• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४५१ - जारी चोरी मुद्दाको प्र. गजलबहादुरलाई थुनेन भंने

साल: २०११ महिना: श्रावण फैसला मिति :2011/04/29 १२७

अभिलेख दर्ता नं ४५१

२०११ सालको मि.नं ५१४/६८

नेपाल प्रधान न्यायालय डीभीजं बेंच

अ.नं.६८

मुद्दा: जारी चोरी मुद्दाको प्र. गजलबहादुरलाई थुनेन भंने

 


अपीलाट्- जुंला अदालतका डी. सीवराज पन्त पाध्या ---------------------------

विपछी –पुर्णबाहादुर गजबाहादुरस्मेतको जारी चोरी मुद्दामा थुंनुपर्ने गजबाहादुरलाई नथुनेमा डी सीवराजलाई सजाए गर्न सल्यां


                 अपीलले जाहेर गरेको

ईजलास

श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधां एम ए बी.एल

श्री माननीय न्यायाधीश प्रमा नेता लेज प्रकाश सम्सेर जंङ्गबहादुर राणा

फैसला

एस्मा धनमल साहीकी छोरी तुलसाको र प्रेमबहादुर सींको धनमाल मुद्दा तुलसाले जीतेपछी नीज तुलसालाइ ४ साल्मार्गमा मैले वीहा गरेकी स्वास्नी तुलसा जेष्ट १३ गते राती गजबहादुरसंग पाईल गए लगेछ गजबाहादुरलाई मुडी जात पतीत गर्न पाऊ चोरी लगेको गहनाको वीगो मोरु ६३८। स्मेत भराई लमीस्मेतलाई सजाय गरी पाऊ भन्‍ने स्मेत बादी पुर्णबहादुर सींको फेराद रहेछ ।

     ३ साल वैसाषमा म तुलसाको म गजबाहादुरसंग बीहा भएको हो बादीसंग बीहा भयेकै नहुदा वादीको स्वास्नी हैन भंनेस्मेत गजबाहादुर र तुलसास्मेत १२ जनाको यौटै प्रतेबादी रहेछ।

     बुझीयाका प्रमाण परीबंदबाट तुलसा बादीकै स्वास्नी ठहर्छ लमी भै अरु प्रतेबादीले पाईल लगाई दिएको ठहर्दैन गहना तर्फ बादीको एकाघरको बाबु जीबीतै भंने मीसीलबाट देखीएकोले हक पुग्ने बाबुको ऊजुर परेमा ठहरे बमोजीं हुने भंनेस्मेत जंला अदालतका डी सीवराजको फैसला ९।२।६ को रहेछ ।

     बादीको प्रोहीतले बीहा भएको होईन भनेबाट बादीको बीबाहीता स्वास्नी भंने नदेषीने भंनेस्मेत गजवहादुर तुलसाको अपील रहेछ ।

     ईन्साफ जंला अदालतको मुनासीव छ साधकतर्फ अवं २३२ नं र अखत्यारी आदेसबाट अडैबाट सदर फैसला गरी अ.वं. २५४ नं ले थुंनुपर्ने प्र गजबाहादुरलाइ थुनामा नराषी तारेखमा छाडने जुंला अदालतका डी सीवराज पंतके अवं १६१ नं बमोजीं सजाए गर्ने ठहराई जाहेर गरेको छु भंने सल्यां अपीलका सु लोकजं बहादुर साहको ९।१०।६।२ को फैसला रहेछ ।

     पछी सुरु इन्साफ सदर रहेको सुचना आएपछी प्र गजबाहादुरलाई पक्राऊ गरी ९।१२।२४ देखि थुनामा राखेकोमा पैल्होनै थुनामा नराषेको भनी सजाए गर्ने गरेको वदर गरी पाऊ भंनेस्मेत डी सीवराज पन्तको अपील रहेछ ।

     डीभीजं बेंचमा पेस गर्नु भंने ११।४।११।२ को आदेस बमोजीं पेस हुन आएको बुझदा जारी चोरी मुद्दातर्फ सल्यां अपीलबाटै अडैबाट सदर फैसला गरेको भंने स्व सल्यां अपिल्का फैसलाबाट देखिएकोले तेस्तर्फ केही बीचार गरी रहनु नपरी थुंनु पर्ने मानीस नथुनेको भंने तर्फका डी. सीबराजको अपिल पर्न आएतर्फ बीचार गरी हेरेमा पैले देषीनै प्र गजबाहादुरलाई थुंनुपर्नेमा नथुनी अपीलबाट ईन्साफ सदर भएपछी मात्र ९।१२।२४ देषी थुनेको देषीनाले अैं छाडी को गरेमा अवं २८९ नं ले नीज जंला अदालतका डी सीवराज पंत पाध्या ३ नं तन्हौ चीसापानी घर हाल स्वही अडामा बाहाल हुदाके रु ।७ सात पैसा जरीवाना गरी आईन्दा यस्तो हुन नपावस भनी नीज डी सीवराजलाई नसीहद दीन स्मेत यो मीसील जंला अदालतमा पठाऊन सल्यां अपील्मा पठाई दीनु ।  

 

 

     प्रकाशशम्सेर                       हरिप्रसाद

     न्यायाधीश                         प्रधां न्यायाधीश

इति सम्वत् २०११ साल श्रावण २९ गते  रोज ६ सुभं -----------------------------------

 

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..