• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५६८ - बिर्ता जगा फिर्ता पाऊ

साल: २०११ महिना: भाद्र फैसला मिति :2011/05/30 १२३

अ.द.नं. ५६८-२०११,

दे.फौ.पु/रीट नं ५७७/९०२

 नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

सा.नं. २५


वादी

जी.म.प्र. को.या मौजे कुर्था गुझनिय बस्ने संतोषी राउत ग्वार १ ढोढाइ साहु सुदी १ बेचं साहु सुदी १ खटर सुदी १ मुनर राउत ग्वार १ स्मेत

प्रतेवादी

ऐ ऐ बस्ने खडानन्द गर्ग सल्क मरी मुद्दा सकार गर्ने ब्रह्म संकर सर्मा 


मुद्दा बिर्ता जगा फिर्ता पाऊ

इजलास

श्रीमाननीय प्रधान न्यायाधिस हरिप्रसाद प्रधान एम.ए. बि.एल.

आदेस

यस्मा साधक तहबाट पेस हुन आयको यो मुद्दा बुझदा राणा सर्कारका टायेंमा विर्ताबार खडानन्दले हामी रैतीको खरीदी र पुस्तानीसमेत लंबरी जगा बिगाहा ५ बीना मोल्मा लीय हाम्रो जगा हाम्रो नाममै थामी पाऊ भंनेस्मेत संतोषीस्मेतको बिन्तीपत्र र बयान र घर बासका लागी जगा बिगहा ५ अैंले झीकन पाउने गरी ९२ सालमा सनद भय बमोजिम महतरी मालबाट ज्मीदार पटवारीलाई पुर्जी भै जगा ९३।३।२५ मा छुट्याई दीयको हो भंनेसमेत ब्रहम संकरको बयान भयको र उजुरवाला ५ जनाले फेरी अर्को बिना मोलमा परेको हामीहरुको जगा अघि जस्तै पोत तीरी खान पाउ भंनेसमेत बेहोराको निवेदन पत्र दीयकोमा यस्मा के कसो भयेको रहेछ त्यस गोश्र्वाराबाट बुझी ठहराइ बिर्ता खारेज अडा मार्फत जाहेर गर्नु होला भंने म.स.गो. का नाऊमा खाद्य तथा भूमी ब्यवस्था मन्त्रालयबाट  आदेस भै गयकोमा ९२।१२।१२ का २ छापे सनद बमोजिम ९३ सालमा खडानंदले पाई भोग र चलन गरी आयको बादीलाइ थामी दीन अैं सवालले नहुने घर फुलवारीको नीमीत्त लीय पायकोमा बाली खायको भनी बिन्तीपत्र परेको प्रमाणबाट देखियकोले सो जगा बादीहरुलाइ नै थामी दीन वा विर्तै कायें गर्नसमेत सर्कारको तजबिजबाट ठहरे बमोजिम गर्नेस्मेत ठहराई म.स.गो.बाट ०९।५।३०।१ मा जाहेरी फैसला गरे उपर बादी उजुरवालाहरुको अपिल परी यस प्रधान न्यायालयमा आयकोमा सो अपिलको तारेख छाडी डीसमीस गरायकाले साधकमा दर्ता भयको साधक तहबाट प्रधान न्यायालयबाटै निकासा दीनालाई बिचार गर्दा उजुरवालाहरुको निवेदनपत्रमा खाद्य तथा भूमी व्यवस्था मन्त्रालयबाट आदेस हुदा बिर्ता खारेज अडा मार्फत जाहेर गर्नु भंने आदेस भयेको सोही आदेसको आधारमा म.स.गरेबाट जाहेरी फैसला गरेकाले प्रधान न्यायालयबाटै निकासा दिन नमील्ने हुदा सो खाद्य तथा भूमी ब्यवस्था मन्त्रालयका तोक आदेस बमोजिं गर्न यो मिसीलै बिर्ता खारेज अडामा बुझाउन मिसील विभागमा बुझाइ दिनु।

 

           प्रधान न्यायाधिस   

इती  सम्वत २०११ साल भाद्र ३० गते रोज ४ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..