• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५६० - जगा

साल: २०११ महिना: भाद्र फैसला मिति :2011/05/29 १०४

अ.द.नं. ५६०-२०११,

दे.फौ.पु/रीट नं.१७४/२२३

 नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

अ.नं. २२३

मुद्दा  जगा


का.ई. धरमथली माथील्लो भेडीगोठ बस्ने वादी उजीर सीं तमाङ १

 का.ई. ज्यावहाल बस्ने प्रतेवादी सन्तबहादुर चीत्रकारी १


र्इजलास

श्री माननीय न्यायाधीश  भगवतीप्रसाद सिंह बिएस.सी. बी. येल.

फैसला

     येस्मा माथील्लो भेडीगोठ गाउको गोल रकं तहसील गर्ने तालुकी मेरा नाउमा भयेकाले मेरा नाउमा मीझार षांगीमा दरीयेको मास बीउ माना ।।५ जाने घर पश्र्ची पट्टीको ठूलो पाषो भंने जगा ९८ सालमा सर्भे हुँदा प्रती जनाई लगेछन र अन्यायावालाले हाल अवादीमा दर्षास्त गरेछ र टाँस हुन आयेकाले थाहा पाई मेरो षांगीको जगा हो भनी मालमा दर्षास्त गर्दा हकबेहकमा नालेस गर्नु भनी ०५।११।१० गते सुनायेकाले नालेस गर्न आयेको छु मेरो मीझार षांगीको जगा रोपनी ६।२ मेरै सदर गरी पाउ भंनेस्मेत बेहोराको उजीर षींको बादी रहेछ।

बादी दाबीको जगा सार्वेबाट नक्सा हुदा रोपनी ९।।। प्रती जनाई आयेकाले दर्षास्त दी हाल अबादीमा मालले कारबाई गरेकोमा मेरा मीझार षांगीको भनी बादीले झुट्टा दाबी लीयेको हो नीजका षांगीको जगा रोपनी ६। भयेको र फुटुं मौजामा दर्ता भयेकालेस्मेत बादी झुट्टा हो भंनेस्मेत बेहोराको संतबहादुरको प्रतीउत्तर रहेछ-----

बादी दाबीको जगा सार्वेबाट नक्सा हुदा रोपनी ९।।। प्रती जनाई आयेकाले दर्षास्त दी हाल अबादीमा मालले कारबाइ गरेकोमा मेरा मीझार षांगीको भनी बादीले झुट्टा दाबी लीयेको हो नीजका षांगीको जगा रोपनी ६। भयेको र फुटुं मौजामा दर्ता भयेकालेस्मेत बादी झुट्टा हो भंनेस्मेत बेहोराको संतबहादुरको प्रतीउत्तर रहेछ।

दाबीको जगा कस्का नाउमा के भै दर्ता भयेको रहेछ भनी बुझेमा रोपनी ९।।।/ प्रति जनीई दर्ता भयेको र सो जनीये उपर बादीले उजुर गरी आफ्ना नाउमा दर्ता गराउन नसकेको घर पश्र्चीं पट्टीको ठुलो पाषो भनी बादीले दाबी गरेको नक्सा हेर्दा बादीका घर देषी पश्र्चीं पट्टी अवादी बादीकै हकको जनीयेकोले बादी झुट्टा ठहर्छ भंने देवानी पैला फाटको ०७।५।९ को फैसला रहेछ ---------

सर्भेले प्रती भनी ल्यायेको जगा सावीक षागीको भंन नहुने हुदा ईन्साफ सुरुको मनासीव भंने अपील पैला फाटको ०८।८।१४।५ को फैसला रहेछ -------------------

गोल रकं तहसील अडामा मेरा नाउमा घर पश्र्ची पट्टीको ठुलो पाषो भंने दर्ता भयेपछी सो जगा प्रती हुनै नसकने हुदा चीत्त बुझेन भंनेस्मेत बेहोराको उजीर सींको अपील रहेछ ------

येस्मा अपीलाट उजीर सींलाई राषी पेस हुँन आयेको बुझदा बादीले घर पश्र्चीम पट्टीको ठूलो पाषो भनी दाबी गरेको मीसील सामेल रहेको नक्सा हेर्दा बादिका घरदेषी पश्र्चींपट्टी बादीकै नाउमा दर्ता भयेको अवादी जगा देषीयेकालेस्मेत ईन्साफ अपील पैलाफाटको मनासीव छ ईन्साफ पारी छीन्‍ने हाकीं उपर अपील गरे बापत अपीलाटलाई सजाय गर्नु पर्छकी भंनालाई कोर्टफी रही दायेर भयेको मुद्दा हुदा केही गर्न पर्दैन मीसील मीसील फाटमा बुझाई दीनु ।

 

                          

 

न्यायाधीश   

इती  संवत २०११ साल भाद्र २९ गते रोज ३ सुभम

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563