निर्णय नं. ५५८ - नालेस दर्ता गरी दीएनन
अ.द.नं. ५५८-२०११,
दे.फौ.पु/रीट नं.५१/१९७
नेपाल प्रधान न्यायालय डिभीजन बेञ्च
प्र.न्या.अ.नं. १९७
मुद्दा नालेस दर्ता गरी दीएनन
वादी अपिलाट पैडा बेदकृस्न श्रेष्ट ल.पु. ई. तुमबाहाल घर भै कलकत्ता बस्ने १
वीपक्ष प्रतेवादी महेसचंद्र रेगमी डाईरेक्टर उध्योग बीभाग १
इजलास
श्री माननिय प्रधान न्यायाधिस हरीप्रसाद प्रधान एम.ए. बी.एल.
श्री माननिय न्यायाधिस भगवतीप्रसाद सिंह राजपुत बी.एस.सी. बी.एल
आदेश
आदेश बमोजिं पेस हुन आएको यो मुद्दा बुझदा हाका १० नं मा काठमाडौ इलाका भीत्रका अदालत सदर अमीनी गोश्र्वारा सदर कोतवालीले फैसला गरेको र लेखियाका इलाका भीत्रको श्रेस्ता अडाहरुले दुनिया दुनियाको हारजित गरेका मुदाको सदर अपिल पैला अड्डाले अपिल उजुर सुंनु भन्ने लेखियाको मजिष्टेड कमीस्सार सवाल २१ को उपर दफा ............ देहाएका अडाहरु जाचबुझ गर्ने र सो अडाहरु उपरको उजुरमा बुझनु पर्ने भएजती मजिस्टेडले बुझी हेरी ऐ सवाल बमोजिं गरी दीनु भन्ने लेखि देहाय खोलीयेकोमा सी.नं. ८१ मा उध्योग बीभाग भन्ने लेखि काठमाडौ मजीष्टेड मातहतमा रहेको देखियाको र सोही ८१ दफामा डाइरेक्टरहरु उपर उजुर पर्न आएमा कमिस्नर मार्फत संवंधीत बीभागमा जाहेर गरी निकासा दीए बमोजिं गर्नु भन्ने लेखियाकोले यो नालेस सो मजिष्टेड कमिस्नरका सवाल ज. दफाले मजिष्टेड काहा दीन जानु भनी सुनाउन पर्ने थीयो मजिष्टे८ काहा नालेस दर्ता गर्न लगेमा दरपीठ गरी दीएको छ भनी दरपीठ भएको नालेस अपिलाटले छलफलमा देखाएको हेर्दा बाहालवाला हाकिं कारीन्दा उपर अडा संबंधी नालेस दीनु परे हाकींका नाउमा कराउनेका १७ नं ले अपिल सुन्ने अडाबाट हेरीने र हाका १ नं ले सदरका श्रेस्ता अडा उपरको अपिल सुन्ने अडाबाट हेरीने र हाका १ नं ले सदरका श्रेस्ता अडा उपरको अपिल अपिलबाट हेरीने मुलकी सवाल श्रेस्ता अपिल वारेको १ दफाले पनि अपिल अडामै जानु पर्ने र यो नालेस एस अपीसबाट हेर्न अधीकार बाहेकको भन्नेस्मेत लेखि का. मजीष्टेड आफीसबाट दरपीठ गरी फेर्ता दीएको देखिएकोले हाका १ नं ले सदरका श्रेस्ता अडाहरुले दुनियाको हारजित गरेको सदर अपिल पैलाले अपिल उजुर सुन्ने ऐं बाहालै भएको र कमीस्नर मजिष्टेड सवालको देहाएमा सो उध्वग बीभाग मजिष्टेड मातहातमा रहेको देखियाको र उध्वग परीसद अदालत हैन श्रेता अडा हो भन्नेस्मेत उध्वग बाणीज्य खाध्य सिभील सपलाईज बीभागले प्रधान न्यायालयमा पेस गरेको कागजको नकल अपिलाटले देखाएको स्मेतबाट उध्वग बीभाग श्रेस्ता अडानै कायें भएको हा.का. १ नं र मजीष्टेडले दरपीठ गरेकोस्मेतबाट सो नालेस अपिल पैलाले ली कारबाई नै गर्नपर्ने देखिएकोले नालेस दर्ता गरी ऐं सवाल बमोजिं गर्नु भनी झगडीयालाई तारेष तोकी यो मीसील अपिलमा पठाउन मिसिल फाटमा बुझाई दीनु ।
भगवतीप्रसाद सिंह हरि प्रसाद
न्यायाधिस प्रधान न्यायाधिश
इती स्मवत २०११ साल भाद्र २८ गते रोज २ सुभं