• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५६१ - कुलो पानी

साल: २०११ महिना: भाद्र फैसला मिति :2011/05/29 ९५

अ.द.नं. ५६१-२०११,

दे.फौ.पु/रीट नं.४१८/९०६

नेपाल प्रधान न्यायालय डिभीजं बेञ्‍च

ठा.नं. ९०६

  


ऊजुरवाला प्रतेवादी

जील्लै बुटौलतर्फ खजहनी तपे बडकी छाप मौजे बखदरिया बस्ने लोगारी थारु

ऐ ऐ बस्ने गुलजार थारु

ऐ ऐ बस्ने सानु वचाराम थारु

ऐ तप्पे धनौरा मौजे तौलीहवा बजार बस्ने सनक बहादुर श्रेष्ट

ऐ ऐ बस्ने पद्मप्रसाद पाध्या

ऐ तपे बकडीछाप मौजे बखदरिया बस्ने कल्सु थारु

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

विपक्ष वादी

जीलै बुटौल तप्पे बडकीछाप मौजे बुध्दी बस्ने लौगु थारु

ऐ ऐ बस्ने जी. सेरलाल थारु

ऐ ऐ बस्ने जी. जैराम थारु

ऐ ऐ बस्ने जी.रामलाल थारु

ऐ ऐ बस्ने जी. बंधु थारु

ऐ ऐ बस्ने जी. धोलाई थारु

ऐ ऐ बस्ने जी. छोटारी थारु

ऐ ऐ बस्ने जी. ढेमन थारु

ऐ ऐ बस्ने जी. रमायन थारु

ऐ ऐ बस्ने जी.  लटाई थारु

ऐ ऐ बस्ने  लौघारी थारु

ऐ ऐ बस्ने  द्रौसील थारु

ऐ ऐ बस्ने जगतनारायण थारु

ऐ ऐ बस्ने तेजा थारु

ऐ ऐ बस्ने दोषाई थारु

ऐ ऐ बस्ने  टोगाई थारु

ऐ ऐ बस्ने राजाराम थारु

ऐ ऐ बस्ने  छेदी थारु

               

 

 

 

 

 

 

 

 

 

 

 

ऐ ऐ बस्ने  नोखाई थारु 

ऐ ऐ बस्ने  मंगरु थारु

ऐ ऐ बस्ने   सुबा थारु

ऐ ऐ बस्ने  वेश थारु

ऐ ऐ  बस्ने तंनाली  थारु

ऐ ऐ   बस्ने ठाकुरराम थारु

ऐ ऐ  बस्ने लालबाहादुर थारु


मुदा कुलो पानी

र्इजलास

श्रीमाननीय प्रधान न्यायाधीस हरि प्रसाद प्रधान एम.ए. बी. एल.

श्री माननीय न्यायाधीस प्रदिप्त मानेम्वर नेपाल तारा ले.ज. प्रकाश सम्सेर जङ्ग बहादुर राणा

फैसला

यस्मा हाम्रो गाऊ बुध्दी मौजा देखि उत्त तर्फबाट गाऊ गाऊको झरं पानी आइ घोराही नारा बगेको सो देखी पश्र्चीं मौजे वहहरा तेसदेषी दखिं हाम्रो बुढी मौजा हाम्रो मौजा र घोरही नारा देखि पुर्व मौजे बकदरिया भएको सो घोरही नारामा बदहरा देखि पुर्व ऊत्तर कुनामा बकदरिको र हाम्रो यौटै डोलीहवा भंन्य वाद वाडी दुवै मौजामा कुलो पानी ल्याई लगाई आयकोमा हाम्रो बुद्दी मौजाको कुलो वीगाडी सो वाडको पानी बकडरियाले लगाऊने गर्दा सो बाढ मुनी बदहराको वरं पानी घराहीमा आयकोबाट हाम्रो बुढी मौजा सीरका भन्य बाढ र तेस मुनी बखदरियाको सेमरहवा मन्य बाद र तेसमुनी हाम्रो जोडकहीया भंन्य बाध र तेसमुनी बकदरियाको परसहवा भंन्य बाध तेसमनी हाम्रो बुढीको परसहवाव भंन्य बाध बाडी सनातनी देषी पानी लगाई आयकोमा हाल हाम्रो सीरकाबाट माथी र जोदकीहवा भंन्य वाढ माथी घोराही नारामा नया ढट लगाई नया कुलो खनी सो बडहराको पंर पानी लगी आफ्नु सेमरहवा बाढ माथी र परसहवा भंन्य बाढ माठी गीराई आफ्नु बखदरिया मौजामा लगी हाम्रो मौजा सुखा पर्ता पारी दीन लगे सो नया ढाड बंड गराई पाऊ भंन्यस्मेत बीन्तीपत्र बयां रहेछ।

घोराही नारामा डोलीहवा भंन्य १ सेमरहवा भंन्य १ परसहवा भंन्य १ स्मेत ३ थाऊमा बाध बाढी वकदरिया मौजामा र बादीहरुले हाम्रो डोलीहवा भंन्य बाध मुनि सेमरहवा देखी माझी बाध २ सेमरहवा देखि तल नैकैया बाध १ परसहवा बाध देखि मुनी अर्को परसवा भंन्य बाध १ स्मेत ४ बाध बाढी बुढी मौजाले पानी पताई आयको डोलीहवा बाध देषी धेरै माथी बडहरामा लाग्ने बाध वादी यकलौती पानी लाग्ने कुलो छुटै भयको सो मौजामा कची बीगाहा ३०० को फाल्टु पानी घोराही नाराको माथीबाट २ ठाऊमा ढाट लगाई बकडरिया बडहरा सेबनामा कुलो खनी लगे मात्र बकडरियाको जगामा पानी लाग्न सकने भै धेरै वर्षदेखि सोही बमोजिं गरी पानी लगाई आयकोमा यो आषाड मैना देखि वादीहरुले कीचोलागरी बाढ बादी पानी रोकी २ ठाऊमा नया कुलो खनेबाट पानी रोकीन गै दुवै ढाडको पानी बादीहरुको बुढी मौजामा गयेकोमा स्मेत हामीले ऊजुर गर्ला भनी पैले ऊजुर गरेको हो नया ढाड लगायको र कुलो खनी पानी ल्याएको हैन साबीक देखि लीयकोस्मेत पानी हामीले लाये पनी बादीहरुको मौजालाई सावीक कुलोबाटै पानी पुग्छ भंन्यस्मेत प्रतेवादी बयां रहेछ।

घोराही नारामा बादीहरुले ४ ठाऊमा बाध बाढी पानी लाने गरेको भंन्य कुरामा प्रतेवादी  साबीतै भयको बाडीहरुको डोलीहवा बाढको कुलो नक्साबाट कायें नदेखि प्रतेवादीले मात्र पानी लगेको देखियको डोलीहवा सीमरहवा बाध र पसहवा भंन्यस्मेत बाध प्रतेबादीको सीरका जोडकहीया प्रसंहवा भंन्यस्मेत बाढ बादिको भै दुबै थरिको बाढ कुलो बराबर भै रहेको देषीयकोमा  बाढीहरुको बाढ माथी दरु हाली सो दुरुबाट पानी लगी खोलैमा गराई प्रतेवादीहरुले आफ्नु बाध कुलोबाट आफ्नु मौजामा पानी लगेको देखियकोले वादीहरूको मौजामा पानी कं गर्न बीचमा दरु हाली नया कुलो झीकी पानी लगेको भंनुपर्ने भै सो दरु कुलो कायें गरीडीडा बाडीहरुलाई पानी कं हुनजाने हुदा धेरै  सरजमींले पुरानो भने पनी लेखियका परिबदबाट नीजहरुको भनाइ पका मांन नहुने सो दुरु कुलो पुरि राषेको भनी नक्सामा जनीयको सनातनी भये पुर्णे नपर्ने बादीले नै पुरेको भनी सरजमींले लेखिदीयको सनातनी दुरु कुलो पुरेको भये मौकैमा ऊजुर गरी कायें गराऊन सकनु पर्ने नसकेकोले नया दुरु कुलोबाट पानी लान खोज्दा बादीहरुले पुरि दीयेको भंन्य देषीन आयको र धीमाइ थारुस्मेतका १४ जनाले झगडा परेको दुरु कुलो हालै मात्र झीकेको भनी लेखि दीयकोले तारा पतिस्मेत १˟२ जनाले ऊजुर गरेन भंन्दैमा बादीहरुको ऊजुर फजुल भंन नहुने हुनले स्मेत नया दुरु हाली पनी लगि वाडीहरुको मौजामा पानीलान नदीयकै देषीउकाले सो नया कुलो दुबै पुरि दुरु झीकी साबीकै बमोजिंको वाद र कुलो कायें गरी लीने लाने गर्नु भनी दुवै थरलाई सुनाई दीने भंन्य ०९।४।८।४ मा प्रधान न्यायालय पैला फाटबाट फैसला गरेको रहेछ।

प्रतेवादीहरुले वारेसद्वारा दीयका बीन्तीपत्रमा भयका आदेस बमोजिं दायर भयको यो मुदा ऊजुरवालाहरुको वारेस पद्मबाहादुर र वादीहरुको वारेसस्मेत भयको तेजाथारुलाई राखि बुझदा।

प्रतेबादीहरुको बयांमा वडहरा मौजाको सेमानमा कुलो खनी ढाडबाट पानी लगेको भंन्य लेखियको भयेपनी नक्साबाट बडहरा मौजामा र जबडहवा वानीया सीवां भंन्य जगामा कुलो खनी पानी जम्मा गरी दुरुबाट तारेको नदेखियको बादीहरुको बुढी मौजामा जाने कुलो पनी सो बडहरा मौजा खोनिया सीबां खेत जबदहवा भंन्य जगाबाट पनी लगी राषेको नक्साबाट देखिनाले बडहरा मौजाको पानी जम्मै दुरुबाट मात्र जाने नभै बाडीको मौजामा जाने कुलामा पनी पर्ने नक्साको रुपबाट देखियको र वादीको मौजालाई साबीक कुलोबाटै पानी पुग्ने भंनेस्मेत प्रतेवादीको जीकीर आदेस बमोजिं सीवराज तौलीहवा गोश्र्वाराको असिष्टेंट बुटौल अपिलका असिष्टेंट नहर अडाका हाकीं गै सरजमीं बुझदा ५४ जना सरजमींले बादीहरुको मौजामा पोखरि ३ मा पानी प्रसस्त भयकोले तेसबाटस्मेत पानी लगी पताऊने गरेकाले ढाटबाट पानी लान नपाये बकदरिया मौजा साल सालै सुखा पर्ने भनी लेखिदीयका र सरजमींमा जाने लेखिका अफीसरहरुले दीयको राय रिपोटमा घोरही नारा पानीवाला नारा नभै बीच जंगलबाट ऊठेको मामुली नारा भै माथीवाला मौजाको दरं पारी बाधी तलको मौजाले पानी लैजाने गरेको हुनाले बर्साद राम्रो भयमा दुबैपट्टी पानी पुग्ने खण्डमा मुलको पानी नहुदा नाराबाट आयेको पानी सुकी दुबै मौजालाई पानी पुग्दैन ढाडबाट पानी चलेको छैन बन्द छ घोरही नारामा सानु पानी चलेको देषीन्छ बुढी मौजाको ऊतर पश्र्ची  जंगलबाट बसोदमा बगी आऊन पानी जम्मा गरी राखेको पोखरीहरुबाट पानी बर्साद नभयको बखतमा काम लीने पोखरी पानी देखीन्छ भंन्यस्मेत लेखियको देखियको झगडा परेको दुरु सावीकै पुरानो हो भनी नक्सा हुदाका सरजमीं ज्वां ३४ ले लेखि दीयकोले दुरु नया राखेको भंन नमीलने यस मुडाबाट सो दुरु सम्म नया पुरानो छुत्याई नीसाफ गरी दीनु पर्ने पानी पुग्ने नपुग्ने तर्फ बीचार गरी रहन नपर्ने साबीक देखि लाई आयको पानी नदीयबाट पानी नपुगी सुषाजर्ता पर्न जाने भयमा कुलो पानी अडा गोश्र्वारालाई भयका सवाल बमोजिं गोश्र्वारा कुलो पानी अडाबाडै ऊचीत प्रबंध मीलाई सुखाजर्ता नपाऊने परिबन्द मीलाऊने हुनालेस्मेत ईन्साफ सीवराज तौलीहवा गोश्र्वाराले ठहराई छीनेको मनासीबप्रधान न्यायालय पैला फाटले गल्टी गरेको ठहर्छ। तपसीलका कुरामा तपसील बमोजिं गर्न अदालत तहसिलमा लगत दी मीसील मीसील फाटमा बुजाई दीनु।

तपसील

देहायका प्रतेवादीहरुको प्रधान न्यायालय पैला फाटका ०९।४।८ का फैसला र अ.त.दे.का ०९।४।२६।१ का लगतले गर्ने गरेको देहाय बमोजिंको डंड नलाग्ने हुदा असुल भये फीर्ता नभये बेहोरा जनाई लगत काटी दीनु ----------------------------

पदंप्रसाद पाध्यालाई गर्ने गरेको कंरु ------------------ ।।।/।।

सरकबहादुर श्रेष्ठके गर्ने गरेको कंरु ------------------ ।।।/।।

कल्पु थारुके गर्ने गरेको कंरु ------------------ ।।।/

सानुबचाराम थारुके गर्ने गरेको कंरु ------------------ ।।।/

लाघरि थारुके गर्ने गरेको कंरु ------------------ ।।।/

गुलजार थारुके गर्ने गरेको कंरु ------------------ ।।।/

 

देहायका बादीहरुलाई सीवराज तौलीहवा गोश्र्वाराका ०८।९।५।५ का फैसलाले गर्ने गरेको जम्मा कंरु ५ पाच प्रधान न्यायालय पैला फाटका फैसला र लगतले नलाग्ने हुदा फीर्ता दीन पुर्जि गर्ने भनी लगत दीयकोमा सो डंड लाग्ने नै हुदा असुल भये फीर्ता दीन पर्दैन भनी पुर्जि गर्न लगत दीने ----------------------------------------------

लंगु थारु    ----------------------१        जी. जैराम थारु --------------।

जी रामलाल थारु -------------------१       जी. बन्धु थारु ---------------।

जी. धोलाई थारु --------------------।       छोटारी  थारु ----------------।

जी ठेमन थारु ----------------------।       जी रमायन थारु --------------।

जी लटाई थारु -------------।        जी. लौधारी थारु-----------------।

द्रौसील थारु ----------------।        जगत नारान थारु ---------------।

तेज थारु

टोगाइ थारु -----------------।       दोखाई थारु --------------------।

छेदी थारु -------------------।        राजाराम थारु -------------------।

मंगरु थारु -------------------।       नोखाई थारु --------------------।

वेश थारु --------------------।       सुवा थारु -----------------------।

ठाकुररां थारु ----------------।       ईनाली थारु ---------------------।

जी. सेरलाल थारु ------------।       लालबाहादुर थारु ----------------।

देहायका मानीसके सीवराज तौलीहवा गोश्र्वाराका ०८।९।५ का फैसलाले जनही कंरु १ का दर्ले जरिवाना गर्ने गरेको प्रधान न्यायालयका फैसला लगतले नलाग्ने गरेको सो लाग्ने नै हुदा प्रधान न्यायालय पैलाफाटका फैसला बमोजिं लगत काटन पर्दैन अैन सवालको रीत पुर्‍याई असुल गर्नु भनी पुर्जि गर्न लगत दीने ------------------------

जीलै बुटौल तप्पे बकडी छाप मौजे गोरु सींगीया बस्ने धीता थारु --------------।

ऐ ऐ बस्ने पूर्ण माझी थारु -----------------------------।

ऐ ऐ बस्ने लीपाही थारु -------------------------------।

ऐ ऐ बस्ने मंगली थारु --------------------------------।

ऐ करगोलीया बस्ने धोले अहेर -------------------------।

ऐ ऐ बस्ने रामदुलारे पाठक ----------------------------।

ऐ गोरुसींगीया बस्ने जगेसर थारु -----------------------।

ऐ ऐ बस्ने यदु थारु -----------------------------------।

ऐ मौजे बरैना बस्ने सीकार थारु -----------------------।

ऐ मौजे हरगोलीया बस्ने अवधराम थारु -----------------।

ऐ मौजे चौरी बस्ने चुपही थारु -------------------------।

ऐ मौजे बुढी बस्ने भदै थारु ---------------------------।

ऐ गोरुसींगीया बस्ने मंचं थारु -------------------------।

ऐ मौजे पुरैना बस्ने प्रताप थारु -----------------------।

देहायका मानीसके प्रधान न्यायालय पैला फाटका ऐ मीतीका फैसला र लगतले देहायका मानीसलाई जनही कंरु १ का दर्ले जरिवाना गर्ने गरेको नलाग्ने हुदा असुल भये फीर्ता नभये बेहोरा जनाई लगत काटीदीन लगत दीने ----।

जीलै बुटौल तप्पे बकडीछाप मौजा हरदौना बस्ने हस्मान मीया ---------

ऐ मौजे बडहरा बस्ने बद्री अहेर -----------------।

ऐ ऐ बस्ने जगत राये थारु ----------------------।

ऐ ऐ बस्ने टीकाराम  थारु ----------------------।

ऐ ऐ बस्ने सुवा थारु ---------------------------।

ऐ ऐ बस्ने ठुहरा थारु --------------------------।

ऐ ऐ बस्ने रमं थारु ----------------------------।

ऐ ऐ बस्ने कालु थारु ---------------------------।

ऐ ऐ बस्ने मीठो थारु ---------------------------।

ऐ ऐ बस्ने रोगाही थारु -------------------------।

ऐ ऐ बस्ने रोहीट थारु ----------------।

ऐ प्रतापपुर बस्ने चुपहीया ----------।

ऐ मौजे गेलुवार बस्ने गुलजार थारु --------------।

ऐ ऐ बस्ने झगर थारु ----------------।

ऐ बकडरिया बस्ने कलु थारु --------------------।

ऐ ऐ बस्ने सोमै थारु ---------------------------।

ऐ ऐ बस्ने राजे थारु ----------------------------।

ऐ ऐ बस्ने गंगाराम थारु ------------------------।

ऐ ऐ बस्ने लौटं थारु ---------------------------।

ऐ ऐ बस्ने रामसरं थारु -------------------------।

ऐ मौजे बडहरा बस्ने सुसोपाल थारु -------------।

ऐ ऐ वस्ने वसाही थारू ------------।

ऐ ऐ बस्ने बरं अहीर ---------------------------।

ऐ बस्ने कीसु थारु -----------------------------।

ऐ वस्ने चरामी थारू ------------।

ऐ बस्ने सानु चमारी थारु ----------------------।

ऐ ऐ बस्ने ढोडे थारू -------------।

ऐ ऐ बस्ने करिदल थारु -----------------------।

ऐ ऐ बस्ने चीपु थारु --------------------------।

ऐ ऐ बस्ने भीमनी थारु ------------------------।

ऐ बस्ने रामदयाल थारु ------------------------।

ऐ पर्ने दहीटोला गोडहवा बस्ने कलुगदी----।

ऐ ऐ बस्ने अर्मि गदी -----------------------।

ऐ ऐ बस्ने अलीरजा मसलमां ---------------------।

ऐ मौजे वकहरिया वस्ने आइतवारी थारू -----------।

उल्टीमा प्रधान न्यायालय पैलाफाटका ऐ मीतीका फैसला लगतले गर्ने गरेको जरिवाना देहायका मानीसलाई नलाग्ने हुदा असुल भये फीर्ता नभये बेहोरा जनाई लगत काटन ऐ -----------------------------------------------------------------------

बडाहाकी भुपेन्द्रबीक्रम साहाके गर्ने गरेको कंरु --------।।।

अ.ना.सु. कुलराज श्रेष्ठके गर्ने गरेको कंरु ............३

खरिदार धर्मलाल श्रेष्टके गर्ने गरेको कंरु ............./

प्रधान न्यायालय पैला फाटका देहायका मानीसके गल्टी फैसला गरेमा डंड गर्न पर्दैन पटके कीतापमा जनाइ राषनु -----------------------------------------------------

ले.क. बल्हभ सम्सेर जंङ्ग बहादुर राणा ---------------------------------------।

ख. अष्टमान ------------------------------------------------------------।

बी. देवराज पुडासैनी ----------------------------------------------------।

 

 

 

 

प्रकाशशम्सेर                                            हरि प्रसाद

न्यायाधीस                                         प्रधान न्यायाधीस

ईती सम्वत् २०११ साल भाद्र २९ गते रोज ३

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563