• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४४८ - जालसाजी

साल: २०११ महिना: श्रावण फैसला मिति :2011/04/28 ८९

 

 

नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च

सानं 208

भर्पाई जालसजी

वादी पालपा ईलाका जीलै अर्घा मौजे बाजी गुरासे बस्ने रामलाल वागले

प्रतेवादी पालपा ईलाका जीला धुर्कोट रजस्वल वाशखर्क बस्ने चुरी जैस्यानीस्मेत

 

 

 

 

 

इजलास

श्री माननीय प्रधां न्यायाधीश हरी प्रसाद प्रधां एम.ए.वी.यल.

आदेस

     यस्मा साधकद्वारा जाहेर गरेको येस मुद्दामा पुर्णकलाले 1।12।22 मा देवानंद लालमतीलाई राजीनामा गरी दीयेको जगा हकसपा गरी पाउ भनी मैले नालेस दीयेकोमा मलाई हकसफा गगर्न दीन हुनदैन भनी हक सफा गर्ने म्याद खतं भैसकेकोले घरसारमा चीत्रकलाको र लालमतीको हक छाडी रुपैञा चुरीबाट लीञे भंने जालसाजी भरपाई गराई पास गरीपाउ भनी नालेस गरेको थाहा पायेकाले अघीको मीती पारी जालसाज गरेको भरपाई बदर गरीपाउ भंने वादी म माईत गयेका वखत सासुले बिकृ गरी दीयेकोमा जगा रीन गरी नीखनेकी हुँ जालसाजी गरेको छैन भंने स्मत चुरीको प्रतेवादी भयेकोमा जालसाज गरेको ठहर्दैन भनी पालपा अदालतले जाहेर नगरी अडा फैसला गरेकोमा हकदार बुहारीले थैली तीरी नीखंने कुरामा जालसाज गरेको ठहर्दैन हकसफा तर्फ पनी सुरुले जाहेर गरेको मुनासीव भनी जाहेर गरेको मीसील पेस भयो सुरु अदालतले अडा फैसला गरेकोमा सो कुराको वीचारै नराखी हकसफा तर्फ पनी सुरुले जाहेर गरेको भनी जाहेर गर्नै नपर्ने कुरामा लापरवाहीसंग जाहेरी फैसला गरेको ठहर्छ अव आईन्दा यस्तो हुन नपावस भनी नसीहद दी ऐं सवाल वमोजीं गर्नु भनी मीसील पालपा अपीलमा पठाई दीनु ।

 

                                                          प्रधां न्यायाधीस                                        

 इती सम्वत 2011 साल श्रावण 2८ गते रोज 5 सुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563