निर्णय नं. ५७६ - जगा खीचोला जोतस्मेत
अ.द.नं. ५७६-२०११,
दे./फौ.पु/रीट नं ६३/५०९।१२४
नेपाल प्रधां न्यायालय सींगल बेञ्च
अ.नं. ५०९।१२४
घर जगा खीचोला जोतस्मेत
अपीलाट-
वादी का ई प्युखाटोल बस्ने भक्त बाहादुर प्रधां प्र.का.ई डील्लीबजार बस्ने जनक बाहादुर
वीपकक्ष-
प्र.काई.ह्मासं गल्ली बस्ने कृष्ण बाहादुर -
ईजलास
श्री माननीय न्यायाधीस महेन्द्र बाहादुर महत क्षत्री
फैसला
येस्मा पुर्खाले का.ई. डील्ली बजारमा रहेका कुल देवताको बर्सबंदी देवाली पुजालाई कुलदेवताको जगा भीत्रमा देवाली घर ढुंगेधारा बनाई सो घरमा पैवाली स्मेत राख्ने गरेको सो घर बनाउनु पर्दा मीं सीपलमा दर्खास्त दीयेमा अंन्याईहरुले साजा भनी उजुर गरेकाले हक बेहक गर्न जानु भनी सुनाई दीयेकाले अंन्याईहरुको हकै नलाग्ने देवालीमा बसनै नपाउने हुंदा साजा भानी खीचोला गरेमा सजाये गरी पाउ भंने बादी रहेछ।
दावीको घर जगा सतल स्थापना गरी बराजु कालु प्रधां मरेपछी जेठा संतान हामी हुंदा बाबुले सतलमा पान पसल थापी र हामीले स्मेत भोगेको हुंदा हाम्रो हक भै दर्खास्त दीयेको हुँ २००१सालका सर्वे नापीमा मेरा नाउमा दर्ता भै पुर्जा लीयेको छु लबट भै अगंमा पसल नहुने भंनेतर्फ सबैले पसी दर्सन गरेकोमा पनी म लवट नभै प्रधां भयेकोले वादीलाई सजाये गरी पाउ भंने कनक बहादुरको प्रतेवादी रहेछ, जनक बहादुरको,
दावीको गुठी जगा भाई जनक बहादुरको हक हो भंने कृष्ण बहादुरको प्रतेवादी रहेछ,
प्र. धां र लवट भंनेतर्फ नालेस गरी आउनु र गुठीतर्फ हक बेहक हुनेछ भंने रा.का. दे. दो.को पर्चा रहेछ।
मुद्दा परेकै अडाबाट ०४।२।३१ का सनद बमोजीं मुद्दा परे जात छुट्याउनु पर्ने हुंदा सनद बमोजीं गर्ने भंने अ.दो.को फैसला रहेछ,
नीजैहरुको प्रमाण नीमीत्त आयेको अंस मुदामा श्रेष्ठ भंने लेखीयेको र सो गुठीको जगा जनक बहादुरले गुठी घर भनी दर्ता गरायेको र जनक बहादुर लवट हो भंने प्रमाण दीन नसकेकाले जनक बहादुर लवट भंने वादीको दावा पुगन नसक्ने, गुठीतर्फ वादी प्रतेवादी येकै पुर्खाका सन्तान देखीयेकाले गुठी कां का हकमा आफ्नो थीती रीती बमोजीं गरी चलाउनु पर्ने हुनाले सो गुठी भक्त बाहादुर जनक बहादुर स्मेतको सजीया ठहराई दे. दोबाट फैसला गरेको रहेछ,
ईन्साफ सुरुको मुनासीब ठहराई अपील दोश्राले फैसला गरेको रहेछ,
अपील दोश्राले गरेको ईन्साफमा चीत्त बुझेन भंने अपील परी आयेबाट नीर्णयलाई पेस हुन आयेको येस मुद्दामा सो घर सतल बनाउने कालु प्रधांका संतान वादी प्रतेवादी दुवै थर हुनाले २००१ सालमा यो मुद्दा परी सकेपछी २००२ सालमा प्र. जनक बाहादुरले आफ्नो नाउमा दर्ता गरायेको भयेपनी येकलौटी नपाउने र प्र जनकबहादुर लवट हुनाले हाम्रो येकलौटी हवस भंने वादी भयेमा पनी सोही कुराले सगोलको घर सतल दुवैको हक ठहर्ने हुनाले येकलौटी पाउ भंने उजुर पुगन सकतैन लबट हवस वा नहवस घर सतल येकलौटी वा सगोलको ठहर्ने कुरामा ईन्साफ अर्को नहुने र लबटै कायें गरी पाउ भंने वादी दाबी पनी नभयेकोमा लवट नठहर्ने भनी देवानीले र अपीलले ईन्साफ गरेको कुरा येस मीसीलबाट तैकात गर्नु नपर्ने र अरु गुठीतर्फ येकै पुर्खाका संतान देखीयाकाले सुरुको सदर गरी अपीलले छीनेको मुनासीब ठहर्छ जाततर्फ तैकात गरेमा सुरु अपीललाई जरीमाना गर्नु पर्दैन अरु तपसीलका कलंमा तपसील बमोजीं गर्नु।
तपसील
देहायेका मानीसके देवानी दोश्राका ६।१२।१७ का फैसला र ऐ २८ का लगतले लीने गरेको देहाये बमोजींको डण्ड जीताउरी हाल नलाग्ने हुंदा असुल भये फीर्ता र नभये बेहोरा जनाई लगत काटी दीनु भनी अ.त. फै.मा लगत दीने -------------
वादी भक्तबाहादुरके डण्ड मोरु ---------------१
प्र. जनकबाहादुरके जीताउरी मोरु ------------१
इन्साफ पारी छींने हाकीं उपर अपीलाटके डण्ड गर्नु पर्छकी भंनालाई कोर्ट फी राखी अपील गरेकाले केही लीनु नपर्ने ----------------------------------------
महेन्द्र बहादूर महत्
न्यायाधीस
इती सम्वत २०११ साल आखाड २ गते रोज ५ शुभम्