• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४४७ - बेहीसाव

साल: २०११ महिना: श्रावण फैसला मिति :2011/04/28 ८९

 

नेपाल प्रधान न्यायालय सिंगल वेञ्च

फौ.अ.नं. 255

मुदा बेहीसाव

अपीलाट्- सल्यान गुर्माकोट् गाउ बस्ने डंवर बाहादुर साहा. गणेश बाहादुर साहा

विपक्ष- मान बाहादुर रोका स्मेत

 

 

 

 

 

इजलाश

श्री माननीय न्यायाधीश प्रदीप्त मान्येवर नेपाल तारा ले.ज.प्रकाश शम्सेर जङ्ग बहादुर राणा

फैसला

     येस्मा तालुक सिंगवीर खारेज भयकोले दाम काम गर्नलाई हामीले वाहाली पायकोमा त.नाडी नारायण भक्तले अडर गरी नीजका अडर मुतावीक धाक रवाफ लगाई मान बहादुरले रैतीबाट रैतीबाट तीरो बुझी रसीद दीन ना.डी.नारायण भक्तले धरौटीमा आम्दानी बाधेकोले तालुक नभयकोमा तालुक हुने भयेको छु भनेमा र धरौटीमा रुपैञा आंदानी बाधेमा स्मेत सजाय गरीपाउ भंन्ये स्मेत वादीको उजुरी वयान रहेछ ।

     सर्कारले असुल गर्नुपर्ने तीरो बुझाउन ल्यायकोले धरौटीमा आंदानी बाधेको हुँ उजुर झुट्टा हो भंन्ये स्मेत त.ना.डी.नारायण भक्तको रपोट् र तालुकदारी पाउ भंन्ये दरखास्त दिएको छु रैतीले रुपैञा बुझाई दिनुपर्‍यो भनेकोले बुझी रसीद दी अडामा दाखील गरेको हुँ भंन्ये स्मेत मान बहादुरको वयान रहेछ ।

     बुझिए संमका प्रमाण तालुकदार हुने भयको भनी रसीद गरीदिन नहुने दियमा रु 10 मान बहादुरलाई डंड गर्ने र धरौटी स्याहामा रुपैञा आम्दानी बाधीएकोले कारवाई लाईरहेको देखीएको नाडी नारायण भक्तले सीकाएको भंन्ये स्मेत वादीले झुट्टै उजुर गरेको ठहर्छ भनी 2010 साल आषाड 20 गते सल्यान अपीलले फैसला गरेको रहेछ ।

    वादीहरुको अपील परि पेस हुन आयको बुझदा मान बहादुरले दाखील गरेको तीरो धरौटी स्याहामा आम्दानी बाधीएको भंन्ये देखीएको र दीन नहुने रसीद टिपं गरी दियमा मान बहादुरलाई सजाए अपील्ले गरेको देखीनाले स्मेत ईन्साफ सल्यान अपीलको मनासीव अपील गरेमा डंवर बहादुर साहा, गणेश बहादुर साहालाई सुरु डंड मोरु 5। को हाकींका नाउमा कराउनेका 10 नं.ले सैक्रा 10 ले मोरु ।50 डंड हुनेमा नीजहरुले अपील गर्दा 2010।5।28 मा सल्यां अपील्मा धरौट् राखेको देखीनाले सदरस्याहा गर्नु भनी पुर्जि गर्न तहसील्मा लगत दि अपीलाट्हरुलाई फैसला भयको जनाउ दिन स्मेत मीसील सल्याना अपील्मा पठाउन मीसील फाट्मा बुझाई दिनु ।

 

 

                                                          न्यायाधीश

 ईती संवत 2011 साल श्रावण 2८ गते रोज 5 सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563