• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५७१ - धंमाल दिलाई पाउ

साल: २०११ महिना: भाद्र फैसला मिति :2010/05/31 १०१

अ.द.नं. ५७१-२०११,

दे.फौ.पु/रीट नं.२५५/१०९६

 नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ.      नं. १०९६

मुध्दा धंमाल दिलाई पाउ  


अपीलाट वादी मोतिनानी श्रेष्टनी ल.पु.ई. किर्तिपुर वाकुननी

विपक्ष प्रतिवादी हर्खनारां महरजं ऐ ऐ


इजलास

श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षत्री

फैसला

यस्मा नेकुसिंको छोरा कृष्णभाईसंग विवाह भै १७ मैन्हाको छोरा भएपछि लोग्ने मरेकोले माईतबाट ल्याई काज कृया गरेको घरको नगदी जीन्सी भाडा वर्तन जगा जमीनको आएस्ता कोसंग छ भनि कान्छी सासु ससुरासंग भन्दा बेरामीले नै खाई सकेको छ भंने जवाफ दिएकाले उजुर गरेको छु नीज सासु ससुराहरुसंग पत्ता लगाई मलाई दीलाई पाउ भंने मोतिनानीको दर्खास्त।

नेकुसिं म कान्छी आमास्मेत बाबुबा शेषपछि ३ वण्डा गरी लिनु गरी सकेको छ भाडा बर्तन नगद जीन्सी नीजैले काहा राख्यो मसग छैन जगाका हकमा हर्खनारां डी. बाबुलाल झाक्रि कान्छासमेतलाई लेखत पत्र गरी दिएको छ भंने थाहा पाएको छु साल मिति रुपैञाको था छैन भंनेस्मेत मंगलदासको कागज।

नीज मर्ने कृष्णभाईसग लेखतमा लेखिएको रुपैञाबाट लेखतमा लेखिएको घर जगा र कपालीसमेतको तंसुक थान ५ यसैसाथ पेस गरेको छु ऐन बमोजिं होस भंनेस्मेत हर्खनारांको कागज।

नीज कृष्णभाईले र नीजका बाबुले लेखिदीएको कागज पेस गरेको छु ऐन बमोजिं होस भंनेस्मेत डि बाबुलालको कागज।

मर्ने कृष्णभाईले र नीजका बाबु नेकुसिंले गरी दिएका लिखत पेस गरेको छु ऐन बमोजिं होस भंनेस्मेत कान्छा खतृको कागज।

पेस भएका भोग बंधकी लेखतहरु घरको मुख्य लेखिदिकाले ऐनले सदरै मान्नुपर्ने र कृष्णभाईको छोरा नाबालक हुदा ऐन बमोजिं हुने राजीनामा र कपालीका हक्मा स्वास्नी छोराको अंश बाहेक नीज कृष्णभाईको हक बिक्री गरेको सदर भंनस्मेत ठहर्छ भनी ०१०।७।१५ मा  किर्तिपूर गाउ पंचायतले फैसला गरेको।

बिगो रु १०० संमको मुद्दा पंचाएतले हेर्न पाउने र यो मुदा मोरु ७६४। को मुदा देखिएकाले पंचाएतले हेर्न नहुने हेरेकाले पंचाएतको ईन्साफ बदर गरीदिने ठहर्छ अब फाडफाट ईलाकामा गै ऐनका म्याद ३५ दिं भित्र उजुर गर्नु भनि बादी प्रताबादीलाई सुनाई दिने ठहर्छ भनि ०१०।१०।४ मा अपील दोश्रा फाटबाट फैसला गरेको।

तारेखमा रहेकि मोतिनानी श्रेष्टेनी राखि इन्साफतर्फ विचार गर्दा बिगोको हदबाट पंचाएतले हेर्न नहुने मुदा भनि खारेज गरेको इन्साफ अपील दोश्राको मनासिव छ इन्साफ पारि छिन्‍ने हाकिं उपर अपील गरेमा सजाए गर्न पर्छकि भंनालाई अरिब अदना स्वास्नी मनिस देखिएकाले केहि गर्नु पर्दैन पंचाएतका ऐनले हेर्ने नहुने मुदा हेरेमा पंचाएतका मानिसलाई पटके कितापमा लेखि राखि मिसिल मिसिल बिभागमा पठाई दिनु

                                          

 

 

महेन्द्र बहादूर महत्

                                                           न्यायाधीश

इति संवत २०१० साल भाद्र ३१ गते रोज ५ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563