• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५६९ - डाका

साल: २०११ महिना: भाद्र फैसला मिति :2011/05/30 ११३

अ.द.नं. ५६९-२०११,

दे.फौ.पु/रीट नं ३४१/१४३

  प्रधान न्यायालये सींगल बेञ्‍च

ठा.नं. १४३

मुदा डाका


मोरङ्ग प्रगंना मांगड मौजे कृतीपुर धनीगामा बस्ने हाँडी गछदार थारू

प्रतेवादी

विपक्ष ऐ ऐ बस्ने मखना मुसहरस्मेत


र्इजलास

श्रीमाननीये प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एम.ए. बि.एल.

फैसला

येस्मा २००९।३।११ का रात १२।१ बजे नचीनेका १०।१२ जना डाका आई पुर्व घरमा सुतेको धर्म पुत्र टुराइलाई कुट्पीट् गरी कंरु २६२ को धं माल डाका गरी लगे भंनेस्मेत बाडीको दर्खास्त बयान र डाका गरेमा प्र. मखनास्मेत डाकामा सावीत भयेकोमा मो बी गोश्वारा अपील अमीनीस्मेत भै आदेस बमोजीं हेरी फैसला गरेकोमा साबीती डाकाहरुले पोलेको समंमा हाजीर नभै गैर भै फेरार रहेकाहरुको हक्मा मुलतबी राखने भनेर गोश्वारा अपील अमीनीबाट हेरीयेकोले मुलतबी जचाउन कही पठाउन नपर्नेस्मेत ठहराइ २०१०।५।२३।२ मा फैसला गरेमा अरु ईन्साफ गोश्वारा अपीलले गरेको मनासीब मुलतबी जचाउन नपर्ने भंने हक्मा यो मुदा अपील तहबाट हेरीयेको नभै आदेसले ३ अडाबाट हेर्नु भंने भये पनी आखीर सुरु कारवाईको मुदा हुदा अवं २४१ नं बमोजीं अपीलको पनी अपील हेर्ने अडामा मुलतबी जचाउनु पर्ने ठहराई २०१०।३।२३।२ मा बीराट्नगर अमीनीले पर्चा गरेको यो मुदा बुझदा मुलतबी जचाउने गरी अमीनीले रायेपर्चा गरेको मुनासीब गोश्वारा अपीलले गल्टी गरेको ठहर्छ फेरार रहेका ज्वानहरुलाई तदारुख साथ खोज तलास गर्न भनी मीसील अपीलमा पठाउन मीसील बीभागमा बुझाउनु ।

हरि प्रसाद

                प्रधान न्यायाधीस  

सं २०११ साल भाद्र ३० गते रोज ४ शुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..