निर्णय नं. ५२१ - थैली वुझन लगाइ पाउ
अभिलेख दर्ता नं ५२१
२०११ सालको मि.नं
प्रधान न्यायालय डिबिजन बेञ्च
ठाडो नं.६५३
मुद्दा थैली वुझन लगाइ पाउ
निवेदक जी महुत्तरी मौ मडैउगरी पट्टी वस्ने मुनेश्र्वरी देवी कायस्थ
विपक्ष जी.प्र. महुत्तरी मनरा विर्ता बस्ने रामेश्वर उपाध्याय
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान यम.य.बि.यल.
श्री माननीय न्यायाधीश महेन्द्र वहादुर महत क्षत्री
फैसला
आज यो पेस हुन आयेको मुद्दा बुझदा महुतरी माल तालुक ......... इटहर्वा ।। जीमीडारी जी रायत ९६।८।१७ गतेमा प्रतेवादी रामेश्र्वरीलाइ २००१ मा भोगवन्धकी दिएको २००४।८।३ मा ०५ साल्को बाली देखीन भोगको थैली तिरी रु ५३०२ मा फार्छे गरी प्रीतमलालल दीएकोले रामेश्र्वरको थैली बुझाउन जादा कुयाम भनी नबुझेकोले दुवैथरको पत्यारको मानिस सोनेलालका ढरौट राखेको सो थैली वुझी नलीएकोले श्र्व थैली ०५।२।३१ मा मालमा ढरौट राखी ०५।३।३ मा श्र्व लिखत पास गरी पाउ भंने आसामी प्रीतमलालका नाउमा नालेस गर्दा एकतर्फिबाट ०५।६।२१ मा यसै अमिनिबाट फैसला भयो र श्र्व ढरौटी थैली कं रु २००१ म्यादमा बुझन नआयेकोले विन्तीपत्र डीडा मञ्जुर नगरेकोले नालीस दिनु भंने जनाउमा लेखीएकोले जनउ वमोजीं गर्नु भंने गोश्र्वाराको तोक भएकोले माल्मा ढरौट रहेको थैली प्रतीबादीलाई बुझन लगाइ लगत काटी पाउ भंने मुतेश्र्वरीदेवीको बादि रहेछ ।
प्रीतमलालाबाट ।।. जीमीदारी ०१ साल्मा मैले भोग बन्धकी लीएको भन्ने कुरोमा बादि सावित प्रतेवादीले जीमीडारी लीनु परे रजीष्टेसंका ३५ नं र साहु आसामीका १२।१३।१४ नं रजीष्टेसंमा पृतमलालबाट मलाइ थैली बुझन लगाइ लिखत दरपिठ गराइ लगत काट्नु पर्ने वा अडामा जान नपाय घरैमा भएपनी लीखत फट्टा गर्नु पर्ने र मेरो लीखतको सर्त छुटी पृतमलालले अरुलाई लीखत गरी दीन पाउने मेरो लीखत वमोजीम थैली जगा पजनीका ५ नं ५ साहु आसामीको १२ नं का म्याद भीत्र दरपिठ गराइ लगत कटाएको नदेखीयको साहु आसामीका २९।३० नं ले पनि वादिलाई लीखत गरी दीन नहुने हुदा ०५ सालको वालीको बीगो भराई मेरो भोग थामी पाउ भंने स्मेत रामेश्र्वरको प्रतेबादी रहेछ ।
पृतमलाललाइ म्याद पठाएकोमा श्र्व म्याद गुजारेको रहेछ ।
यक ठाउमा बन्धक रहेसम्म अरु ठाउमा बंधक राखन र लिन समेत हुदैन भंने साहु आसामीका २७ नं का अैन भै लेखत पास गराई पाउ भनि बादिले दीयेको बादीसाथ रहेको राजीनामा नक्कलबाटै यै जीमीडारी जीरायत भर्ना गर्न र लेखत गरी पायको कर्जिस्मेत साधन गर्न बुझी लीयेको भंने लवज परेको देखीय पछि रामेश्र्वरको थैली नतिरी लेखत फट्टा नगरी लगत समेत नकटाइ लेखत बेबहार सदर मान्न नहुने तर्फ बिचार नगरी लेखत पास गरी दिने गरी साविकका हाकिंले फैसला गरेको सदर मान्न नहुने लेखत गराइ लीने साहुले अर्कालाइ भोगबन्धक दियको जानी जानी दोहरापारी पृतमलालसंग राजीनामा गराएको लेखत साहु आसामीका २७ नं ले सदर मान्न नहुने र अघिल्लो लेखत खडै भएकोले प्रतेबादीको थैली वुझाइ पाउ भन्ने दावी पुग्न सक्तैन साविक हाकिंले पास गरी दिने गरेको फैसला यस अडाबाट बदर गर्न नहुने भएकोले जाहेर गरेको छु भंने जलेश्र्वर अमिनिको हाकिं ना.सु. गोपाल प्रसादको ०७।१।७ को फैसला रहेछ ।
घरखर्च गर्न र यहि जीमीदारी भर्ना लीखत गरि खाएको कर्जिस्मेत साधन भंने समेत बोली लेखीयाको हो ठीक तिर्न थैली स्मेत असामीले वुझी सकेको अडामा ढरौट राखनेले प्र रामेश्र्वरका थैली बुझ भंन गयेन होला भंन नहुने रजीष्टेसं २१ नं का अैनले लीखत गराउन पाउन्न भंने नभै नीसा फट्टा दाखील नभै पास हुदैन भंने लेखीयाको जगा बाडीको भोग भंने प्रतेबादीकै वेहोराबाट देखीदा आफ्नो भोगको जगा बादीले चलं गर्दा साहु आसामीका २६ नं को र अवं १११ नं का अैनले थापाएका ३५ दिन भित्र उजूर गर्नुपर्ने नगरेकोले श्रीफ थैलीमा मात्र प्रतेबादी दावी (? ) देषीदा प्र रामेश्र्वरले थैली बुझन मंजुर छैन भंने जीकिर पुग्न सकतैन भंने जलेश्र्वर अमिनिको तहरिर खरीदार गणेशबहादुर खत्री छेत्रीको राये पर्चा रहेछ ।
बादिले जीमीदारि भोग चलं गरेमा लेखत चलं पुर्जि स्मेत बदुर गरी पाउ भनि सदरमा बिन्तीपत्र दीएको केकस्तो तोक भएको छ आजसम्म नआएको भंने मेरो प्रतेबादी भएपछि मेरो उजूर नपरेकोभंने पर्चामा चीत्त बुझेन भंने रामेश्र्वरको अपिल रहेछ ।
साहु आसामीको २७ नं मा यका ठाउमा बंधक रहेको अर्को ठाउमा राखन हुदैन भंने लेखिएको मेरो लीखत बन्धकी नभै अघिको भोगबंधकी साहु तिर्न समेत भनी राजीनामा भएको मेरो लीखत पास हुने अघी फैसला भएकोमा पनि वडर गर्ने गरी जाहेरी फैसला हाकिंले गरेकोमा चीत्त बुझेन भंने मुनेश्र्वरीको अपिल रहेछ ।
अर्कालाइ भोगबन्धकी दीएको थाहा पाएपछी श्र्व बन्धकी लेखत वापत ली लगत कट्टा गरी मात्र राजीनामा गराइ लीनुपर्ने पृतमलालले पनि अर्कालाई भोगबंधक दीएको जगा दोहरा परी राजीनामा गरी दीन नहुने थैली ढरौट प्रीतमलाल्ले राखन कर लाग्ने हुदा स्मेत इन्साफ हाकिंको मुनासीव ठहर्छ भंने महुतरी अपिल्ले फैसला गरेको रहेछ ।
यति नम्बरका अैले बुझन र बुझाउन नहुने भंने लेखनु पर्ने श्र्व अपिल्ले नसकेको मेरो आघिको अपिल बमोजीं गरी पाउ भनंनेस्मेत मुनेश्र्वरीको अपिल रहेछ ।
बादीलाई गरी दीयाको लेखतमा रामेश्र्वरको वंधकी नदेखाइ अरु कसैलाइ भोग वंधकी लेखी नदीयाको ०३ साल सम्म मेरो हक भोग भयाको भंने लेखीयाकोबाट स्मेत इन्साफ अपिलको मुनासीव ठहर्छ भनि प्रधान न्यायालय चौथा फाटबाट गरेको फैसला रहेछ ।
श्र्व लेखतमा बन्धकी भनि लेखीदीएपछी दोहरा भंनै नहुने दोहरा गराये भंने प्रतेवादीले ......गर्न नसकेको बीना उजूरबाट डोहरा हुनै नहुने मेरो थैली नै भुस्याउने इन्साफ गरेको हो दोहर्इ पाउ भंने मुनेश्र्वरीको वा मोहीतलाल्को निवेदन पत्रमा बेहोरा साचो भय मीसील झीकी इन्साफ जाची अैनसवाल बमोजीम गर्नु भंने श्री माननीय प्रधान न्यायाधीशबाट आदेस भएको रहेछ ।
पृतमलाल्ले बादिदाबी स्विकार गरी म्यादै गुजारी प्रत्यूतर नदि बसेको देखीएपछी रामेश्र्वरले थैली बुझनै पर्ने देखीएकोले छलफललाइ प्रतेवादी रामेश्र्वरलाई झीकाउने ठहर्छ भंने डीविजन बेञ्चको आदेस रहेछ ।
भोगबन्धकी द्रीष्टीको थैली रीणीले र हकवालाले मात्र ढरौट राषन भंने ०३।१०।२८ को भएको श्र्व प्रमाण र रु ६३०१ मसंग प्रीतमलाल्ले कर्जा लीएको छ श्र्वस्मेत प्रमाण लगाइ पाउ भंने रामेश्र्वरका निबेदनपत्रमा अैनले वुझन हुने प्रमाण भए बुझी अैन सवाल्बमोजीम गर्नु भंने आदेस रहेछ ।
श्र्व ०३।१०।२८ को तोक सदर नक्कल पोता रजीष्टेसं अडाबाट आएको रहेछ ।
यस्मा तारेखमा रहेका निबेदक मुनेश्र्वरीको वारीस मोहीतलाल र छलफलमा झीकायेको रामेश्र्वरको वा कृस्न प्रसाद पौडेल प्रीतमलालको वा कृस्नप्रसाद ढुंगेलस्मतलाई राखी बुझदा झगडा परेको हरीनमरी इटहर्वा ।। जीमीदारी जीरायत प्रतेवादी रामेश्र्वरलाई ९६।८।१७ मा प्रीतमलाल्ले रु २००१ मा भोगबंधक डिएकोमा ..........( x ) गते ०५ साल्को बाली देखीन खानु भनि यै जीमीदारी र जीरायत भर्ना लेखत गरी ल्याएको कर्जिसमेत सोध गर्न लीयाको भंने बोली परेको र रामेश्र्वरको थैली ०५।२।२।३१ गते भै माल्मा ढरौट रही सकेको श्र्व ढरौट रहेपछी ०५।३।३ गतेमा लीखत पास गरी पाउ भंने मुनेश्र्वरीको प्रीतमलाल उपर अमिनीमा नालेस परेको भंने बादीको दावी भएकोले यो मौजा प्रीतमलालसंग लिदाको अवस्थामा रामेश्र्वरलाई भोगबन्धकमा गएको भंने कुरा थापाई जानी लेंदें गरेको देखीन आइ माथि लेखीये बमोजीम रामेश्र्वरको थैली माल्मा ढरौट रहेकै देखीन आएको प्रतेबादीको थैली घरसारमा रामेश्र्वरले बुझी नलीदा माल्मा बादीले ढरौट राखी मात्र लीखत पास तर्फ मुनेश्र्वरीको नालेस परेको जं थैलीको नाताले प्रीतमलालका हकको जीमीदारी जीरायत प्र रामेश्र्वरले चलं भोग गर्न पाएको छ सो थैली बुझाउन आएको बखत रामेश्र्वरले बुझी लीनुपर्ने नलीएको तेस्तोमा सनदले माल्मा ढरौट राखनु पर्ने सो बमोजीम ढरौट रहेपछि रामेश्र्वरको सो मौजा जीमीदारी जीरायतमा हक बाकी रहेछ भंन नहुने आसामी प्रीतमलाल्ले नै ढरौट राखनु पर्ने नराखेको भंने जीकीरलाइ जिमीदारी मुनेश्र्वरीलाई सो मौजामा अनाघी धीतो परेको देखाई लेखी दीएकोले रामेश्र्वरको थैली प्रीतमलाललाई भंडा मुनेश्र्वरी तर्फवाट ढरौट राखनु पर्ने बढता आवस्यक पर्न आएको सो बमोजीम ढरौट रहेको देखीन आएको रामेश्र्वरले कं रु २००१ को नाताबाट जींमीदारी भोगबन्धक लीएको हो सो थैली नै असामी प्रीतमलाल्ले देखाएको साहु वाडी मुनेश्र्वरी तर्फबाट माल्मा ढरौट रहेपछि सो जगा जीमीदारीमा रामेश्र्वरको हक बाकी रहेछ भंन नहुने माल अडामा सो थैली ढरौट राखी पछि मात्र जिमीदारी जीरायत फार्छे भएको लिखत पास गरी पाउ भंने वाडी मुनेश्र्वरीको डाबी हुदा अघिल्लो साहुको थैली र पछि फार्छे गरी लीने वाडीको थैली प्रीतमलाल्को पेट बाकि रहेको नदेखीदा दोहोरो पारेको भंने नहुने अघि लिखत पास गरि डीने गरी जलेश्र्वर अमिनीले ०५।६।२१ मा फैसला गरेको मुनासिव हुदा सो फैसला बडर गर्ने गरी जाहेरी फैसला गरेको र दोहरोमा प्रीतमलाल्लाई सजाय गरी बाडीको डाबि झुट्टो ठहराइ जलेश्र्वर अमिनिको हाकिंको र श्र्व सदर गरी महुतरी अपिल प्रधान न्यायालय चौथा फाटले छीनेको इन्साफ गल्ती हुदा उल्टी र रामेश्र्वरको थैली बुझाउन लगाइ लिखत फट्टा गरी पाउ भंने बादीको दावी मुनासिव हुदा अमिनिको खरिदारको राय पर्चाको इन्साफ मुनासिव ठहर्छ सो ठहर्नाले तपसीलका मानिसहरुलाइ तपसील बमोजीम गरी लगत अ.त दे मा दी मीसील जील्लामा पठाउन मिसिल फाटमा बुझाइ दीनु ।
तपसिल
बाडी मुनीश्र्वरीदेवी कायस्थनीके जलेश्र्वर अमिनिका ०७।१।७ का फैसलाले कं रु २५९। डंड गरेको सो डंड ज.अ.त. मा ०७।१।८ गतेमा बुझाएको र महुतरी अपिल्का ०७।१०।१० का फैसलाले डंड कंरु २।।.। लगाएको ज.अ.त. मा ०७।१२।१६ गते बुजाएकोले सो डंड हाल नलागने हुदा निज मुनीश्र्वरीलाई फिर्ता दीनु भनि र प्रधान न्यायालय चौथा फाटका ८।४।२२ का फैसलाले कंरु १।.। डंड गरेको बुझाएको भए फिर्ता र नबुझाएको भए बेहोरा जनाइ लगत कट्टा गर्नु भनी लगत दीने –
प्रीतमलालडास कायस्थ जी प्र.महुतरी मौ भदैमुग्री पट्टीके जलेश्र्वर अमिनिका ०७।१।७।४ का फैसलाले डोहरीमा कं रु ५३०२ डंड लगाएको डोहरी नठहरेकोले श्र्व डंड नलाग्ने हुदा असुल भए फीर्ता र नवुझाएको भए बेहोरा जनाई लगत कट्टा गरी दीने र जिमिडारी बाडीले खरीद गरेको सदर हुदा लीलाम गरी रहनु नपर्ने.
प्रतेबाडी जी.प्र महुतरी मनरा बिर्ता बस्ने रामेश्र्वर उपाध्यायके ०५।२।३१ गते बाडी मुनेश्र्वरी मार्फत माल्मा ढरौट रहेको कंरु २००१ बुझनु पर्ने थैली बुझीनली खीचोला गरेमा साहु आसामीका ५२ क ले कंरु २००१ को सैक्रा २।। ले कं रु ५०।। डंड र अमिनिको राये पर्चा उपर अपिल गरेबापत हा.का १० नं ले डसौड कंरु ५.।। स्मेत ज्मा कंरु ५५- डंड हुन्छ श्र्व डंड माल्मा ढरौट रहेको कंरु २००१ बाट कट्टा गरी माल्बाट जीम्मावारी सदर स्याहामा आम्दानी बाधि कंरु १९४८।।। अैन सवाल्को रीतपुर्याइ लीन आएमा फिर्ता दीनु भनि महुतरि माल्लाई पुर्जि गरी पठाउने.
महुतरी अपिल्का फैसलाले राये बझायमा र उल्टीमा भनि ज.अ.का त.ख. गणेश बहादुर खत्री छेत्री प ३ नं पोखरा बजारलाइ कंरु २ जरीवाना भएको नलाग्ने हुदा असुल भए फिर्ता र नभए लगत कट्टा गर्ने.
जलेश्र्वर अमिनिको ना.सु.गोपाल प्रसाद महुतरी माल्का सु सीमांनंद प्रधान न्यायालय चौथा फाटको हाकिं मी.सु. कृस्नलाल ( ? ) सुव्वा मीन बाहादुर बी गोपीकृस्न नासु खड्गकिक्रं ना.सु. कृस्न प्रसादले हीन्द्र प्रसाद ( ? ) हरुलाई उल्टीमा जरीवाना गर्नु पर्दैन।
महेन्द्र बहादूर हरि प्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
इति सम्वत् २०११ साल भाद्र १७ गते रोज ५