• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४५५ - जगा

साल: २०११ महिना: श्रावण फैसला मिति :2011/04/32 ८३

अभिलेख नं 455/2011

273/854

नेपाल प्रधान न्यायालय डिभिजन बेञ्च

ठा नं ८५४

मुद्दा जगा


अपिलाट् जी.सप्तरी प्र.कटहीया मौं. इनर्वा बस्ने पसुपति चौधरी

विपक्ष ऐ ऐ बस्ने धनुषधारी चौधरी


इजलास

श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम. ए .बि .यल

श्री माननीय न्यायाधीश महेन्द्रबहादुर महत क्षेत्री

फैसला

     मेरा बाबु बलदेवले तेजारथबाट कर्जीं लीदा बडहरीया मौजा जिमीदारी धीतो र मंगलावतिको अपुताली जगाबाट सट्टापट्टागरी ली हाम्रो हक भयेको धनुषधारी दर्ताको नौवापारको जगा विगाहा १६।.4 हाम्रो बसोवासको जेठाबाबु रुद्रमति दर्ताको जगा 6ऽ।।2 बिगा धं जमानी दियेको रुपैया तिर्न नसक्दा सवै जगा लीलां भयेकोले जाहेर गर्दा धं जमानी बापतको जगा थामीयेको खङ्गनीसाना बमोजीं सोरै आना मलाई चलं दीनु पर्नेमा दर्तावालाका नाउमा चलं दीये धनुषाधारीले मलाई चलं गर्नु भनेकोमा अड्डाले चलं  दीयको भनि 03/9/25 गते खरिहानको धां र जगा धनुषधारीले भोग गर्न दींन भनि हटक गरे सोरै आना पाउ अथवा मैले जीती ल्यायेकोले अंसवण्डा का ५२ नं बमोजीं आधी जगा दीलाई दर्ता  दाषील गरीपाउ मंगलावतिको अपुताली पाउनेगरी भारादारीबाट फैसला भयेको छ भंन्येस्मेत बादी ।

मंगलावतीको अपुताली जगा बादीका बाबुले पायेको पनि होइन मैले जगा सट्टा पट्टा गरेको पनि होईन भये खङ्गनीसाना हुदा उजुर गरी आफनो गराउन सकनु पर्ने मंगलावतिले गीरीबर धारीलाई धर्मपुत्र राखेकोले जगा दर्ता गराउन दर्खास्त गर्दा बादीका बावुले उजुर गरी  पछि गीरीबरधारीकै हक हो भनी कागज गरी दीयेकोले मुद्दा खारेज भयेको छ भंन्यस्मेत प्रतेवादी ।

सट्टापट्टाको लीखत हरायेकोले दाखिला गर्न सक्तिन भंन्ये पसुपतिको दर्खास्त ।

 सट्टा पट्टाको लीखत दाखिला गर्न नसकेको खङ्गनिसाना बमोजीं जगा फुकुवा भयेपछि चलं लीन सकनु पर्ने उजुर गरी हक पक्का गराई राखनुपर्ने प्रतेवादीले जगा खानु भनेको भये लीखत गराई लीयेको हुनुपर्ने कागज गरायेको भये अंशवण्डाका ५२ नम्वर बमोजीं जगा आधा पाउ भंनु नपर्ने कर्जी लीनु भन्दा अघिनै छुटियेको ०३  साल्को रसिद प्रतेवादीबाट पेस भयेको खङ्गनिसाना बमोजीं जगा चलं गर्ने  गोश्वाराको पर्चा उपर उजुर गर्न नसकेकोले खारेज हुने ठहर्छ भंन्येस्मेत हनुमाननगर अमीनीको फैसला ।

मंगलावतीको अपुताली भारादारीसम्म लडि पायेको अंशवण्डाका ५२ नं ले आधी पाउनु पर्ने भंन्येस्मेत पशुपतीको अपिल ।

खङ्गनीसानाले धनुषधारीले जगा थामी पायेको देखियेको धनुषधारीको जगा भनि बादीले लेखेको सट्टापट्टाको लीखत पेसगर्न नसकेको  सगोलको अंशीयार भंन्ये नदेखियेकोले सुरुको इन्साफ मनासीव भंन्येस्मेत सप्तरी अपिलको फैसला ।

       सबै वा आधा जगा पाउनै पर्ने भंन्येस्मेत पसुपतिको अपिल ।

सट्टापट्टा लीयाको कागज र सगोलै छदा .......भयोको भंन्ये सवुद दाखिल गर्न नसकेकोले इन्साफ अपिलको मुनासिव भंन्येस्मेत प्रधान न्यायालय चौथा फाँटको फैसला ।

सबुद प्रमाणै नवुझी फैसला गरे चीत्त बुझेन भंन्येसमेत पुपतिको विन्तीपत्रमा ०७ सालमा छीनेको मुद्दाको हकमा इन्साफ जाची अैं सवाल बमोजीं गर्नू भंन्ये तोक ।

यस्मा तारेखमा रहेको अपिलाट्को वारेस कृस्नमानलाई  छलफलमा राषी बुझ्दा मंगलावत्तिको अपुतालीको जगा धनुषधारीलाई दी धनुषधारीको धं जमानी लेखियेको १६।।.4 विगा जगा बादीका बाबु बलदेवले सट्टा पट्टा गरी लीयेको सट्टापट्टाको लीखत बादीले पेश गर्न नसकी हरायो पेश गर्न सत्तीन भनि कागज लेखिदीयेको सो जगामा तीरो भोग चलं गरेको सवुद पनि बादीले केहि गुजार्न नसकी तीरोभरो रसिद प्रमाण प्रतेवादी तर्फबाटै पेस दाखील भयेको सङ्गनीसानाबाट जगा फुकुवा हुदास्मेत धनुषधारीकै नाउमा फुकुवा भै चलं पाई सकेको देखियेको जमानी बापतको जगा अबण्डाको हो भंन्ये कुराको सवुद पनि बादीले केही गुजार्न नसकेकोलेस्मेत इन्साफ प्रधान न्यायालय चौथा फाट्बाट अपिलको सदर गरी 07/11/15 मा छीनेको मुनासीव छ इन्साफ दोहर्‍यायेमा बादी पसुपतिके सुरु डंड कंरु ३।।     ।।को  हाका ११ नम्वरले सयेकडा १० ले कं रु ।ऽ डंड हुन्छ वारेस हुदा असुल गर्न तहसील्मा लगत दी रोक्का रहेको बाली प्रतेवादी धनुषाधारीलाई फुकुवा गरी दीनु भनी सुरुमा मीसील पठाउन अपिल्मा पठाईदिनु भनि मिसिल मिसिल विभागमा वुझाईदिनु ।

 

महेन्द्रबाहादुर            हरिप्रसाद

न्यायाधीश            प्रधान न्यायाधीस

इति सम्वत २०११ साल श्रावण ३२ गते रोज २ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563