• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५२७ - जगा हालअबादी

साल: २०११ महिना: भाद्र फैसला मिति :2011/05/18 ८८

अभिलेख दर्ता नं ५२७

२०११ सालको मि.नं

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ १४७५

 


धंकूटा ईलाका ५२ ढोका बस्ने साहेवज्यू वीश्व वीक्रं साह वादी

मोरङ् करैवना बस्ने क गजराज जं स्मेत


मुद्दा जगा हालअबादी

र्इजलास

श्री माननिय न्यायाधीस महेन्द्र वहादुर महत छेत्री

 

फैसला

बृ.क. ईंनदबहादुरको बिर्ता बौका खोला पश्र्चीं हर्कलालको हाल अबादी हाल गणेस प्रसादसे उत्तर मेरो बीर्ता र मोती थारुको अबादी र बौका पैनी पुर्व ईंद्रबहादुरकै बीर्ता बौका बाध पैं दखिं येती ४ कील्ला भीत्रको मोरङ् तरहराको जङ्गल वीग्हा १५।।।३।।४ मेरो बीर्ताको साधमा पर्ने हुँदा अबाद गर्न पाऊ भन्येस्मेत् अघी ऊजूर गरेमा अवाद गर्न नदीने ठहराई ९८।५।३१ मा २ छापे तोक सदर भयेको मेरो रानी बीस्नूराज लछमीले जाहेर गर्दा वीर्ता भीत्रको हो की के हो कति रुख छ सवै कुरा खुलाई जाहेर गर्नू भन्ये प्रमाङ्गी भै जाहेर भयेमा आजसम्म नीकासा पाईन हाल श्र्वही रोकी रहेको झनकटा मौजाको जगालाई करैबनाको मेठूबन्दी भीत्र पारी करैबना मौजको हाल अबादी नदीकाट् जाच गर्न आयेका माल गोश्र्वाराको डोरमा द्रखास्त दी बलबाहादुर थापा छेत्रीका नाऊमा बीग्हा ५ रण मर्दनका नाऊमा बीग्हा ४।।३। डोरले नापि सदर गरायेको र ठाऊ ठाऊ जङ्गल कटानी गर्न सुरु गरेको हालै देखीयेकोले जाहेर गरेको छु लेखीयेको जगा पैलेको मेरो ऊजूरी हुँदा नीजहरुको नाउ खारेज गरी मेरो नाऊमा दर्ता गराई पाऊ भन्यस्मेत बीश्र्वबीक्रंको ऊजुरी बयान परेकोमा बेहोरा साचो हो र अ३ फोंवालालले पटक पटक जाहेर गरेकोमा पनी अबाद गर्न दीन नहुने भै नपायेको र वीर्ताको जङ्गल हुदा अबाद गर्न नदीनु भन्या २ छापेस्मेत भयेको जगा रहेछ भने केकारणले अबाद गर्न दीयेको र कती रुख काटीयेको रहेछ बुझी श्र्व दीने डोरवाला र हाकींस्मेतको कागज गराइ जाहेर गर्नु भन्या हुकुं प्रमाङ्गी रहेछ ।

     लेखीयेको चौहद्दी भीत्रको जगा झनकटा मेठूबन्दी भीत्रको नभै करौवना मेठूबन्दि भीत्रको अबाद लायेकको पोथ्रा पोथ्री भयेकोले रणमर्दनका नाऊमा ४।।। बलबहादुरका नाऊमा ५ वीग्हास्मेत जम्मा ९।।। जगा ४ सालको बाली देखी दर्ता गरी दीयेकोल्ये नीजहरुले ढालफाड् गरी बाली लगाऊन सुरसार गर्दैछन भन्यस्मेत क गजराजको वा बलबाहादुरको बयान रहेछ ।

     लेखीयेको चौहद्दी भीत्रो जगाको हद राम्रो नमिलेकोल्ये बौका खोला देखि पश्र्चीं स्मेतको जगा अआद लायेकको पर्ति जगा हो बलबहादुर रणमर्दनका नाऊमा डोरबाट फारी खडा भै जाच सदर भै जीमीदारले स्हीछा गरेको हुनाले मैल्यैस्मेत स्हीछाप गरेको हो श्र्व जगा प्र बेली मौज्ये करैबा मेठ्बन्दी भीत्रको हो करैबना मौजाको ४ साल देखी म पट्वारीमा बाहाल भयोल्ये तेसदेखी अघीको कूरा मलाई थाहा छैन झनकटा मेठ्बन्दी भीत्रको जगा करैबना मौज भीत्र पारी दर्ता गरायेको छैन भन्यस्मेत प रामकृस्न मल्लीकको बयान रहेछ ।

     करैबना मौजाको मेठूबन्दी भीत्र डगर स्मे उत्तर बौका खोला पश्र्चीं पैनी स्मे पुर्व जङ्गलस्ये दाखिंको बीग्हा ५ बलबहादुरका नाउमा र पैंनीस्मे पुर्व जङ्गल स्मे पश्र्चीं डगरस्मे दखिंको वीग्हा ४।।।१। म रणमर्दनका नाउमा ४ सालमा डोरमा द्रखास्त दी हाल आबादी दर्ता गराइ श्र्व साल देखी जगा अबाद गुलजार गर्न सुरु गरी तीरो गरी अयेको अबाद लायेकको पर्ति जगा भयेको र सर्कार लायेकको लकडी केही नहुदा काटे फाडेको छैन भन्य स्मेत प्र रणमर्दन बलबहादुरस्मेतको बयान रहेछ ।

     लेखीयेको चौहद्दी भीत्रको जगा झंकटा मौजाको मेठ्बन्दी भीत्रको भै साहेबज्यू वीश्र्ववीक्रंलेस्मेत अबाद गर्न द्रखास्त दियेमा अबाद गर्न नहुने ठहराई बझाइ दीन् भन्या तोक सदर भयेको लेखीयेको जगा हालमा करैबनाको जीमीदार पट्वारीहरुले करैबना मौजाको मेटबन्दी भीत्र पारी रैतीहरुका नाऊमा हाल अवादी दर्ता गराये भन्ये बुझीन्छ श्र्व मौजाको श्रेस्ता फारां हेरे थाहा होला करैबना र झंकटा मौजाको साधमा श्र्व जगा भयेकोल्ये मेठबन्दी सीमानास्मेतबाट लेखीयेको जगा झंकटै मौजा भीत्र पर्छ करैबना मेठबन्दी भीत्र पर्दैन मन्ये स्मेत जी कनकी खाँ थारुको बयान रहेछ ।

     नकसाबाट बीश्र्ववीक्रंको बीर्ता सीवां कील्लाबाट उत्तरतर्फ करैबनाको मेठूबन्दी र दखिंतर्फ झंकटाको मेठूवन्दी देखीयेकोले श्र्व बीर्ताको कील्लाबाट उत्तरतर्फ जगा बीग्हा ९।।।१ साल ४ को बाली हाल अबादी दर्ता गरायेको देखीयेको प्रतेबादीहरुको जगा झंकटा मेठूबन्दी भीत्रको नभै करैबना मेठूबन्दी भीत्रको न्या सर्जमिंबाट देखीयेको तोक सदर बमोजिंको जगा नापी गर्दा ३३।।।४ भयेको श्र्व जगामा कू काठ्को गाछ २३ साखुको गाछ २ संम भयेको भन्ये लेखीयेको जगा पाऊ भनी ऊजुरवालाले भनेको र १५ बीग्हा जगा भनी लेखेको बीर्ता सीवां देखी दखिंतर्फ प्रत्येबादीले अबाद गरेको जगा कट्टी गर्दा पनी ....... जगा पर्ति बाकी नै देखीयेको नकसामा लेखीयेको प्रत्यबादीहरुको जगा अघीको ४ कील्ला भीत्र परे पनी झंकराको भेठूबन्दी भीत्रको नभै करैवना मेठूबन्दी भीत्र परेकोल्ये नापि डोरले दर्ता गरी दीयेको देखीयेको ऊजुरवालाको चौहद्दी भीत्रको जगा अवाद अवाद गर्न पाऊ भन्या धंबीर तमांस्मेतले जाहेर गरेकोमा जाची बुझी जाहेर गर्ने प्रमाङ्गी भै आये बमोजिं जाचदा लेखीयेको चौहद्दी भीत्रको जगा बिग्हा ३३ मध्ये ऊतर तर्फको १० बीग्हा जगा रैतीका नाऊमा दर्ता भयेको कटाई बाँकी जगा बीग्हा २३ नीज धंबीर तमां स्मेतलाई अबाद गर्न दीन पर्ने ठहराई येस गोश्र्वाराबाट ६ साल बैसाखमा जाहेर गर्दा नीकासा भै आयेको नदेखीयेको लेखीयेको चौहद्दी भीत्रको जगा धंबीर तमांस्मेतको ऊजूर भयेपनी पैला ऊजूरमा वीश्र्वबीक्रंको देखीयेकोल्ये माथी नकसामा लेखीयेको जगा बीग्हा ३३।।।४ मध्ये उत्तरतर्फको जगा बीग्हा ९।।। रैतीको कटाइ बाँकी बीग्हा २३।।।४ नीज उजूरवाला बीश्र्वबीक्रंका नाउमा दर्ता गरी बकसने वा झंकटा करैबना दुबै मौजाको भये पनी अघीको तोक सदरको चौहद्दी भीत्र परी ९८।४।२८ को तोक सदरले बझीयेकोले श्र्वही तोक सदर बमोजिं ज्मै जगा बझाइदीनू भन्यास्मेत जो नीकासा बकसिन्छ श्र्व बमोजिं गर्ने स्मेत ठहराई मोरङ् बीराटनगर गोश्र्वाराबाट जाहेरी फैसला भयेको रहेछ ।

     कील्ला मीलेपछी जूं मौजामा भयेपनी मैल्ये पाउन पर्ने धंबीरले कं मौजा तर्फ पाऊ भनेको हो श्र्व फैसलामा कीटां नगरेको हाल नाप जाच हुदा जग्हा ३३।।।४ कूं काठ्को गाछ २३ सखुवाको २ भन्ये लेखीयेको ज्मै जगा अघी नाप जाच हुदा सखुवा ७३ सत्तीसाल १५ कुकाठ् १०३३ भन्य लेखीयेको करैबना मौजा भीत्रको अन्य पक्का प्रमाण फैसलामा क्यै नलेखेकोबाट चीत्त बुझेन भन्यस्मेत सा बीश्र्ववीक्रंको अपिल रहेछ ।

     येस्मा तोक सदर बमोजिं अघि अवाद गर्न नपाउने भै सक्येको जगा ४ सालमा बलबहादुर रणमर्दनका नाऊमा आवाद गर्न पाउने भै सक्येको कारणमा कागजस्मेत गराई जाहेर गर्नू भन्य हुकुं प्रमाङ्गी बमोजिं पुरा कार्बाइ नगरी कीराने सम्म ब्येहोरा जाहेर गरेको बदर गरी अव श्र्व बमोजिं र अैं सबाल बमोजिं सबै बुझी अङ्ग पुर्‍याई श्र्वही कील्ला भीत्रको जगा धंबीर तमांले पाऊने भयेको भनेको मीसील र नभये काहाँबाट कार्बाइ भै रहेछ खुलाई जगामा अघी भयेका रुखहरु छ छैन भनी घटी भयेको रुख काहाँ कसरी के भै गयेछ सवै वुझी २ मैना भीत्र छीनी जाहेर गर्नू होला भनी मोरङ बीराटनगर गोश्र्वारामा पठाई दीनु येस्तो लापर्वाही कां नहोस भनी श्र्व गर्नेलाई नसीहद् दीन् ।

 

महेन्द्र बहादूर महत्                           न्यायाधीस

ईती सम्वत् २०११ साल भाद्र १८ गते  रोज ६ सुभं

 

 

 

 

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563