निर्णय नं. ५५५ - बेरीतसङ्ग थुने
अ.द.नं. ५५५-२०११,
दे.फौ.पु/रीट नं.३९/१६६
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
फौ.ठा.नं. १६६
मुद्दा बेरीतसङ्ग थुने
उजुरवाला धनविर कामीस्मेत ज्वान ७ को हकमा बिन्तीपत्र दी तारेखमा रहने पुर्व १ नम्बर काभ्रे पलाञ्चोक ईलाका भमर्कोट् मध्दे संनेसी थुंका बस्ने झ्यापे कमेनी
वीपक्ष ललुकुमार ठकुरी समेत--------
इजलास
श्री माननीय न्यायाधीश प्रदीप्त मान्यवर नेपाल तारा ले.ज. प्रकाश सम्सेर जङ्ग बहादुर राणा
आदेश
येस्मा २००८ साल चैत्र २९ गते रु ५०० दींछौं हाम्रा सत्रु मारीदेउ भनेका सक्तैनौ भंदा रीसायेका थीये राती आई पक्री कुट्पीट् बाँधछाँद गरी लुटी उल्टो चोरीको बात लगाई पाता कसी भंडंपौवामा ल्याई राखी ऐ ३० गते धेरै कागजमा सै गराइ अंन पानी बंद गरी तालचा मारी थुनि भोलीपल्ट गोश्र्वारामा र अदालतमा लाँदा प्रमाण र उजुर नभएको भनी नबुझेबाट भंडंपौवामै लगी ८ दीं थुनेपछी नेपालको सीपाही गै ल्याई संटरी झेलमा हाली दीए अप्राध अनुसार अैं बमोजीं गरी हामीलाई झेलाबाट छुट्कारा पाउँ भंने उजुरवालाको बींतीपत्रमा व्यहोरा साँचो भया सदर जेल र पञ्चायेतस्मेत जो बुझनु पर्ने कैफीयत बुझी जाहेर गर्नु भंने १०।१२।११।४ मा आदेस भए बमोजीं कैफीयत बुझी श्रीमानीय न्यायाधीश भैरवराज पन्तो पाध्यायका सीङ्गल बेञ्चमा थुनुवा झीकाई पेस भै कुट्पीट् गरे थुनी जबरजस्तीसङ्ग कागज गराये भंनेतर्फ अैं बमोजीं छुट्टै उजुर गर्नु भनी सुनाई थुनुवा छुटाई पाउँ भनेतर्फ मीसील झीकाई पेश गर्नु भंने आदेस भएको रहेछ।
आदेस बमोजीं का.प.अ.बाट झीकाई आई पुगेको मीसीलको व्यहोरास्मेत तारेखमा रहेकी झ्यापे कमेनीलाई राखी पेस हुन आएको बुझदा स्व का.प.अ.बाट आयेको भनेको आसाकाजी श्रेष्टको र ईनै धनबिर कामीस्मेतको डाका चोरी मुद्दाको मीसील कागजहरु मंडं ग्राम पञ्चायेतबाट स्थानिय स्वायत्त सासं मन्त्रालयमा र वाँहाँबाट प्रधान न्यायालयमा आई अैं सवाल बमोजीं कारबाई गरी कीनारा लगाई दीनु भनी २००९।१।१९ गतेमा पु.१ नं. का.प. अडालतमा चलान भै गै कारवाई चलीरहेको देखीएकोले थुंछेकको हकमा ३५ दीं भीत्र कीनारा गरी तालुक अडा मार्फत जाहेर गर्नु अररुमा अैं सवाल, आदेस बमोजीं चाडो कारबाई कीनारा गरी नतिजा जाहेर गर्नु भनि यो आदेस सहीतको वेरीतसङ्ग थुने भन्ने मुद्दाको मीसील आदेस बमोजीं का.प.अ. बाट झीकाई आयेको आसाकाजी श्रेष्टको र धनबीर कामीस्मेतको डाँका चोरी मुद्दाको मिसीलस्मेत जील्ला पु.१.नं. काभ्रेपलाञ्चोक अदालतमा पठाउन मीसील फाँटमा बुझाइ दीनु
प्रकाशशम्सेर
न्यायाधीश
ईती सम्वत २०११ साल भाद्र २८ गते रोज २ शुभ्म्