निर्णय नं. ४५७ - अंश
अभिलेख दर्ता नं. ४५७
२०११ सालको मि.नं ८२/१०३
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ.नं.८२/१०३
बादी प्रत्येवादि
अष्टमाया मरी मुद्दा सकार गर्ने का.ई ठमेल बस्ने आसामाया महरजनी १ ऐ ई टेवाहाल बस्ने चनमाया महरजनी-१ ऐ ई खिचापोषरी बस्ने लक्ष्मी नारायण महरजन
का.ई.लखतिर्थ बस्ने ग्यानमान महरजन
स्मेत
मुद्दा: अंस
ईजलास
श्री माननीय न्यायाधिश प्र.मा.ने.ता. ले.ज. प्रकाश शम्सेर जङ्गबहादुर राणा
फैसला
यस्मा ससुरा सिंगविरको २ स्वास्नीमा कान्छी पट्टीको छोरा सीनारी प्र ग्यानमान् छेठी पट्टीको छोरा छ्याकचाको स्वास्नी म हुनाले सगोल बसी आयेको सिनारां र नीजको स्वास्नी ससुरा मरी सकेपछी ८९ सालमा अंस केहि नलि मानो छुट्टी वेगल वसेको २ भागमा १ भाग अंस छुट्याई पाउ भनी लोगने छंज्याल लोगनेले र लोगने २००० सालमा मरेपछि मैले धन्नदियेकोले ८९।१।२ मा मानो छुट्टीयेकाले तेस्को अघिल्ला दिन सम्मको श्री सम्पतीको ८ प्रत्येबादीवाट लि २ भागको १ भाग अंस दिलाई पाउ भंनेस्मेत बादि रहेछ ।
बादीको लोगनेको आमा मरेपछि मेरो आमालाई बिवाह गरेकोमा म र सि नारां जन्मे पछि मिली बस्न नसकी बाबु सिंगविरले अंस नलिइ ६४ सालमा आमा १ हामी २ भाई बादीको लोगनेलाई बंडापत्र नगरी कुलपट खिचापोखरीकोस्मेत ४ भाग लगाई दियको आमा दाइ म सगोल थीञ्यौ खिचा पोखरीको घर सानो हुनाले ६५।६६ सालमा बिस्नुमति पारी कची घर बनाई बसेको बाबु मरेपछि दाई पनी छुट्टीयेकोले ३ भाग लगाइ खाई आयेको दाई ८२ सालमा र भाउजु ९६ सालमा परलोक भयेकोले मैलेनै काज क्रीया गरेकोले स्व अपुताली मैलेनै खायेको खिचापोखरीको मुल घर ४ भागमा १ भाग बादीको ३ भाग मेरो हो छुट्टीयेको ४२ बर्ष भैसकेकोले अंस दिनु पर्ने हैन बादीको छोरा नभै छोरीमात्र हुनाले मरेपछि अपुतालिमा दावी गर्ला छोरीले पावैनन् भनी झुट्टा उजुर गरेको हो भंने स्मेत प्रत्येबादी रहेछ ।
अंसीयार २ जना देखीयेकोले बादीको दाबी बमोजिम छुट्टीयेको मिति कायें भैसकेको हुदा तायेदाती बमोजिम अंस छुट्याई दीने ठहराइ रा.का. देवी दोश्रा फाटबाट ०७।४।२२ मा फैसला ।
श्री ले.ज.आनन्द शम्सेर जङ्गबहादुर राणाका तहबिलबाट दियेको जबाफबाट स्मेत ६४ सालमै बादीको लोग्ने छुटीयेको देखीने हुदा सुरुबाट गर्ने गरेको ईन्साफमा चीत्त बुझेन भंने प्र ग्यानमानको अपिल जीकीर रहेछ ।
प्र.का साछिले अघीनै बंडाली छुटीयेको भनी बकेको श्री ज आनन्द शम्सेरको तहबिल बुझदा यकै खलामा २ जनाबाट तिरो लिने गरी दुवैले तिरी बुझाई आयेको छ भनी जवाफ दियेकोबाट ८८ साल सम्म सगोल भय सगोल भन्दा अगी सगोलको दाजु भाइले खला फोरी हर साल तिरो भरो गर्नु नपर्ने फेरी बादीका भागमा परेको माहरतनको बिर्तामा सर्भे बुझदा मोहि छ्याकचा भंने जबाफबाट देखीयेको बादी दाबी बमोजिं ८९ सालमा मानो छुट्टीयेको भय बादीको लोग्नेले सर्भेमा मोहिया दर्ता गराउन नपर्ने गरायेको देखीयेबाटस्मेत अंस केहि नली ८९ सालमा मानो छुटीयेकोले अंस छुट्याई पाउ भंने बादीको उजुर झुट्टा र अंसबंडा छुट्याई दिने भनी सुरुले गलती ईन्साफ गरेको ठहराई अपिल तेश्रा फाटका हाकीं सु देवप्रसादले जेठो बाठो बादीको लोग्नेको नाउमा जगा दर्ता हुदैमा बंडापत्र वेगर छुटीयेको भंन नहुने हुदा इन्साफ सुरुको मनासीब गरी ऐ का स्व दोदराज वि. प्रेंबहादुरले रायेपर्चा गरेको रहेछ ।
७३।१२।२७ को सनदले लीखत नभयेक बंडा सदर नहुने हुदा अपिलका हाकीमले गरेको इन्साफमा चीत्त बुझेन भन्ने बादी मरी मुद्दा सकार गर्ने आसामाया चनमाया लक्ष्मीनारानस्मेतको र हाकीमले अंस मध्ये धरमात्र हराइ र असीष्टेन्ट फाटवालाले सुरुको इन्साफ सदर गरी बडा गर्ने ठहराई रायेपर्चा गरेकोमा चीत्त वुझेन भन्ने प्र ग्यानमानकोस्मेत अपिल परेको रहेछ ।
येस्मा वा स्मेतको अपिलाट् लक्ष्मीनारान र ग्यानमानस्मेतलाई छलफलमा राखी नीर्णय गर्दा खीचापोखरीको घरभुकंपमा बिग्रदा सापटि लि बनाइ घरदरमा दर्ता गराइ बादी अष्टमायाले लोगने छ्याकचाले भोग गरी आयेको गोश्र्वारा तहविल संख्मा बिभागका जबाफबाट देखीयेको हुनालेस्मेत ८८ सालसंम सगोलमा र ८९ सालमा अंस केहि नली मानो छुट्टेको भन्ने बादीको दावी लेखाइ झुट्टा हुन आयेको भन्ने बुढा संम लेखीयेको देखीयेको सो खीचापोखरीकै घर बादीले एकलौटी ठहरछ भनी अपिलका हाकींले फैसला गरेको नदेखीयेकोले अंस मध्येको घर हरायो भन्ने प्र. ग्यानमानको अपिल जिकीरको बिचार गरी रहन नपरी बादी दाबी बमोजिं ८९ सालमा मानो छुट्टीयकोमा प्रत्येबादी जीकीर बमोजिं ६४ सालमा अंस बन्डा भै छुट्टीयेको के हो भन्ने तर्फ बिचार गर्दा सर्भेका जवाफबाट बादीले लोग्ने छ्याकचाले माहारतनको बीर्ताको मोहियानी हक आफ्नो नाउमा नापी दर्ता गरायेको देखीयको बादीको लोगने मानो मात्र छुट्टीयेको भये मोहियानी हक जगा बादीको लोगने छ्याकचाका नाउमा दर्ता हुनु नपर्ने हुदा अंस छुट्टी भिन्न भयेको देखीयेको र कुन सालमा अंस छुट्टीयेको हो भन्ने तर्फ विचार गरेमा ८५ साल देखीको स्याहामा मेथीबारी खेतको बाली बुझाउदा छ्याकचाले धान ८।२ तेल ४।। घ्यू ।५० ग्यानमानले धान ९। घ्यू ।५० तेल ५ स्मेत छुट्टा छुट्टैका दर्ले बाली बुझायेको भनी श्री ले.ज.आनन्द शम्सेर ज.व.रा. का तहबिलबाट दियेको जवाफबाट देखीयकाले ८८ साल भन्दा अगाडी नै छुट्टी भिन्न भयेको सीध्द भयेकोले प्रतेवादीका लेखाई जीकीर बमोजिम ६४ सालमै छुट्टीयेको ठहरने हुदा ईन्साफ अपिल तेश्रा फाटका हाकिंले ठहराई छिनेको मनासीव छ असीष्टेन्ट फाटवालाले गलती इन्साफ गरी राये गरेको र सुरुले गल्ती ईन्साफ गरेको ठहर्छ सो ठहर्नाले तपसीलमा लेखीयाका कुरामा तपसीलमै लेखीय बमोजीं गर्न लगत दी मिसिल मिसिल बिभागमा बुझाई दिनु ।
तपसिल
अपिलाटहरुलाई अपिल गरे बापत सजाये गर्न पर्छकी भन्नालाई कोर्टफी लागी अपिल दर्ता भयेकाले केहि गर्न नपर्ने ।
बादी अष्टमायाले राखेको कोटफी जम्मा मोहरु २१५।१९ मा मोरु १०। र अरु दस्तुर रु ।६२ कटाई बाकी मोरु २०४।५७ टिकट टासीयेको देखीयेकोले बादी मरी मुद्दा सकार गर्ने लक्ष्मी नारां १ चनमाया १ आसामया १ स्मेतलाई मोरु २०४।५७ तहसिलका आम्दानीबाट बराबरका दर्ले द्रकास्त परेमा भराइ दिने भनी अपिल तेश्रा फाटवाट ०९।५।३।२ मा फैसला गरी ०९।५।१७।२ मा लगत दियेकोमा हाल सो कोर्टफी जफत हुने भयेकोले अ.त.को लगत काटि दिनु भनी अ.त. दे.मा लगत दिनु ।
अपील तेश्राका हासु देवप्रसाद पाध्या काई कीलागलके सो मोरु २०४।५७ फिर्ता दिन नहुने फिर्ता दिने भनी गलती गरेवापत अैं छाडेको भन्नु परी अवं २८९ नं ले तजवीजी मोरु ।७ सात पैसा जरीवाना हुन्छ असुल गर्नु भनी अ.त.दे. मा लगत दिनु ।
प्र.ग्यानमानले असीष्टेन्ट फाटवालाको राय पर्चा उपर अपिल गर्दा सुरु कोटफी मोरु २१४।५७ को बिसौद मोरु १०।७३ को टिक टासी अपिल गरेकोमा हाल सो असीष्टेन्ट फाटवालाको राये गलती ठहरीयेकाले सो कोटफी रहेको मोरु १०।७३ अैं सबलको रीत पुर्याई अडैको आम्दानीबाट फीर्ता खर्च लेखी दिनु भनी अ.त.दे.मा लगत दिनु ।
अपिल तेश्रा फाटका देहायका मानीस्के हाका १५ नं ले गलति ईन्साफ गरेमा तजबिजी रु १। र गलती रायेपर्चा खडा गरेमा तजविजी रु १। स्मेत जम्मा मोरु २। जरीवाना हुन्छ देहाये बमोजिं असुल गर्नु भनी अ.त.दे.मा लगत दिनु ।
अ.ख. दोजराज जोसी काई मैतीदेवी के मोरु १।२०
बि प्रेमबहादुर कवर भ.पु.ई सीनामुंगलके मोरु ।८०
प्रकाशशम्सेर
न्यायाधिश
ईति सम्वत २०११ साल श्रावण ३२ गते रोज २ सुभम्