निर्णय नं. ४५४ - अवहेलना गरे भन्ने
अभिलेख दर्ता नं ४५४
२०११ सालको मि.नं
नेपाल प्रधान न्यायालय फूल बेञ्च
ठा नं.
मुद्दा प्रधान न्यायालय फुलबेञ्चबाट भयेको
फैसलाको अवहेलना गरे भन्ने
निवेदक बादी ले.ज.मृगेन्द्र शम्सेर भरत शम्सेर जगदिश शम्सेर समेतको वा जयप्रकाश शम्सेर जङ्गबहादुर राणा
विपक्ष काठमाडौ मजिष्ट्रेट
इजलास
श्री माननिय प्रधान न्यायाधिश हरिप्रसाद प्रधान एम ए बि एल
श्री माननिय न्यायाधिश प्रदीप्त मांन्येबर नेपाल तारा ले.ज. प्रकाश शम्सेर जङ्ग बहादुर राणा
श्री माननिय न्यायाधिश भैरवराज पन्तो पाध्याय
श्री माननिय न्यायाधिश महेन्द्र बहादुर महत क्षत्रृ
श्री माननिय न्यायाधिश भगवति प्रसाद सिंह विए स्सी बि एल
फैसला
येस्मा गैरकानुनि तरीकाले थुनेको वारेमा यस प्रधान न्यायालयमा ऊजुर यस आज आषाड ३१ गते दिन्को २ बजे फुल बेञ्चबाट फैसला भै सो फैसला एटर्नि जनरल कमिस्नर मजिष्ट्रेट पुलिस गोस्वारा आ.ई.जि.पि. स्मेतका कर्मचारी ऊपस्थित भै सुन्नु भयको थियो सो फैसला बमोजिं छुटकारा भै २।। बजेको टायेंमा घर जादा बिजुली अड्डा निर पुग्दा मजिष्ट्रेट अफिसको वारन्ट छ भनि ऊर्दिको लुगा ब्याजस्मेत नलगायको यौटा ब्यक्तिले वारन्ट दियकोमा भरतसम्शेरका नाउको वारन्ट यसै साथ राखि निबेदन गरेको छु मजिष्ट्रेट सवाल्को ०७ साल्को दफा २ (१) क बमोजिं प्रयोग गर्न मजिष्ट्रेटले सक्तैन भन्ने फुल बेञ्चको जजमेन्टमा लेखियको स्व कुरा सुनि फैसलास्मेतको अपहेलना गरी वारन्ट दिय जेष्ट १६ गते देखि भरत सम्सेर जगदिश शम्सेर र जेष्ट २२ गते देखि ले.ज.मृगेन्द्र शम्सेर थुनामा रहेको मुद्दा प्रधान न्यायालयमा पेश भै श्र्व मुद्दाबाट आई.जि.पी. मजिष्ट्रेट पुलिस गोस्वारास्मेत सवै ठाऊको जेजति अभियोग छ मिसिल पठाई दिनु भन्ने आदेश भयजति मिसिल पठाइ सकेको छु अरु छैन भन्ने मिसिलमा छदै यस्तो अभियोगको पुलिस रीपोट परेको थियो भने परेसम्मका कुराको जबाफ दि सकेपछी यो वारन्टमा लेखियेको कुरा कसरी सत्य मान्ने जुन अभियोग लगायको छ तुरुन्त जाँचियोस थुनामा रहेका मानिसको हात र सहयोग कसरी कुन प्रमाणले लेखेको हो नलाग्ने सुरक्ष्या कानुन लगाई जवरजस्ति पक्री वेरितसङ्ग थुनेको हुनाले ब्यक्तिगत श्र्वतन्त्रताको ऐन र अरु मुलिकि ऐन समेतबाट कानुनि कारवाई चलाई थुनाबाट छुटाई पाऊ भन्ने समेत ब्यहोराको श्री ले.ज. मृगेन्द्र शम्सेर भरत शम्सेर जगदिश शम्सेर समेतका हकमा जयप्रकाश शम्सेरको निवेदनपत्र परेको.
श्रावण १ गतेका दिं ऊजुरमा लेखियको सवै ब्यहोराको खुलासा जबाफ तुरुन्त पठाई दिनु भनि काठमाडौ मजिष्ट्रटलाई लेखि पठाई जवाफ आयेपछि पेश गर्नु भन्ने प्रधान न्यायालय डिभिजं बेञ्चको आदेश बमोजिं श्रावण ३ गतेमा काठमाडौ मजिष्ट्रटले जबाफ दिनु भयकोमा साथै प्रधान न्यायालयको ऐन हेर्दा प्रचलित ऐन सबाल बमोजिं मात्र गर्नु पर्ने लेखियेको देखिन्छ ऐन सबाल्कोसिमा बाहीर जान पाऊने लेखियको नदेखियकोले श्री छ महाराजा धिराजवाट जारी गरी बक्सेको ऐन र अधिकारको प्रयोग भयकोमा फुल बेञ्चवाट अर्कै किसिंको फैसला हुदा श्री ५ महाराज धिराजबाट ऐन सवाल सुचना स्पष्टिकरण ऊपर पनि फेरी ११ साल जेष्ट २५ गते श्री ५ महाराज धिराजबाट गरी बक्सेको भाषणमा तपाइहरुको ध्यान अअकर्षित गराऊन अनुरोध गर्दु भन्ने युक्ति भयेकाले प्रधान न्यायालय फुल बेञ्चका फैसला ऊपर नचाँदो र अब्यबहारीक टीका टीप्पणि काठमाडौ मजिष्ट्रेटले गर्नु भयेको डिभिजं बेञ्चमा पेस हुँदा श्र्व मजिष्ट्रटको जबाफबाट प्रधान न्यायालय फुल बेञ्चवाट गरेको फैसलालाई अवहेलना गरेको देखिनाले फुल बेञ्चमा पेस गर्नु भंने श्रावण ८ गते डीभिजं बेञ्चको तोक, फुल बेञ्चमा पेस हुदा प्रधान न्यायालयको अवहेलना गरेमा तपाई ऊपर कानुनि कारवाई किन हुनु नपर्ने हो श्रावण १७ गते लिखित जवाफ लि मजिष्ट्रेट आफै प्रधान न्यायालयमा हजिर हुनु होला भनि काठमाडौ मजिष्ट्रेटलाई फुल बेञ्चबाट श्रावण १० गते आदेश भयकोमा तपाईहरुले प्रधान न्यायालयको अवहेलना विषयमा प्रचलित भैराखेको कुं कुं ऐनले कुन कुन चार्ज म माथी लगाऊनु भयेको छ त्यसको खुलासा चार्ज आएमा जवाफ दिने थिञे र मजिष्ट्रेट आफै प्रधान न्यायालयमा हाजिर हुनु होला भन्नु भयेकालाई यो मुद्दा सरकारी कामा काज सम्बन्धमा गरेको कारबाई हुदा आफै आऊन कानुंले बाध्य गर्दैन हाकिंका नाऊमा कराऊनेको १८ (१) ले स्पष्ट भनेको र साथै अदालति बन्दोबस्तको ८९ (१) ले स्मेत स्पष्ट गर्दछ भन्ने काठमाडौ मजिष्ट्रेटको जवाफ आयेपछि फेरी फुल बेञ्चमा पेश हुदा प्रधान न्यायालय ऐनको २६x २७ दफा बमोजिं आदेश भयेकोमा मजिष्ट्रेट उपस्थित हुन भयेको भय वाहासङ्ग बुझ्नु पर्ने बुझी प्रधान न्यायालय ऐनको ४ दफा बमोजिं कारवाई चलाऊने नचलाऊने विषयमा निर्णय हुने थियो मुल्की ऐनमा इजलासको वेइजति गरे विषयमा हुने सजाय काठमाडौ मजिष्ट्रेट लाई थाहा छैन भनी कसरी भन्ने र मजिष्ट्रेटले हाकिमका नाउमा कराऊनेको १८ (१) र अ.बं. को ८९ (१) दफा को उल्लेख गर्नु भयेकालाई यस कारवाईमा श्र्व लागु हुदैन मजिष्ट्रेटसङ्ग बुझन परेकै हुनाले प्रधान न्यायालय ऐनको २६ दफा बमोजिं निजलाइ श्रावण २४ गते यस न्यायालयमा हाजिर हुनु भनि प्रधान न्यायालय ऐनको २७ दफा बमोजिं फेरी जनाऊ दिनु त्यस मीतिमा मजिष्ट्रेट हाजिर हुनु भयेन भने ऐन सबाल बमोजिं मजिष्ट्रेट ऊपर कानुनी कारवाई गर्न प्रधान न्यायालय वाध्य हुनेछ भन्ने फूल बेञ्चको आदेश बमोजिं काठमाडौ मजिष्ट्रेटलाई जनाऊ गयेपछी श्रावण २४ गतेको दिं मजिष्ट्रेट आफै हाजिर भै लिखित कैफियत पेस गर्नु भै वाहाको तर्फबाट ऐटर्नि जनरलले कतिपय कानुनि बुदाहरुको जिकिर गर्नु भयो वाहाको कानुनि वुदाको जिकिरको सारांस यहि होकि प्रधान न्यायालय ऐनको सम्सोधन भै प्रचलित भैराखेका ऐन अनुसार अदालतहरुको अवहेलना संवन्धी सजाय गर्ने अखत्यार प्रधान न्यायालयलाई हुनेछ भंने प्रधान न्यायालय ऐनको ४ दफाको संसोधित ऐन हुनाले प्रचलित ऐन सवाल बमोजिं नै कारवाई हुनु पर्ने हो प्रचलित ऐन सवाल्मा सो बिषय केहि उल्लेख नभयमा प्रधान न्यायालय ऐनको ४ दफा बमोजिं कारवाई गर्न मिल्दैन प्रचलित ऐनमा नै ईजलासको बेइजतीमा हुने सजाय तोकियकै हुनाले यस्मा कारबाही गर्न प्रधान न्यायालयलाई केहि बाधा छैन.
ऐटर्नि जनरलले यो पनि अर्ज गर्नु भयोकि मजिष्ट्रेटले जबाफ दिनु भयेकोमा त्यस्तो प्रधान न्यायालयको फुल बेञ्चको अपहेलना सुचक केहि त्यस्तो बाक्य प्रयोग भयको छैन भनि त्यस्तो केहि बाक्यहरु प्रधान न्यायालयको विचारमा अपहेलना जस्तो देखियेता पनि मजिष्ट्रेटको त्यस्तो अवहेलनामा गर्ने नियत नभयेको स्मेत केही लिखित कैफियत दिनु भयेकोबाट नै वाहाको नियत सफा रहेछ भन्ने प्रधान न्यायालयले मौसुस गर्नु पर्ने र मजिष्ट्रेटले खेत प्रकट गरी सकेपछी प्रधान न्यायालयबाट प्रधान न्यायालय ऐनको ४ दफा बमोजिं कारबाई नहुनुपर्ने भन्ने कर्ज गर्नु भयो,
प्रधान न्यायालय फुलबेञ्चवाट आषाढ ३१ गते भयेको फैसला मजिष्ट्रेटलाई सुनाई सुनाई सकेपछी मजिष्ट्रेटले अर्ज गर्नु भोकि वहाले श्रावण ३ गते प्रधान न्यायालयलाई जवाफ दिदा सो प्रधान न्यायालय फुल बेञ्चको फैसला हेर्न भयेको थियो र जो फुल बेञ्चको फैसलाको जिकिर श्र्व जवाफमा गरीयेको थीयो श्र्व श्री ५ महाराजधिराजको जेष्ट २५ गतेको सल्लाहकार सभालाइ बक्सेको भाषण अगाडी नै फुल बेञ्चबाट फैसला भयेको कुराको जिकिर श्र्व जवाफमा लियको भनि अर्ज गर्नु भयेकोमा सो साही भाषणको अघि वा पछी प्रधान न्यायालय फुल बेञ्चबाट भयेको फैसला नेपाल भर मुलुकमा पूर्ण विस्वास र सन्मान दिईने छ र त्यस्तो अंतिम फैसला वा आदेश ऐन बमोजिम नेपाल भर मुलुकमा जाहासुकै पनि कार्यान्वुईन हुनेछ भन्ने २००७ साल नेपाल अतरीय विधानको ३६ दफामा ऊल्लेख भयेको र प्रधान न्यायालय ऐनको ३१ दफा बमोजिं प्रधान न्यायालयले मुद्दा मामिलाको रोहमा ठहरायको कानून ( के श ल) प्रधान न्यायालय मातहतका सबै अदालतहरुलाई मान्न कर लाग्ने छ भन्ने ऊल्लेख भयेकाले काठमाडौ मजिष्ट्रेटले श्रावण २२ गतेको कैफियतमा पूर्ण ऐनको बिचार गरी मात्र मैले ऊपरोक्त जबाफ पठायेको हो भन्ने र वाहाको श्रावण ३ गतेको जवाफमा (प्रधान न्यायालयको ऐन हेर्दा) भन्ने ऊल्लेख गर्नु भयेको तर प्रधान न्यायालय ऐनको ३१ दफा वहाको नजरमा के कारणले हो कुन्नी नपरेको देखिन्छ नेपाल अन्तरीम विधानको त वहाले वास्तै नराखनु भयको देखिन्छ मजिष्ट्रेट जस्ता हैसियतमा बसी यस्तो लापरवाही देखाऊनु र ऐनको पूर्ण बिचार गरी जवाफ दियेको हु भनि लेखनु तेस्तो वहदामा बस्ने अविसरलाई सुहाऊदैन,
काठमाडौ मजिष्ट्रेट पनि कतिपय मुदा सम्बन्धीमा प्रधान न्यायालयको मातहतका अडनै मान्नु पर्ने ब्यक्तिगत स्वतन्त्रताको ऐन बमोजिं प्रुधान न्यायालयवाट कारबाई हुदा मजिष्ट्रेट पनि प्रधान न्यायालय मातहतको नै मान्नु पर्ने हुननाले सो ऐन बमोजिं प्रधान न्यायालयवाट कारवाई हुदा मजिष्ट्रेटले पनि प्रधान न्यायालयसङ्ग यथोचित ब्यबहार गर्नु पर्ने देखिन्छ,
अब मजिष्ट्रेट ऊपर प्रधान न्यायालय ऐनको ४ दफा बमोजिं कारबाई गर्ने नगर्ने विषयलाई श्रावण २२ गतेको मजिष्ट्रेटको कैफियत सन्तोष जनक नभयतापनि प्रधान न्यायालयको प्रतिसोधको केहि बिचार नभयेकोले मजिष्ट्रेटले श्रावण ३ गतेमा प्रधान न्यायालयलाई जबाफ दियेकोमा प्रधान न्यायालयको फुल बेञ्चको फैसलाको टिकाटिप्पणी बुध्दी नपुर्याई गर्नु भयको भंने विचार गरी यो १ पटकलाई मजिष्ट्रेटलाई सक्त नसिहद दिनु अरु केही कारबाई गर्नु पर्दैन,
माथि ऊल्लेख भयेको मजिष्ट्रेटको श्रावण ३ गतेको जवाफमा (साथै प्रधान न्यायालयको ऐन हेर्दा प्रचलित ऐन सवाल बमोजिं मात्र गर्नु पर्ने लेखियको देखिन्छ ऐन सवाल्को सिमा बाहीर जान पाऊने लेखियको नदेखियेकोले श्री ५ महाराजधिराजबाट जारी गरी बक्सेको ऐन र अधिकारको प्रयोग भयेकोमा फुल बेञ्चबाट अर्कै किसिंको फैसला हुदा श्री ५ महाराजधिराजबाट ऐन सवाल सुचना प्रष्टिकरणका ऊपर पनि फेरी ११ साल जेष्ट २५ गते श्री ५ महाराजधिराजबाट गरी बक्सेको भाषणमा तपाईहरुको ध्यान आकर्षित गराऊन अनुरोध गर्दछु ) भन्ने भन्ने अप्रसाङ्गित र प्रधान न्यायालय फुल बेञ्चका फैसलाको अनुचित र बेकानुनि टिकाटिप्पणी भयेको हुनाले मजिष्ट्रेट अफिसमा रहेको जबाफको नकलमा पनि सो सब्दहरु हटाई दिनु भनि मजिष्ट्रेटलाई सुनाई दिनु ।
भगवती प्रसाद सिंह महेन्द्र बहादुर भैरवराज पंत प्रकाशशम्सेर हरिप्रसाद
न्यायाधिश न्यायाधिश न्यायाधिश न्यायाधिश प्रधान न्यायाधिश
ईति सम्वत २०११ साल श्रावण ३१ गते रोज १ शुभं