निर्णय नं. ५७३ - जगा दपोट
अ.द.नं. ५७३-२०११,
दे.फौ.पु/रीट नं.४८५/१६०
प्रधान न्यायालय डिबीजन बेञ्च
दा. स.
अपिलाट बागलुङ पर्वत दुर्लुङ् चुवा विराबोट बस्ने जि. मू.दण्डपाणी उपाध्याय
विपक्षी- प ४ नं. सतौ ग्यांदी बस्ने डीठा प्रें शर्मास्मेत
मुदा जगा दपोट
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए. बि.एल.
श्री माननीय न्यायाधीश प्रदिप्त मान्यवर नेपाल तारा ले.ज. प्रकाश शम्सेर जङ्गबहादुर राणा
फैसला
यस्मा लालमोहर बमोजिं रु ६९४।।८ मा राम शर्माले रजबन्धकि पाएको सुइते खेत मूरि ।४० र घैयाको बिज मूरि २।१० जाने पाखो १ जुकेढुंगा मूरि ।४० र घोडा चौर बिज मूरि २।१० जाने पाखो १ र जो खोलाखेत मूरि ।७ स्मेत र घोडा चौर बिज मुरी १।१ स्मेतका जगा मध्य सुडने खेत मूरि ।२३ र रैकर कट्टि ।५ स्मेत मोरु १०००। मा मैले ललिताबाट ९४ साल माघ महिनामा राजीनामा पाए गरि लिएकोमा हरिप्रसादको उजुर पर्दा सो दुबै कित्ता जगामा आधा आधा गरि खने गरी मिलापत्र गरेको र तेसपछि युगनाथको उजुर परदा निज युगनाथले तारेख छाडि डिसमिस गराएबाटस्मेत मेरो हक भोग भएकोमा ९९ सालमा रजवंधकिको जगामा नापि हुँदा नापि डोर गएको मैले थाहा नपाएकोले प्र. कृतिनाथहरुले रजबंधकि जगा दवाई मेरो राजीनामा र मिलापत्रको जगास्मेत आफ्ना नाममा रैकरमा दर्ता गराई रजबंधकी थैली पनी बुझि लीएछन सो कुरा थाहा पाई गोस्वारामा गै उजुर गर्दा अदालतमा नालेस गर्नू भनी सुनाएकोले नालेस गरेको छू नापि गरी बढजगा म पोलाहाका नाममा दर्ता गरी रज बंधकि थैलीस्मेत दिनू भन्ने गोस्वारालाई जनाऊ पाउँ भन्ने बादि रहेछ।
ललिला कृतिनाथका भागमा सुड्ने खेत ।१४।६।६ मात्र परेकोमा पनि ललिताले बादिलाई राजिनामा गरि दिएको थाहा छैन सो जगा कृतिनाथका बाबु घृतराजबाट डि. प्रेंसर्माले भोग बनन्धकिमा लीएका छन भनी डि. प्रेम सर्माले भनेकाले ९९ सालमा नापिडोर आउँदा हामिहरुले आफ्नो आफ्नो भागको जगा आफु आफुले दर्ता गराएका छौं जगा दबाएका पनि छैनौं भन्ने सालीग्रामस्मेतको बादिले ललिताबाट राजिनामा गराई लिई हरिप्रसाद सङ्ग मिलापत्र गरेको छ तापनी सो राजिनामाको रुपैञा बुझि राजीनामा सौपुवास्मेत गरि दिएकोले बादि दाबि झुट्टा हो भन्ने कृतिनाथ र बादीका दाबीको जगा बादिले राजीनामा गरि लिनु भन्दा पहिले नै बादीको दाता ललिताको चन्द्रकान्त र घृतराजबाट ७७ सालको भोगबन्धकि लीई भोग चलन गरि आएकोले वादिले झुट्टा उजुर गरेको भंने डि. प्रेंशर्माको प्रतिउत्तर बयान रहेछ।
बढ जगा घुसाएको भन्ने बादिको दाबीतर्फ झुट्टा ठहर्छ ललिताको राजीनामातर्फ राजिनामा गरि लिए दिएकै हैन भनी प्रतिबादीहरुले जिकिर लिन नसकेकोबाट कृतिनाथका नाममा दर्ता भएको ।१२।१ जगा बादिको ठहर्छ भनी श्याङजा अदालतले ०३।१२।३१ मा फैसला गरेको रहेछ।
बढतर्फ र दृष्टि बन्धक जालसाज गरेमा डि. प्रेंशरमालाई सजाए गर्ने तर्फ दण्डपाणीको अपिल परेकोमा निज दण्डपाणीले तारेख छाडेकोले दण्डपाणीको अपिल डिसमिस गर्ने र अरु सुरुको इन्साफ सदर गरि पालपा अपिलले ०५।५।७।१ मा फैस्ला गरेको रहेछ।
बादिको दाता ललिता र घृतराज एकै सरकतका भन्ने कुरा हरिप्रसादको र यै बादिको पास मुदाको मिसिलबाट देखिएको । मेरो राजिनामाको दृष्टि बंधकमा घुसायो भन्ने दण्डपाणीको
अपिलमा निज दण्डपाणीले तारेख छाडि डिसमिस गराएकोस्मेतबाट बादी दाबि झुट्टा ठहर्छ भनी प्रधान न्यायालय पहिला फाट्ले ०७।१२।२ मा फैसला गरेको रहेछ।
इन्साफमा चित्त बुझेन भन्नेस्मेत व्यहोराको दण्डपाणीको बिंतिपत्रमा इन्साफ जाचने ब्यहोराको ०७।१२।१६ मा आदेश भएको रहेछ।
यस्मा निवेदक दण्डपाणीलाई र डि. प्रेम शर्माको वारेस राम शर्मा, कृतिनाथको वारेस दिवाकरलाईस्मेत राखि बुझ्दा ९४।१०।२९ गतेको ललीताले गरि दीएको राजीनामा र ९६।६।१८।४ को हरिप्रसाद सङ्गको मिलापत्रबाट मेरो हक भएको भंने बादिको मूख्य जिकिर भएकोमा निज ललिता प्र .डि. प्रें शर्माको दाता घृतराजको सगोलमै बसेको बुहारी नाता पर्ने ठहरी प ४ नं गोस्वाराबाट ९६।६।१३ मा फैस्ला भएकोमा कसैको अपिल उजुर परेको र सो फैस्ला बदर भएकोस्मेत नदेखिएको तेस्तो सगोलका ससुरा जिबित छँदै बुहारिले गरी दिएको राजीनामा सदर भंन नहुने र ९६ सलमा हरिप्रसादले मिलापत्र गरेको भनेकोमा पनि निज हरिप्रसाद घृतराजको सहोदर छोरा भै मिलापत्र गर्दा घृतराजको मंजुरी लिएको पनि नदेखिएको घृतराजका मंजुरी बेगर निजै घृतराजले ९४।११।२१ गते डि. प्रें शर्मालाई रजिष्टेसन पास गरि भोग बन्धकी गरि दिएको सदर मान्न नहुनस्मेतबाट बादिको दाबि झुट्टा ठहराएको प्रधान न्यायालय पहिला फाट्को इन्साफ मनासिब छ मुदा दोहोराएमा बादि जि.म.दण्डपाणीके सुरु दण्ड मोरु १। को हा.क ११ नम्बरका ऐन बमोजिं सैक्रा १० ले मोरु ।१० दस पैसा दण्ड हुन्छ झगडिया रुजु हाजिर हुदा असुल गरि मिसिल इलाका अदालतमा पठाउन अ.त. मिसिल फाँट्मा बुझाई दिनू ।
प्रकाशशम्सेर हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
इति सम्वत् २०११ साल भाद्र ३१ गते रोज ५ सुभम्