निर्णय नं. ५६६ - जगा खिचोला
अ.द.नं. ५६६-२०११,
दे.फौ.पु/रीट नं ६८/८
नेपाल प्रधां न्यायालय सीङ्गल बेञ्च
सा.नं. ८.
जगा खीचोला
वादी
पु २ नं आलांपुर मधे पुंच्यात कल्लेरी बस्ने ह. कृस्नबाहादुर थापा मगर १
प्रतेवादी
पु २ नं ई पुंचेत बस्ने नमांसीं मगर १
पु.२.नं. ई आलांपुर पंचेत बस्ने डम्बरबहादुर थापा मगर १
इजलास
श्री माननीय प्रधां न्यायाधीस हरीप्रसाद प्रधान एम.ए. बी.यल.
फैसला
यस्मा म नाबालख हुदा मेरो धंमाल जगा प्र. नमानसीं जींमा राखेको मेरो रातमोट भंने घरबारी जगा कीत्ता २ कान्छा बाबुको अपुतालीबाट आयेको सींबारी भंने जगा कीत्ता १ र खोला भंने जगा कीत्ता १ स्मेत जगा कीत्ता ३ प्रतेबादीहरु मीली बे पैसामा खाने नीयेत गरेकाले ७।१।२८ गते देपैमा नालेस गरेकोमा मलाई तारेखमा राखी मीसील चरीकोट अदालतमा गै क्रान्तीमा मीसील परेकाले अर्को नालेस ल्याये कारबाई गर्ने भनी सो अदालतबाट दे.पै.मा जनाउ आयेकोले द.पै.बाट ९।४।१५ मा मलाई सुनायेकाले नालेस गरेको छु सो ३ कीत्ता जगाको कीचोला मेटाई मेरो सदर थामी पाउ भंने बादी रहेछ।
हाल अबादीको दर्खास्त भनी अडामा लगी मेरो सैछाप गरायेको थीयो ७ सालमा जगा खीचोला गर्दा बादीको नालेस परेको मीसील क्रान्तीमा परेको बादीको जगा मैले बीक्री गर्न नहुने हुनाले मोरु १३०० ली जानी जानी राजीनामा गरी दीयेको छैन भंने नमानसींको प्रतेबादी रहेछ,
दाबीको जगा दाता नमानसींकै हक अंशको हुदा मोरु १३०० मा मालमा गै राजीनामा गरी दीयेको हुनाले भोग गरेको छू अघी ७ सालमा यै जगामा बादीले नालेस गरेकोमा बादीले हारी ७।८।१९ मा येस अदालतबाट फैसला भै सकेको छ भंनेस्मेत डम्बरबहादुरको प्रतेवादी रहेछ।
येस्मा बुझीयेसम्मका प्रमाणबाट यै बादीका उजुरी बाटै ७।८।१९ मा मेरै हक ठहरी कीनारा भयेको भंने प्र. जीकीर बमोजीं फैसला नकल हेरेमा यै बादी यै प्रतेवादी भै यै जगामा झगडा परी बादी हारेको देखीयेकाले यसबाट तैकात गर्न नपरी बादीले अपील म्याद जनाउ पायेको नदेखीदा चीत्त नबुझे ७।८।१९ मा फैसला गर्ने हाकीं डीठा दयानीधी बी जगतबाहादुरले गरेको ईन्साफमा चीत्त नबुझे अपील दीनु भनी बादीलाइ अपील म्याद जनाउ दीने ठहराई पु २ नं दोलखा अदालतले फैसला गरेको रहेछ।
बादी सुरु देखी नै देवानीमा तारेखमा रहेको हुदा पुर्व २ नं अदालतबाट फैसला भयेपछी अपीलको म्याद दीनु पर्ने नदीयेकोले उसबखतका हाकीं डीठा दयानीधीलाई सजाये गर्नालाई जाहेर गर्ने र साबीकका पालामा २ बर्स अघी फैसला भै मीसीलस्मेत नभयेको कुरामा हाल बादिलाई अपील दीनु भनी अधीकारै नभयेकोमा म्याद दीयेको मुनासीब भंन नहुने हुदा पुर्व २ नं अदालतका हालका कामु बी ज्योती प्रसादके अैं छोडेसरह मोरु१। जरीमाना हुन्छ मीसील क्रान्तीमा परेको हुनुपर्छ भनी ज्वाफ दीयेपछी आदेस बमोजीं गर्नु भनी तारेख टुटाई दीनुपर्नेमा नटुटाई तारेखमै राखी छोडेको देखीदा यो गर्ने दे.पै.का बी रोहीढीके मोरु ।७ पैसा जरीमाना गर्ने बादी सदरमा जागीरे भै नालेस गरे देखी नै देवानीमा तारेखमा रही रहेको अपीलको म्याद पायेपछी अपीलै गरेको देखीयेकोले ईलाकामा परेका मुदा छीनीयो पछी अडाबाट जनाउ पाउने गरी सदर भै अडामा तारेखमा हुदा नीजको भुल र गल्ती भंन नहुने हुदा र अगील्लो मुदामै अपील दीन पाउनु पर्ने नै मुनासीव देखीयेको तर हाकींका नाउमा कराउनेको अैंले ६ मैना पछी अपील नलागने हुदा सो बमोजिं गर्न अडैबाट नमीलने हुनाले सो अगील्लो मुदामा दीयेको अपीलको म्याद र अपील कायें गरी ईन्साफ गरीदीनु भंनेस्मेत नीकासा बकसे बमोजीं गर्ने ठहराई अपील पैलाले जाहेरी फैसला गरेको रहेछ।
यस्मा साधकद्वारा पेस हुन आयेको यो मुदा बुझदा अपीलको म्षाद नदीने पुर्व २ नं अदालतका हाकीं डीठा दयानीधीलाई मोरु ५। पाच वरीमाना गर्नु पछी दीयेको अपील म्याद कायें गरी सो म्यादमा परेको अपीलबाटै अैं सवाल बमोजीं मुदा कीनारा गरीदीनु अरु अपीललले ठहरायेको मुनासीब ठहर्छ मीसील अपील पैलामा पठाई दीनु
हरिप्रसाद
प्रधां न्यायाधीस
ईती संवत २०११ साल भाद्र ३० गते रोज ४ सुभम्