• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५६७ - जालसाजी

साल: २०११ महिना: भाद्र फैसला मिति :2011/05/30 ९४

अ.द.नं. ५६७-२०११,

दे.फौ.पु/रीट नं २११/१६६

 नेपाल प्रधां न्यायालय सिङ्गल बेञ्‍च

ठा.नं. १६६

मुद्दा जालसाजि


ऊजुरवाला भ.पु. तौलाछे टोल बस्ने कलकत्ति प्रजापतिनि १

 

विपक्ष ऐ ऐ बस्ने लजंकुमारी

ऐ ऐ बस्ने जुमां प्रजापति


र्इजलाश

श्रीमाननिय न्यायाधिश भगवति प्रशाद सिंह रजपुत वि एस्सी बि एल

फैसला

येस्मा  मेरा लोग्ने आसारां ०४ साल्मा मरे ससुरा मोहंलाल पनि कलेराको बेथाले ३।४ दिं बेहोस भै ७।६।६ गतेका दिं मरेको हुदा सासु लनंकुमारी र म सगोल्मा बसि आयेमा निज सासु र प्र जुंमा मिलि मलाई थाहा नदि मेरा ससुराका नाऊबाट गुठी राखेको भंने जालसाजि कागत खडा गरी सासुका नाऊमा पाश गरी पाऊ भंने जुमांले नालेस दियेको मुद्दा दायेरै छ भनि प्रमाणका मानिसले सुनायेकाले नालेस गरेको छु मेरो समेत हक लाग्ने जगा मेरो मंजुरी बेगर जालसाजीबाट खडा गर्दैमा मेरो हक नजाने हुदा सो लिखत झिकि बुझी जुमांले दियेको पाश मुद्दा खारेज गरी जालसाज गरेमा सजाये गरी पाऊ भंनेस्मेत कलकत्तीको ८।३।७ को फेरादपत्र रहेछ।

लोग्ने मोहंलालले ३।।।- रोपनि जगा गुठी राखि ७।६।५ मा लिषत गरी दियेको हो बेहोश भयाका अबस्थामा जालसाज गरेको होईन बादी झुटै हो भंनेसमेत लनंकुमारीको ८।४।१८ को प्रतेऊत्तरपत्र रहेछ।

बादिको ससुराले गरी दियेका गुठी राखेको लिखत जालसाज होइन निज मरेकाले म्यादभित्र लनंकुमारीका नाऊमा पाश गराऊने विषयको नालेस गरेको मुद्दा दायेरै छ भंनेसमेत जुमांको

८।४।१८ को प्रतेऊत्तरपत्र रहेछ।

ससुरा मोहंलाल ७।६।४ गते देखि कलेरा टाइफारे बेथाले सिकिस्त बेरामि भै बेहोससमेत भै आश्र्वीं ६ गते मरेको सो गुठी राखे भनेको कागज आश्र्विण ५ गतेको मिति भयेकोले बेहोश भयेका मौका पारी जालसाजी गरेको हो हकदार म साक्षीसमेत नराखेकोले जालसाजी गरेका हुं भंनस्मेत बादि कलकक्तिको बयां रहेछ।

लोग्ने मोहंलालले गुठी राषेको लिषत सद्दे साचो हो भंनेसमेत लनंकुमारीको बयां रहेछ।

बुझीयासम्मका प्रमाणबाट बादिको ऊजुर झुट्टै ठहर्छ भनी ८।९।१९ गतेमा भक्तपुर अदालतले फैसला गरेको रहेछ ।

भक्तपुर अदालतको ईन्साफमा चित्त बुझेन भंन्या बादि कतकत्तीको अपिल परेको  रहेछ।

ईन्साफ भक्तपुर अदालतको मनासिब ठहर्छ भनी ९।६।२३ गतेमा अपिल दोश्रा फाटका हाकिं सुब्बा दामोदरप्रसाद बि. बिष्णुलालको फैसला रहेछ।

बादी कलकक्तिको गुठी राखेका लिखतमा साक्षि या मंजुरी लियेसमेत नदेखियाकाले निज बादीको हकसम्म बदर गर्ने भनी अपिल दोश्रा फाटका अ.ख. निलबहादुरको ऐ मितीको रायेपर्चा रहेछ।

मेरो मंजुरी बेगरको कागजै बदर हुनुपर्ने चित्त बुझेन भंनेसमेत बादी कलकत्तिको निबेदनपत्र रहेछ।

निबेदक बादि कलकक्तिको वा. पुरुसोत्तम खत्रृ क्षत्रृ राखि पेश हुन आयेको यो मुद्दा बुझदा ईन्साफ अपिल दोश्रा फाटका हाकि सु. दामोदर प्रसादको मनासिव ठहर्छ सो ठहर्नाले दोहरायेमा बादी निज कलकक्तिलाई हाकिंका नाउमा कराऊनेका ११ नं ले सुरु डंड मोरु १।२५ को दसौद मोरु ।१३ तेह्र पैसा डंड हुंछ वारेस हुदा सो र गल्ती ईन्साफ गरी रायेपर्चा गरेमा अपिल दोश्रा फाट्का अ.ख. निलबाहादुर ताम्राकार का.ई. दमाईटोललाई हाकिंका नाऊमा कराऊनेको १५ नं. ले गल्ती ईन्साफ गरेमा मोरु १। र सो बमोजिं गरी राये बजायेमा थप रु १। स्मेत ज्मा मोरु २। दुई जरीबाना गर्नु तेस्कोसमेत लगत तहसिल्मा दि मिसिल मिसिल फाट्मा बुझाई दीनु।

 

 

 भगवतीप्रसाद सिंह

                                                न्यायाधिश   

ईति  सम्वत् ०११ साल भाद्र ३० गते रोज ४ सुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563