निर्णय नं. १६ - वन काट्यो भंने
प्रधान न्यायालय डिभीजं बेञ्च
दा.नं.
अपिलाट:- वादि त्वाँगे तामाङ् ची.इ. अमजीं गाऊ
विपक्ष प्रतिवादि सन्तबहादूर तामाङ
कृष्ने कामी
ऐ.ऐ.
मुदा : वन काट्यो भंने
इजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए. बि.एल
श्रीमाननीय न्यायाधीश प्रदिप्तमान्यवर नेपालतारा ले.ज. प्रकाशशम्सेर जङ्गबहादूर राणा
फैसला
मेरो मे. बन्दीभित्रको जगा मिची सरकारले लगाएको १० जातको रुख काटि प्रतिवादीहरुले बेचने गरेकोले सजाए गरिपाऊं भन्ने ब्यहोराको वादिले दिएको हौं मा आफ्नो हक भोगको जगा भए मौकैमा निस्सा प्रमाणसाथ मालमा उजूर गरि ऐनसवालबमोजिं नालेस गरी हकबेहक गराइ लिनूपर्ने हुनाले सोहि कुरा सुनाइदिइ १० जातभीत्रको लकडी काट्यो भंने हकमा जो गर्नूपर्ने ऐन सवाल सनदबमोजिं गर्नू गर्न लाउनू भंने ०५।३।२६।६ को चिठि जाहेरी निक्सारीको प्रमांगीबमोजिं प्रतिवादि २ जनाले साल सल्लासमेत १०˟१३ जातभीत्रको २˟३ फुटे १५˟१६ रुख काटि बेचेकाले सजाय गरिपाऊँ भंने वादि बयान रहेछ।
हामीहरुले रुख काटेका छैनौं रिसइबी परेबाट झुट्टा उजूर गरेको हो भंने दुवै जना प्रतिवादीहरुको बयान रहेछ।
पहिले प्रतिवादिहरुले जिकिर नगरेको कुरा बाटोकाजमा आएको ब्यारेकले काटेको भनी सरजमिंहरुले झुट्टा मूचुल्का गरेकाले प्रतिवादिहरुले नै रुख काटेकोले बीगो र डंड गरी मो रु. ६१४। का दर्ले लागने ठहर्छ भंने चीसापानी अदालतको ०६।३।३ को फैस्ला रहेछ।
सरजमिंको लेखाइबाट प्रतीवादिहरुले रुख काटेको नदेखिएको। प्रतिवादीहरुले रुख काटेको सबुद पनी वादिले केहि दिन नसकेकोले प्रतिवादिहरुले रुख काटेको ठहर्दैन सुरुले गल्ती इनसाफ
गरेको ठहर्छ भंने अपिल दोश्रा फाट्को ०६।१२।१७ को फैस्ला रहेछ।
अपिल दोश्रा फाट्को इनसाफ मनासिब भंने प्रधान न्यायालय चौथा फाट्को ०७।५।१६।६ को फैस्ला रहेछ।
प्रधान न्यायालय चौथा फाट्को इनसाफमा चित्त बुझेन मूदा दोहोराइ पाऊं भनी अपिलाटले दिएको बिंतिपत्रमा ०७ सालमा छिनीएको रहेछ भने साबिक सदर मामिला निक्सारीबाट यो मूदाको मिसिल झिकि इन्साफ जाँची ऐनसवालबमोजिं गर्नू भंने ०८।७।६।३ को आदेश रहेछ।
अपिलाट त्वागे तामाङ्लाई राखि मिसिल हेरी बुझ्दा अरु नै रिसइबीबाट झुट्टा उजूर गरेको भंने प्रतिवादीको जिकिर भएको। सरजमिं बुझिंदा रुख काटिएको ठुटाहरु देखिएकोमा प्रतिवादिहरुले काटेको हैन बाटोकाजमा आएका व्यारेकले काटेको हो भनी किटानीसाथ लेखिदिएकोस्मेतबाट प्रधान न्यायालय चौथा फाटले गरेको इनसाफ मनासिब ठहर्छ।
मुदा दोहोराएको वादि त्वागे तामाङ्लाई सुरु डंड मोरु ६१।४० को हा.क. ११ नम्बरको ऐनबमोजिं सैक्रा १० ले मोरु ६।१४ डंड लागनेमा वादिले आफ्नो कुनै फाएदाको निमित्त उजूर गरेको नभै सरकारको जङ्गल नोक्सान भयो भनी उजूर गरेकोले अब डंड गर्नूपर्दैन।
प्रकाशशम्सेर हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
इती सम्वत २००९ साल माघ १० गते रोज ६ सुभम्