको जगा समेत 71 सालको सनद बमोजिं वन पालीएको हो 74।84।96 मा समेत वादीको वाबुले चोरी दर्ता गराएछ र सनदले पालेको रुख जत्र तत्र काटेकोले निजको दर्ता कटाई सनद बमोजिं वनपाला कायें गराई पाउ भन्ने समेत हामीले वादीको वाबु समेतका नाउमा उजुर गरी कारवाई चलेको छ हामिले दावि वमोजिं लुटी लगेको छैन निजै वादीले काटि लगेको हो तेती खर खास पनि हुदैन भन्ने समेत मां बाहादुर समेत 2 जनाको 02।11।6 को प्रतेवादी रहेछ ।

     वादीको दावीको जगा नीजैको अंस भागको हो भन्ने समेत नरविर डागी समेतको 03।5।7 को वयान रहेछ ।

     वुझिए सम्मबाट झगडा परेको जगा आठ बार पैसा तीराको दर्ता जगा देखिएको सो जगा वादीको अंस भागको भएकै र सनद हुनु भंदा अगीको दर्तामा दर्ता वाहेक भंने सनदै र पछिको दर्तामा पनि वस्ति उजाड गरी सर्कारको आम्दानी कटाउन मुनासीव नपर्ने र लुटेको साछीले समेत बकेकोले लुटेकै ठहर्छ भन्ने समेत 03।5।12 को सल्याना अदालतको फैसला रहेछ ।

     वादीको दाविको जगा सनदकै किल्लाभित्र पर्न आएको र सनद हुनु भन्दा पछिको दर्ता हुनाले हाम्रो उजुरी समेत परेपछि दर्ता काटिनु नै पर्ने हो चीत्त बुझेन भन्ने समेत 03।8 को मु.टिकाराम भन्ने बुधे घर्तिको अपिल पत्र रहेछ ।

     झगडा परेको जगा वनपालाकै सनदको किल्लाभित्र परेको देखिनाले टिकाराम परविर समेतको पिर पिराउ मुद्दामा एही जगाको समेत लगत काटी जगा वन भै वादी प्रत्यवादीहरुको संधी काएम राखने ठहराई जाहेरी फैसला भएकोले दर्ताबाट जगा पाको भंने वादीको दावि  पुग्न नसकि लुट् पिट गरेको ठहर्दैन भन्ने समेत 04।2।10 को पाल्पा अपिल्को फैसला रहेछ ।

     पिर पिराउ मुद्दामा पाल्पा अपिल्ले सनद हुनुभन्दा पछिकै दर्ता ठहराए पनि सो मुद्दामा बाबुहरुको अपिल परी प्र.न्या.मा गैरहेकोले इन्साफ हुने भै यो मुद्दामा समेत लुटेकै ठहर्नेमा चीत्त बुझेन भन्ने समेत 04।7।11।2 को भद्रविरको अपिल रहेछ ।

      अपिलद्वारा पेस हुन आएको यो मुद्दामा अपिलाट भद्रविर डागि समेतलाई राखि बुझदा मुख्य झगडा परेको जगाको दर्ता काएमै रहने भै एसै मुद्दामा वादी प्रत्यवादीहरुको जिकिरमा लेखीएको तुल्सी घर्ति मगर समेतको र नरे डागी समेतको सनदले पालेको वन काटि जगा अवाद गर्‍यो भन्ने समेतको पिर पिराउ मुद्दा प्रधान न्यायाधिशज्यूबाट 09 साल आषाड 25 गतेमा आदेश भै छिनिएको येसै साथको प्रमाणको मिसिलबाट देखिएकोले सो जगाको दावी वमोजिंको खर घास लुटेको हैन कि भंनालाई मुख्य चार जना प्रतेवादी उपर वादीले नालेश गरेमा 2 जनाले प्रतेवादी नै नफिराएका 2 जनाले इन्कार गरे पनि सुरुले हराए पछि मान बाहादुरले अपिलै नगरी चीत्त बुझाई नै बसेको र यो टिकारामले अपिल गरी जीते पनि यस प्रधान न्यायालयबाट छलफलमा झिकाउदा हाजिर नभै बसेको देखिनाले दावी बमोजिं लुट् पिट गरेको रहेनछन भंन मुनासीव नपरी सुरुले गरेको इन्साफ मुनासीव भै पाल्पा अपिल्ले गल्ती गरेको ठहर्छ तपसिलको कलममा तपसिल वमोजिं गर्नु भनि सुरुमा पुर्जि गर्न अत. फौ मा लगत दि प्रमाणका मिसिल सहीतको यो मीसिल मिसिल फाट्मा बुझाई दिनु ।

 

 

 

तपसिल

सल्याना रोल्पा जितावाङ बस्ने प्रतेवादी देहाएका मानिसके माथी इन्साफ खंडमा लेखिए वमोजिं जगामा खिचोला गरी लुट् पिट गरे वापत जगा तर्फ ज.मि.22 नं ले डंड मोहरु ।48 र लुट् पिट तर्फ विगो रु 480। को लुट् पिटका 6 नं ले सैक्रा 25 ले डंड मोहरु 120 समेत ज्मा मोरु 120। डंड हुनेमा इन्साफ उल्टी हुदा सो डंड नलाग्ने भनि पाल्पा अपिल्का 04।2।10।6 का फै.ले सुरुको लगत काट्ने गरेकोमा सुरुकै इन्साफ सदर ठहरी पाल्पा अपिल्को इन्साफ उल्टी हुदा देहाए वमोजिं गर्नु भनि लगत दिने ----------------------------------------------------

मु.वुधे भंने टिकाराम घर्तिमगरके सुरु सल्याना अदालत उपर अपिल गर्दा डंड मोहरु 30।12 सल्याना अदालतमा 03।8।3।4 मा बुझाई अपिल गरेको देखिदा निजलाई फिर्ता गै नसकेको भए केही गर्न नपर्ने र फिर्ता गैसकेको भए लगत कसि असुल गर्ने मोहरु 30।12 को कलं---------------------------------------------------------

हस्ते घर्ति मगरके डंड मोहरु 30।12 असुल भैसकेको भए केही गर्न नपर्ने नभएको भ लगत कसी असुल गर्ने डंड मोहरु ------------------------------------------30।12

मान बाहादुर खत्री के ऐ ऐ -----------------------------------------------30।12

कटुवाल कुन्तो दमाञी के ऐ ऐ -------------------------------------------30।12

वादी भद्रविर डागीके जगा वाली जितेमा जगा तर्फ जमी 20 नं ले सलामि मोहरु 1। र वाली तर्फ लुट् पिटका 11 नं ले विगो रु 480। को सयकडा 1 ले रु 4।80 जीताउरी समेत ज्मा रु 5।80 लाग्नेमा 03।5।12।4 मा सल्याना अदालतमा बुझाइ सकेकोमा सो नलाग्ने भनि पाल्पा अपिल्ले निजलाई ज्मा डंड 73। गरेमा सो जिताउरी वापत असुल भएको रु 5।80 कटाई बाकी मोरु 67।20 लीने गरेको सो डंड 04।6।12  मा सुरु स.अ.मा बुझाई सकेको रसिद नक्कलबाट देखीदा सो अपिलबाट लीने गरेको डंड नलाग्ने भै निजले फिर्ता पाउने हुदा ऐंसवालको रित पुर्‍याई मोहरु 67।20 फिर्ता दिन भनि सल्याना अदालतमा पुर्जि गर्न लगत दिने कलं -------------

देहाएका मानीस के पाल्पा अपिलका 4।2।10।6 का फैसलाले लिने गरेको डंड जरीवाना जिताउरी ईन्साफ उल्टी भै नलाग्ने हुदा असल भए माथी लेखिएका कलंहरुमा मिल्न आउनेमा कट्टी गर्ने र नभए वेहोरा जनालई लगत काटी दीने ------------------

वादी भद्रवीर डागी के ज्मा डंड रु 73। मा जीताउरी रु 5।80 कटा बाकी रु 67।20 डंड लाग्छ भनेको कलं ------------------------------------------------

सल्याना अदालतका का.मु.वि.जीवराज पाध्या के जरीवाना रु ।70 को ऐ ऐ का वि.टंकनाथ पाध्या के रु ।30 को ऐ ---------------------------------------------

गल्ती इन्साफ गर्ने पाल्पा अपिलका देहाएका मानीसके हा.का.15 नं ले तजवीजी रु 1। जरीवाना हुन्छ देहाए वमोजिं गर्न भनी लगत दीने ----------------------------------

सु.म.हीकर देव नारायण के रु ।50 जरीवाना हुनेमा नीज मरीसकेकोले केही गर्न नपर्ने

अ ना सु. वेद प्रसाद धिताल प 2 नं गोरखा खरीबोट के रु --------------------।30

ना.डी. भवानी चरण जर्गा भ.पु.तौमणी के रु -----------------------------------।20

प्रतेवादी मान बाहादुर समेतबाट रु 480। वीगो भराउने गरेको सुरुको 03।5।12।4 को फैसला बमोजिंको लगत पाल्पा अपिलको 04।2।10।6 का फै ले कटाएको नदेखिदा सो सुरुको विगो भराउने लगत कायेमी नै देखिएकोले अर्को लगत दीन नपरी सुरु लगतबाटै ऐं वमोजिं विगो भरी भराउ गर्ने कलं ---------------------------------

 

                                                        न्यायाधिश

                                        

 इति सम्वत 2011 साल श्रावण 2८ गते रोज 5 सुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563