निर्णय नं. ४४४ - जगा वाली लुट्पिट
नेपाल प्रधान न्यायालय सिंगल वेञ्च
अ.नं.149
मुद्दा जगा वाली लुट्पिट
अपिलाट प्रतेवादी पु 3 नं.माझकिरात मौजे रावाडोर गौडा खोकमातेल बस्ने माहाजित राई 1 ऐ ऐ डारेगौडा बस्ने नर बाहादुर राई 1 समेत 2 |
विपक्ष वादी ऐ रावा डाङे गौडा थानागाउ घर भै धंकुटा हदमोनी छाउनि बस्ने ह.पदम बाहादुर राई |
इजलास
श्री माननीय न्यायाधिश भैरव राज पन्त पाध्या
फैसला
यस्मा आदेश बमोजिं अपिलाटहरुका नाउमा 7 दिने म्याद दिएकोमा सो म्याद 10।12।3 मा तामेल भै सो म्यादमा हाजीर हुन नसकेकोले 11 साल वैसाख 3 गतेमा हाजीर हुला भनी हुलाक द्वारा नीजहरुले गरेको अर्जि मिसिल सामेल रहेको र सो अर्जिको तारेखमा नीजहरु हाजीर भएको र थमाई ल्याएको स्मेत मिसिलबाट नदेखीनाले यो अपिल अ.वं.226 नं ले दायर रहन नसकी डीसमीश हुने हुदा डिसमीस गरीदीनु डीसमीस गराए वापत सुरु धंकुटा अपिलबाट नर बाहादुरलाई भएको डंड कंरु 14॥ र माहाजीतलाई भएको ऐ कंरु 1। को ईन्साफ सदर ठहरे हाका 10 नं ले सयकडा 10 ले नर बाहादुरलाई कंरु 1।3/॥ र माहाजीतलाई 2/ डंड हुनेमा डीसमीश हुदा अवं 228 नं ले सयकडा 5 ले नर बाहादुर राईलाई डंड कंरु /।।। र माहाजीतलाई डंड कंरु S। हुन्छ वेरुजु हुदा लगत असुल गर्न भनी सुरुमा पुर्जि गर्न अ.त.फौ.मा लगत दी मीसिल मिसील फाट्मा बुझाई दिनु।
न्यायाधिश
ईती सम्वत 2011 साल श्रावण 2८ गते रोज 5 सुभम्