निर्णय नं. ४४५ - जग्गा
नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च
अ.नं.1163
अपीलाट् वादी जील्लै बाके नेपालगंज कसगरटोल बस्ने जैनारां श्रेष्ट |
वीपक्ष प्रतेवादी जील्लै बाके नेपालगंज येकलैती बस्ने मंजुर अली साई स्मेत |
मुदा जगा
इजलास
श्री माननीय न्यायाधीस प्रदीप्त मान्यवर नेपाल तारा ले ज प्रकाश शम्सेर जङ्ग बहादुर राणा
फैसला
येस्मा नेपालगंज बजार अडा तालुकमा बनेका 309 नं देखी 313 नं तकको कोठी पिछुवार सवालले कोठीवालाले पाउने 10 हात देखी बढी जगा बेगर दर्ताले प्रतेवादीले भोगेकोले सो जगा र सो जगा देखी दखीं तर्फ पर्ती जगा भयेको 6 फुट कायें बाटो राखी बढी जगा 8 साल देखी पोत तीर्ने गरी दर्ता गर्न पाउ भन्ने स्मेत जैनारांको उजुरी कागज,
सो कोठीको अगुवार र पीछुवार स्मेत भयेजती दोकात घर आगन चर्पी स्मेत बनाइ सरकारी कोठीको जगा जती अघीदेखी भोग चलन गरी आयेको हु दपोट् हैन भन्ने स्मेत मंजुर अली स्मेतको वयां,
सो कोठीको दर्ता भन्दा बढी 9॥।3 धुर बढी जगा प्रतेवादीले भोग चलं गरी आयेको नापी नकसाबाट देखीयेको प्रतेवादीको सन्धी सर्पन् पर्ने जगा हुदा हाल अवादीमा वादीका नाउमा दर्ता हुने भनी ठहराउन नहुने हुदा 10 वर्षको वीटौरी ली भोगवालाकै नाउमा दर्ता गर्ने वा वादीका उजुरबाट बढ देखीन आयेकोले वादीलाइ हाल अवादी गर्न दीने स्मेत नीकासा भये बमोजीं गर्ने ठहराई 9।5।4 गते नेपालगंज बजार अडाले जाहेरी फैसला गरेको,
सो जगामा प्रतेवादीहरुले आफना तर्फबाट खर्च लगाई पका इटको देवाल उठाइ कबजा चलं गरी आयेको दर्ता सम्म नगराई भोग चलं गरेका कोठीकै पीछुवारको जगा हुदा ज.मी.का 4 नं ले दर्ता नगराये पनी प्रतेवादीको सन्धी सर्पन पर्ने जगा हुदा दावी वमोजीं हाल अवादीमा दर्ता हुन्छ भनी ठहराउन नहुने हुदा वर्ष 10 को वीटौरी ली भोगवालाकै नाउमा तीरो ठेकी दर्ता गर्ने ठहर्छ मुदती पर्तीतर्फ नापी मुचुल्काबाट सन्धी सर्पन् को देखीनाले हाल अवादी लायेक ठहर्दैन भनी 9।6।10 गते वाके वर्दीया गोस्वाराले फैसला गरेको,
सो इन्साफमा चीत्त बुझेन भन्ने जैनारां श्रेष्टको धरौटी अपील परेको यो मुदा बुझदा प्रतेवादीले अघी देखी सरकारी कोठी पीछुवारको हाल झगडा परेको बढ जगा स्मेत भोग चलं गरी चर्पी आगन गरी आयेको देखीन आयेको हुदा अरु गोस्वाराका फैसलामा लेखीयेका वुदा प्रमाण स्मेतबाट वर्ष 10 को वीटौरी ली बढी जगा भोग वाला प्रतेवादीका नाउमा दर्ता गर्ने ठहरायेको इन्साफ बाके वर्दीया गोस्वाराको मनासीव छ इन्साफ पारी छीन्ने हाकीं उपर अपील गरेमा अपीलाट् नेपालगंज कसगरटोल बस्ने जैनारां श्रेष्टके सुरु डण्ड कंरु 1 को हाकींका नाउमा कराउनेका 10 नं का ऐनले सैकडा 10 ले कंरु /॥2 डण्ड हुन्छ सो डण्ड तारेषमा बस्न नपर्ने गरी 9।9।11 गते बाके बर्दीया गोस्वारामा धरोट राखेको मीसीलबाट देखीदा सदरस्याहा गर्न सो गोस्वारालाई लेखी पठाउनु भनी तहसीलमा लगत दी मुदा छीनीयेको जनाउ अपीलाट् जैनारांलाइ दी मीसील प्रधान न्यायालय मीसील फाट्मा बुझाई दीनु ।
न्यायाधीस
इती सम्वत् 2011 साल श्रावण ८ गते रोज ६ सुभ्म्