• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४४९ - दौडा वेहीसाव

साल: २०११ महिना: श्रावण फैसला मिति :2011/04/28 १४४

 

नेपाल प्रधान न्यायालय सिंगल वेञ्च

ठा नं

मुद्दा दौडा वेहीसाव

वादी पूर्व 3 नम्बर इलाका चीसंखु सल्यां गाउ बस्ने जी.मु.धोकल सिं खत्रि क्षेत्री

पुर्व 3 नम्बर ईलाका सल्यान गाउ बस्ने भवनाथ उपाध्याय १

ऐ ऐ बस्ने अर्जन उपाध्याय १

ऐ ...........बस्ने कटक बहादुर कार्की क्षेत्री -----------------------------

 

 

 

 

 

 

 

इजलास

श्री माननीय प्रधान न्यायाधीश हरि प्रसाद प्रधां एम.ए.वि.यल.

फैसला

     नरनाथले मसंग मोरु 30। कर्जा लि निजका हकको धानको व्यू ।2 जाने टारी भन्ने खेत राजीनामा गरी दियेको नीजको भाई भवनाथको उजुर छ भनि मेरो सो मोरु 30। को भरपाई गराई भवनाथलाई दीये वदर गरी पाउ कटक बहादुरसंग मोरु 240। मा सल्ल्यान खेत वारी राजीनामा गराई लियेको सो जगा निजको भाई राम बहादुरसंग खरीद गरि लियेको छु भन्ने अगंलाल अनंतको उजुर छ भनि पक्री कटक बहादुरसंग मोरु 240। बुझी लिञे भंन्ये मेरो भरपाई गराइ अगंलाल अनन्तलाइ दीयेकोले सो भरपाइ बदर होस, मेरो सल्यानको पाखा जगा अनन्तले कमाई 97।98 साल्को वाली बाकी राखेकोमा अनन्तको उजुर छ भनि वाली बुझेको भरपाई गरायेकोले बदर हो भंन्ये स्मेत वादी ।

     हाम्रो टारी भन्ने खेत हुदै नभयेकोले राजीनामा गरी दीयेको र भरपाइ गराई लीयेको समेत छैन भन्ने समेतत भवनाथको वयान ।

     मेरो सल्यानको खेतवारी वादीलाई राजीनामा दिदा रुपैञा नदि 240। को तमसुक लेखिदियेको पाखा सेतुलाइ र खेत अगंलाललाइ दीयेछ सो 240। रुपैञा सेतुसंग लीनु भनि तमसुक फट्टा गरी लगतपछि सेतुबाट भाई राम बहादुरले रुपैञा लीयेको हो वादीको भरपाई गरायेको छैन भंन्ये स्मेत कटक बहादुरको वयान ।

     पाखा घरवारी वादीले केहि साल वावु सेतुलाई ठेक्कामा दीयेपछि राजीनामा गरी दीयेपछि तीरो भरो दर्ता भोग गरी आयेको छु, खेतको हकमा कटक बहादुर राम बहादुरको हकै नभयेकोले भरपाइ लीये दीयेको छैन पाखा राजीनामै गराइ ली सकेकोले वालीको भरपाइ गराई लीयेको होइन भंन्ये समेत अनन्तको वयान ।

      अरु दफाको हकमा अघी नै टुंगो लागी सकेको वादी दावीको 7X12X14 दफाका हकमा भवनाथ तर्फ भरपाइ गरायेको सवुत दीन नसकेको जगामा खीचोला परे उजुर गरेको वखत ठहरे वमोजीं हुने अरु तर्फ बुझीयेका साछी सरजमींबाट भरपाइ गरायेको भंन्ये कुराको सवुद नदेखियेकोले प्रतेवादी उपर वादीको झुट्टै उजुर गरेको ठहर्छ प्रमांगी वमोजीं जाहेर गरेका छौ भंन्ये स्मेत प्रधान न्यायालय पैलाको फैसला ।

      यस्मा प्रमांगी वमोजीं जाहेर हुन आयेको यो मुद्दा पेस हुदा भरपाइ गराई दीये भन्ने कुराको सवुद वादीले गुजार्नै नसकी वादीको वारेस लाल बहादुरले तारेखै गुजारी बसेको देखियेकोले प्रधान न्यायालय पैलाले ठहराइ जाहेर गरेको इन्साफ मुनासीव छ प्रधान न्यायालय पैलाका 08।3।19 गतेका जाहेरी फैसला बमोजींको लगत दी मीसील मीसील वीभागमा बुझाइ दीनू ।

 

                                                          प्रधान न्यायाधीश                                        

 इति सम्वत् 2011 साल श्रावण 2८ गते रोज 5 शुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..