निर्णय नं. ४५३ - जगा कृर्ते
अभिलेख दर्ता नं ४५३
२०११ सालको मि.नं ३४६/१०४९
नेपाल प्रधान न्यायालय डिभीजन बेंच
मुद्दा नम्बर १०४६
निवेदक माधव प्रशाद उपाध्यास्मेत सप्तरी प्रगंना धंछवार मौजे सीप्रा वीर्ता वस्ने प्रतेवादी
विपछि सुरैत राउत ग्वार प्रगंना धं छवार मौजे तुल्सीपुर वस्ने वादी
मुद्दा: जगा कृर्ते
इजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरीप्रशाद प्रधान एम ए बि एल
श्री माननीय न्यायाधीस प्रदीप्त मानेवर नेपाल तारा ले.ज. प्रकाश सम्सेर जंबारा ।
फैसला
येस्मा सकली ग्वार्नीले मबाट कंरु ८०१ ली नीज्का भोग चलनको सीप्रा बीर्ताका जमीन कठ्ठा ।।।४ साल २००५।४।४ मा रजीष्टेसं पास गरी दियकाले दाखेल दर्ता गरी दिनु भनी प्रतेबादी जीमीदार पटबारीका नाउमा रजीष्टेसंबाट पुर्जी स्मेत गरी दियाकोले जगा दर्ता गरी दिनुस भंदा आलटाल गरी गरी नदीयकाले मालमा दर्खास्त दिदा गरी दिनु भनंने पुर्जी गरायमा प्रतेबादीहरुले दाता सकली २००५ साल भाद्र मैन्हामा मरेकी मानीसको सही छाप जालसाजी खडा गरी २००५।३।१७ मा स्व पुर्जीमा लेखीयको ३३३ नं को जगास्मेत सकलीले माधवप्रशादका नाउमा १ नं फारांमा दाखेल दर्ता गरी दियकाले सुरैतका नाउमा दर्ता गर्न वाधापर्यो भनी रीपोट गरेकाले २००५।९।२ गतेमा मैले थाहा पायषकाले नालेस गरेको छु स्व लीखत बमोजींको जगा मेरै नाउमा दाखेल दर्ता गरी पाउ भंनेस्मेत २००५।ऽ९।३ को फेराद।
बादीका दाबी बमोजींको जगा रजीष्टें गरी ली ०५ साल श्रावण ४ गते दर्ता गरी दिनु भंने पुर्जी बुझायकोस्मेत छैन सीपाहीले पुर्जी बुझायकाले श्रेस्ता हेर्दा बादीले दाबी गरेको जगा वीगाहा ।।।४ र तेस देखी बढी नं ३०२ को बीगाहा ।२.४ स्मेत जम्मा बीगाहा १।१.४ साल २००४ माघ १७ देखि ०५ साल जेष्ट ३१ गते सम्ममा पटक पटक घरसारमा रुपैञा बुझि ली म माधव प्रशाद नाबालख हुनाले आमाको दाइजो पेवाको रुपैञा हुदा मेरा नाउबाट बाबु गोवींदप्रशादले सकलीबाट राजीनामा गरी ली स्वहि २००५ साल आखाड १७ गतेमा हामी जीमीदारी पटवारी भयमा आई मैले आफु जगाको मोल कंरु ६२१ ली लेखीयाका कित्ता २ को जगा बीगाहा १।१.४ घरसारमा सुक्रीबीक्री गरी दियकाले दाखेल दर्ता गरी दिनु भनी भंन आयकाले दर्ता गरी दीयको हो भंनेस्मेत ०५।१०।२५ को गोबींदप्रशादस्मेतको प्रतेबादी परेको।
सकलीले गरी दियको भनी प्रतेबादी गोवींदप्रशादले पेश गरेको कागज कृर्ते गरी दाखेल गरेको भंनेस्मेत ०६।२।३ को सुरैत राउतको वयान ।
हामीले दाखेल गरेको लिखतहरु कृर्ते गरी दाखेल गरेको हैन सद्दे साँचो बेवहारबाट भय गरेको हो भन्नेस्मेत ०६।२।१८ को गोविंदप्रशादको बयां भयको ।
माधवप्रशादले सकलीसंग गराई लीयको कागज सद्देहो कृर्ते जालसाजी हैन भंनेस्मेत ०६।८।१० को भालुमाजीको बयां भयपछि ।
प्रतेवादीहरुले लीखत कृर्ते गरी दाखेल गरेको नभै सदे देखीन आयकोले जगा पाउ भनी बादीले झुठ्ठा उजुर गरेको ठहराई सीराहा अमीनीले ०६।८।११ मा फैसला गरेको ।
बादीको पाश भयको लिखत भंदा अघीको मितीपारी पछि प्रतेबादीले जालसाजबाट लीखत खडा गरेको ठहराइ ०७।२।३० मा सप्तरी अपिलबाट फैसला गरेकोमा ।
स्वहि इन्साफ सदर गरी प्रधान न्यायालय तेश्राबाट ०९।७।१८ मा फैसला गरेपछि स्व इन्साफमा चीत्त बुझेन दोहराई इन्साफ जाँची पाउ भनी गोवींदप्रशादले दिपकको नीवेदनमा बेहोरा साँचो भया यो मुद्दाको मिसील झिकी हेरी जाहेर गर्नु भंने आदेश बमोजीं झिकाई आयको मिसील हाजीर रहेका गोवींदप्रशादलाई राखी बुझदा प्रतेबादी माधवप्रशादले सकली ग्वार्नीसंग २००४ साल माघ १७ गते देखी ०५ साल जेष्ट ३१ गते सम्ममा जगा खरीद गरी आखीर ०५ साल आखाड १७ गते मात्र पैले देखी खरीद गरेको जगाकोस्मेत दाखेल खारेज गरेको पटक पटकको लिखतमा लीखत बमोजीं पटक पटक दर्ता भयको पनी नदेखियको र घरसारको लीखत देखीयकोमा पनी माष्टरलाइ जचाउदा प्रतेबादीले दाखेल पेश गरेको लीखतमा लागेको स्हीछाप नबुझ्ने भनी लेखी दियको हुनाले तेस्तो स्हीछाप प्रष्ट नबुझीने लीखत अैंले प्रमाण नलाग्ने सो लीखत सद्दे कृर्तेमा सुनाई प्रतेवादीहरुलाई जाल्साजीमा सजाञे गर्ने गरेको सप्तरी अपिल प्रधान न्यायालय तेश्रा फाँट सीराहा अमीनीस्मेतको गल्ती बादीलेरजीष्टेसं पाश गराई लीयको पक्का ठहर्ने हुनाले सो बमोजीं बादीका नाउमा दर्ता गर्ने गरेकोस्मेत अरु सप्तरी अपिल्का फैसलामा लेखियका बुंदा प्रमाणबाट इन्साफ मुनासीब ठहरायको प्रधान न्यायालय तेश्रा फाँटको मुनासीब छ सुनाउनु नपर्ने कागज सुनायमा अब आयन्दा यस्तो हुन नपाबस भनी नसीहद दीनु अरु तपसिलमा लेखीयका मानीसहरुलाइ तपसील बमोजीं गर्ने गरी लगत दि मिसील फाँटमा बुझाइ दीनु ।
तपसील
प्रतेबादी सप्र धंछवार सीमरा वीर्ता बस्ने माधवप्रशाद उपाध्या नावालख हुदा जाल्साजी काम गर्ने संगोल्को बाबु गोवींदप्रशाद उपाध्याके रु ४७१ को लेखत थां ५ जालसाजबाट माधवप्रशादका नाउबाट खडा गरेकोले भनी सप्तरी अपिल्का ०७।२।३० का फैसला बमोजीं कंरु ११७।।। डंड गरी २००७।३।२।६ मा लगत दियको कलं १ र २००९।७।१८ का प्रधान न्यायालय तेश्राका फैसलाले स्वहि वीगो कायें गरी गरेको डंड रु ११।।। ।। गरी २००७।३।२।६ मा लगत दियकोमा हाल माथी इन्साफ खंडमा लेखीयका बुंदा प्रमाणबाट स्व डंड सजाञे नलाग्ने भयकाले असुल भय फीर्ता र नभय अैं सवाल्को रीत पुर्याई लगत काटी दीनु भनी जील्ली तहसीललाईस्मेत पुर्जी गर्न लगत दीने ---------------------------१
प्रतेबादी लिखतका साछिस्मेत देहायका मानीसहरुके सप्तरी अपिल्का फैसला ऐ मितीका लगत बमोजीं जालसाजीमास्मेत गर्ने गरेको जनही रु १० दशका दर्ले लगाउने गरेको हाल नलाग्ने हुदा ऐ ------------------------------------------२
स प्र धंन छवार माधवा बीर्ता वस्ने जी इन्द्रमाया छेत्र्यानीके -----------१०
ऐ ऐ बस्ने प बीकु माझी थारुके ऐ ----------------------------------१०
ऐ सीप्रा वीर्ता बस्ने केकं माझी के ऐ ---------------------------------१०
ऐ कुकुवा वीर्ता वस्ने भालु माझीके -----------------------------------१०
ऐ ऐ बस्ने वीतहु माझीके ऐ -----------------------------------------१०
ऐ सीप्र बीर्ता बस्ने दिनमा मुसहर -----------------------------------१०
ऐ बस्ने रतीलाल माझीके -----------------------------------------१०
अैं छाडी गल्ती कारवाई गरेमा र स्व सदर गरेमा देहायका मानीसहरुलाई केहि गर्नु पर्दैन सुनाउनु नपर्ने कागज सुनायमा अव आयदा येस्तो हुन नपावस भनी नसीहद दीनु --------------------------------------------------------------३
प्रधान न्यायालय तेश्राका मीसु महेन्द्रवहादुर महत क्षत्रृ ----------------१
सप्तरी अपिल्का सुवा तुल्सीप्रशाद उपाध्याय ---------------------------१
सीराहा अमीनीका ले हस्तवीर प्रधान ---------------------------------१
प्रकाशशम्सेर हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
इती सम्वत २०११ साल श्रावण २९ गते रोज ६