निर्णय नं. ४५२ - कूतबाली
अभिलेख दर्ता नं. ४५२
२०११ सालको मि.नं २०६/१६१८
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ.नं.१६१८
का.पं.ई.पनौती पमाडीटोल बस्ने बिस्नुमाया श्रेष्टनी वादी अपिलाट्
ऐ ऐ थेलाछीटोल बस्ने तुई तमोट् १
ऐ ऐ बस्ने लालसिं सेअला १
मुद्दा: कूतबाली
ईजलास
श्री माननीय न्यायाधीस भैरवराज पन्त उपाध्याय
फैसला
येस्मा अपिल पैलाउपर अपिल परी पेस हुन आयेको यो मुद्दामा अपिलाट् बीस्नुमायाले २०११ साल आखाड ४ गतेको तारेख तेश्रा पटकको पारी गुजारेको थमाई ल्यायेको नदेखीयेकोले अ.बं.२२६ नं ले डीसमीस हुन्छ अपिलकै इन्साफ सदर भयेमा सुरु दण्ड २७।३० को दोश्रा अपिल हुदा सयेकडा ५ ले हाका १० नं ले रु १।३६।२ डण्ड हुनेमा डीसमीस गरायेबापत अ.बं २२८ नं ले सयकडा ५ ले रु.।७ सात पैसा डण्ड हुन्छ रुजू नहुदा अैंबमोजिं असुल गर्नू भनी तहसिलमा लगत दी मीसील मिसील फाट्मा बुझाईदीनू ।
भैरवराज पंत
न्यायाधीस
ईति सम्वत् २०११ साल श्रावण २९ गते रोज ६ सुभं